Successfully Copied

राम्रो मुडका लागि सुपर फुड

मध्ययुगीन कालमा आममानिसले बेल, खजुर तथा एल्डर बेरिजको प्रयोग आफ्नो मुड राम्रो बनाउन गर्थे।

मध्ययुगीन कालमा आममानिसले बेल, खजुर तथा एल्डर बेरिजको प्रयोग आफ्नो मुड राम्रो बनाउन गर्थे। यो आइरन, एन्टी अक्सिडेन्ट, फाइबर एवं प्रोटिनले भरपुर हुन्छ, जसले सेराटोनको स्तरलाई बढाउँछ र हामीलाई ताजापन महसुस हुन्छ। हाम्रो खानपानले हाम्रो मुडलाई नियन्त्रित गर्छ। हाम्रो आहार नियमित र सन्तुलित छैन भने त्यसको प्रभाव मुडमा विपरीत रूपमा पर्छ अनि व्यवहारमा अनावश्यक क्रोध उत्पन्न हुन्छ।

शोधहरूअनुसार विशेष प्रकारको भोजनले हाम्रो मस्तिष्कको न्युरोट्रान्समिटर सिस्टममा प्रत्यक्ष असर पार्छ। त्यसले अस्थायी रूपबाट मुडमा जबर्जस्त प्रभाव देखाउँछ। नियमित रूपमा सन्तुलित आहार गर्दा दिनभरि मुड सकारात्मक रहन्छ। यसका लागि भोजनमा कम्प्लेक्स कार्बोहाइड्रेटस, ओमेगा, थ्री फ्याटी एसिड, लिन प्रोटिन, फाइबर तथा सही मात्रामा माइक्रो न्युट्रिएन्स समावेश गर्नु जरुरी छ। डाइटमा गरिने परिवर्तनले मस्तिष्कमा केमिकल परिवर्तन ल्याउँछ, जसबाट आफ्नो व्यवहार प्रभावित हुन्छ। भोजनमा भएको ननएसोन्सियल अमिनो एसिड ट्रिप्टोफेन सेराटोनलाई सन्तुलित राख्छ जसबाट तपाईंको मुड काबुमा रहन्छ। मुडलाई सकारात्मक बनाउन उक्त फुडलाई आफ्नो दिनचर्यामा समावेश गर्नु उपयुक्त हुन्छ।

सनफ्लावरको बियाँ : यसमा पर्याप्त मात्रामा ओमेगा थ्री फ्याटी एसिडका साथै केही त्यस्ता तत्व हुन्छन् जसले डिप्रेसन कम गर्छन्। यसले तौललाई पनि नियन्त्रणमा राख्छ।

पालक (पालुंगो) : यो म्याग्नेसियम र फोलिक एसिडको राम्रो स्रोत हो। यी दुवैले मुड राम्रो बनाउन महत्वपूर्ण भूमिका खेल्छन्। यिनको कमी चिन्ता र तनावको कारण बन्छ।

दूध–दही : गर्मीमा एक गिलास चिसो दूध वा लस्सी राम्रो विकल्प हुन्छ। दूध र दहीमा क्याल्सियम र ट्रप्टोफेन हुन्छ। क्याल्सियम तनाव र चिन्ता हटाउन सहयोगी हुन्छ भने ट्रिप्टोफेन सेराटोन निर्माण गर्न सहयोगी हुन्छ जसले मुडमा अचानक सकारात्मक परिवर्तन ल्याउँछ। यो चिन्ता र थकाइ कम गर्न पनि सहयोगी हुन्छ।

ओटमिल : यो सोल्युबल फाइबरको राम्रो स्रोत हो। यसले चिडचिडेपनलाई शान्त गर्छ र पेट भर्छ। यो शरीरलाई ऊर्जाबाट भरिपूर्ण राख्ने राम्रो विकल्प हो। त्यसैले न्युट्रिसनिस्टहरू यसलाई ब्रेकफास्टमा समावेश गर्न सुझाव दिन्छन्।

डार्क चकलेट : चकलेट भन्नेबित्तिकै सबैको मुहारमा मुस्कान आउँछ। चकलेट मुडलाई राम्रो बनाउन सहयोगी हुन्छ। डार्क चकलेटमा फिनाइलएथिलएमिन हुन्छ जसले मस्तिष्कलाई सेराटोनको उत्पादनका लागि प्रोत्साहित गर्छ। डार्क चकलेट मुडका लागि सुपर फुड हो।

ब्लुबेरिज : यसमा क्यालोरीको मात्रा धेरै कम र एन्टी अक्सिडेन्ट्सको मात्रा बढी हुन्छ। ब्लुबेरिजमा केही त्यस्तो प्राकृतिक तत्व हुन्छ जसले तनाव कम गर्छ र मुडमा सकारात्मक परिवर्तन ल्याउँछ।

 

 Image