Successfully Copied

ऊनी कपडाको हेरचाह

जाडो मौसममा ऊनीका बाक्ला पहिरन लगाइन्छ । जाडोले गर्दा ऊनीका पहिरन लगाए पनि त्यसमा आउने भुवाका कारण ऊनीका पहिरन मन नपर्ने

जाडो मौसममा ऊनीका बाक्ला पहिरन लगाइन्छ । जाडोले गर्दा ऊनीका पहिरन लगाए पनि त्यसमा आउने भुवाका कारण ऊनीका पहिरन मन नपर्ने पुतलीसडककी गृहिणी रश्मि शर्मा बताउँछिन् । जाडोमा ऊनीका पहिरन लगाउँदा न्यानो त हुन्छ तर ऊनीका पहिरन भुवा निस्केर नयाँ पहिरन पनि पुरानो जस्तो देखिने उनको धारणा छ । हुन त आजभोलि बजारमा ऊनीका पहिरनको भुवा निकाल्ने मेसिन पनि उपलब्ध छ । त्यसले केही हदसम्म भए पनि राहत प्रदान गरेको छ ।

कपडा सुती, रेशमी वा ऊनी जे भए पनि राम्रोसँग सम्हालेर लगाए टिकाउ हुन्छ । ऊनीका पहिरन खरिद गर्दा विशेष ध्यान पुर्‍याउनु जरुरी छ । खरिद गर्नुअघि राम्रो कम्पनीको भए-नभएको हेर्नुपर्छ । जुन पायो त्यही कम्पनीको ऊनीका पहिरनमा भुवा आउने सम्भावना बढी हुन्छ । यसैगरी सस्ता ऊनीका पहिरनमा घोच्ने किसिमका रेसा प्रयोग गरिएको हुन्छ, जसले छालामा असर पुर्‍याउँछ । त्यसैले जुनसुकै ऊनीका पहिरन लगाउँदा भित्रपट्ट िकटनका पहिरन लगाउनुपर्ने डा. अपणर्ा शाह बताउँछिन् ।

ऊनीका पहिरन धुँदा माइल्ड डिटर्जेन्ट प्रयोग गर्नुपर्छ ।

ऊनीका पहिरनलाई आइरन गर्नुपरे स्टिम आइरन गर्नुपर्छ ।

ऊनीका पहिरनको ट्यागमा ड्राइक्लिन लेखिएको छ भने घरमा धुनुहुँदैन । घरमै धोए त्यसको चमक कम हुन्छ ।

ऊनीका पहिरनमा चिया तथा कफीको दाग लागे अल्कोहल तथा सफा सिरका बराबर मात्रामा मिसाएर दाग लागेको ठाउँमा लगाएर केहीबेर त्यत्तिकै छोड्नुपर्छ । त्यसपछि हल्कासँग मिचेर पानीले पखाल्नुपर्छ । कालो दाग लागे कपासमा स्पिरिटमा मिसाएर दाग भएको ठाउँमा लगाए दाग हटेर सफा हुन्छ ।

ऊनीका पहिरन जहिले पनि चिसो पानीले धुनुपर्छ । तातोपानीमा ऊनीका पहिरन धुँदा त्यसको आकार बिग्रन्छ ।

अन्तिमको पानीमा थोरै मात्रामा ग्लिसिरिन मिसाएर पखाल्दा स्वेटर चम्किलो रहन्छ ।

कुनै कारणवश तातोपानी परे स्वेटर खुम्चन्छ । यसलाई पहिलेकै अवस्थामा ल्याउन अमिलो दही दलेर २० मिनेटसम्म त्यत्तिकै छोडिदिनुपर्छ । त्यसपछि सफा गर्दा स्वेटर पहिलेजस्तै हुन्छ ।

ऊनी कपडा राख्दा

ऊनीका कपडा सुकेपछि सेतो मलमलको कपडामा बेरेर तह मिलाएर राख्नुपर्छ ।

ऊनीका पहिरन थन्क्याउँदा फिनेलको प्याकेट पनि साथमै राख्नुपर्छ । ऊनीका पहिरन राम्रोसँग सुकेपछि मात्र दराजमा राख्नुपर्छ । यसो गर्दा कपडामा कीरा लाग्ने सम्भावना कम हुन्छ ।

 Image