Successfully Copied

जरुरी छ मौसमी फल

सागसब्जी : डाइटिसियनहरूका अनुसार मौसमी फल तथा सागसब्जीले पावर डाइटको भूमिका निर्वाह गर्छ ।

सागसब्जी : डाइटिसियनहरूका अनुसार मौसमी फल तथा सागसब्जीले पावर डाइटको भूमिका निर्वाह गर्छ । यिनमा भिटामिन तथा मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । त्यसैले स्वस्थ रहन जुन मौसममा जुन विशेष फल र सब्जी उपलब्ध हुन्छ, त्यसको सेवन आवश्यक छ ।

पालुंगो : जाडो मौसममा पालुंगो प्रशस्त पाइन्छ । यसमा भिटामिन ए, सी, के, बी २ तथा बी ६ पाइन्छ । पालुंगोमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई प्रो रेडिकल्सको नकारात्मक प्रभावबाट जोगाउँछ । पालुंगोलाई साग, सलाद वा सुपका रूपमा प्रयोग गर्न सकिन्छ ।

मेथी र तोरीको साग : जाडो मौसममा पाइने यो सागले एनिमिया तथा श्वाससम्बन्धी समस्यालाई टाढा राख्छ । यसले शरीर तताउने काम गर्छ र ब्लड सुगर नियन्त्रित गर्न सहयोगी हुन्छ ।

तरबुजा–खरबुजा : गर्मी मौसमको यो फलले शरीरमा पानीको कमी हुन हुँदैन साथै लु लाग्नबाट पनि जोगाउँछ । यसमा भिटामिन सी र ई पाइन्छ, जुन छालाका लागि लाभदायक हुन्छ ।

गाजर : गाजर जाडो तथा गर्मी दुवै मौसममा पाइन्छ । यसमा केरोटिन हुन्छ । यसमा भिटामिन के पनि पाइन्छ । यसले आँखाको ज्योति बढाउँछ । भोक लाग्दा गाजरलाई इन्स्टेन्ट फुडका रूपमा प्रयोग गर्न सकिन्छ । जाडोमा यसको जुस लाभदायक हुन्छ ।

स्ट्रबेरी : जूनदेखि अगस्तसम्म पाइने स्ट्रबेरीमा पाइने इलाजिक एसिड तथा एन्टेसाइनाडिन्स क्यान्सर, स्ट्रोक र ह्दय रोगबाट जोगाउन सहायक हुन्छ ।

आँप : गर्मीमा फलको राजा आँप सबैभन्दा बढी रुचाइन्छ । यसमा भिटामिन सी र बी सबैभन्दा बढी पाइन्छ । यो गरिष्ठ हुन्छ । त्यसैले यसलाई म्याङ्गो सेकका रूपमा प्रयोग गर्न सकिन्छ । मौसमी थकान तथा हिडाइड्रेसनबाट जोगिन आँपको प्रयोग सीमित मात्रामा गर्नुपर्छ । यसमा भएको एन्टिअक्सिडेन्ट्सले बढ्दो उमेरसित सम्बन्धित समस्या कम गर्छ ।

काँक्रा : काँक्रा हरेक मौसममा उपलब्ध भए पनि वैशाखदेखि भदौसम्मलाई यसको विशेष मौसम मानिन्छ । यसले एन्टिइन्फ्लमेरी, एन्टिएलर्जिक तथा एन्ट्रिजेन्टको काम गर्छ । काँक्राले शीतलता प्रदान गर्छ । गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । यसमा क्याल्सियम, पोटासियम तथा भिटामिन ए पाइन्छ जसले रक्त संचारको प्रक्रियालाई नियमित गर्छ ।

सुन्लता : यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । त्यसैले चिसो मौसममा यसको सेवन गर्दा रुघा आदिको समस्या हुँदैन । यसमा बिटा क्यारोटिन, पोटासियम तथा क्याल्सियम पनि पाइन्छ । यसबाहेक यसमा फोलेट प्रशस्त मात्रामा हुन्छ, जुन गर्भवती महिलाका लागि लाभदायक मानिन्छ ।

ब्रोकाउली : जूनदेखि अक्टुवरसम्म ब्रोकाउलीको मौसम हो । यसमा इन्डोल्स र सल्फोराफेनजस्ता दुई महत्वपूर्ण फाइटोन्युट्रिएन्ट्स पाइन्छन्, जसले क्यान्सरको खतरा कम गर्छन् । यसले वर्षा मौसमको विभिन्न रोगसँगै एलर्जीको समस्या पनिटाढा राख्छ ।

 Image