Successfully Copied

गर्मीमा सौन्दर्य प्रसाधनको लहर

गर्मी बढ्दै जाँदा गर्मीका लागि तयार पारिएका स्किन केयर प्रसाधनहरूको कारोवारले पनि आकाश छुन्छ।

गर्मी बढ्दै जाँदा गर्मीका लागि तयार पारिएका स्किन केयर प्रसाधनहरूको कारोवारले पनि आकाश छुन्छ। हुन पनि गर्मी महिनामा छालामा विविध समस्या देखा पर्छन्। सुख्खापन तथा तातो मौसमका कारण राम्रो हेरचाह गर्न सकिएन भने छाला भद्दा बन्दै जान्छ। गर्मीमा सबै स्किन केयरको समान महत्व छ। गर्मीमा हिँड्दा पसिना तथा प्रदूषणले अनुहारको रोमछिद्र बन्द गर्छ, त्यसका लागि फेसवास आवश्यक छ। त्यसैगरी छालालाई घामको किरणबाट जोगाउन सन क्रिम लगाउनुपर्छ। त्यसैले सौन्दर्य प्रसाधन उत्पादन गर्ने ब्रान्डहरूले पनि गर्मीका यस्ता विविध समस्याबाट राहत प्रदान गर्न नयाँ-नयाँ सौन्दर्य प्रसाधन उपलब्ध गराउँदै आएका छन्। सानादेखि ठूल्ठूला ब्रान्डबीच चर्को प्रतिस्पर्धा चल्छ। व्यवसायीहरूका अनुसार चाहे जुनसुकै रेन्जका हुन् सबै प्रसाधनको व्यापार उस्तैउस्तै हुन्छ। उपभोक्ताहरूले आफ्नो गच्छेअनुसार आफूलाई चाहिने सामग्री खरिद गर्ने उनीहरू बताउँछन्। काठमाडौंलगायत देशका विभिन्न भागका कस्मेटिक तथा औषधि पसलहरूमा स्किन केयरका विविध रेन्ज खरिद गर्न  सकिन्छ। गर्मीमा  विशेष गरी सनस्किनको माग बढी भए पनि फेसवास, फेयरनेस क्रिम, क्लिन्जिङ मिल्क आदिको बिक्री पनि सन्तोषजनक छ। अहिले मानिसहरू आयुर्वेद तथा प्रकृतितर्फ आकषिर्त हुनाले सौन्दर्य प्रसाधनहरूमा पनि विभिन्न फलफूल एवं प्रकृतिप्रदत्त सामग्रीहरूको जैविक तेल प्रयोग गर्न थालिएको छ।

जोय कस्मेटिक

जोय जनमानसमा केन्दि्रत सौन्दर्य प्रसाधन हो। यसका पर्सन केयर, स्किन केयर तथा हेयर केयरका विविध रेन्ज उपलब्ध छन्। जोयका उत्पादनमा विभिन्न फल, मह, काजी बदाम तथा २४ क्यारेट सुन आदि प्रयोग गरिन्छ। जोयले गुणस्तरीय उत्पादनलाई सुपथ मूल्यमा उपभोक्तासम्म पुर्‍याएको छ। यसका हरेक उत्पादनमा आयुर्वेदिक जडिबुटी, बिरुवा तथा फलफूलको जैविक तेल प्रयोग गरिएको छ। अहिले गर्मीलाई मध्यनजर गरी विविध प्रकारका सनस्क्रिन क्रिम विशेषत: मेवा तथा स्ट्रबेरीको जैविक तेल प्रयोग भएका सनस्किन तथा सन क्रिम बजारमा उपलब्ध छन्। 

सनस्क्रिन क्रिम

लोसन एसपिएफ ५० सुरक्षायुक्त छ। यसले छालालाई घामबाट बचाउँछ।

च्याउको जैविक तेल प्रयोग भएकाले यसले छाला मुलायम बनाउँछ।

सन क्रिम

यसमा घामको किरणसँग लड्न सक्ने मेवाको जैविक तेल प्रयोग भएको छ।

यो एसपिएफ २५ क्षमतायुक्त छ।

यसले छालालाई मुलायम तथा स्वस्थ बनाउँछ। यसले छालामा गोरोपन बढाउँछ।

अरोमा म्याजिक

ख्यातिप्राप्त ब्युटिसियन डा. ब्लसम कोच्ारद्वारा सम्बन्धन गरिएको अरोमा म्याजिकका सौन्दर्य सामग्रीहरू लामो शोध तथा अनुसन्धानपछि बजारमा उतारिएको हो। यसका सबै उत्पादन अरोमा थेरापीमा आधारित छन्। यसका स्किन केयर तथा हेयर केयरका रेन्ज बजारमा खरिद गर्न सकिन्छ। यसले पार्लरलाई चाहिने धेरैजसो रेन्ज पनि उत्पादन गरिरहेको छ। अरोमाका सबै उत्पादन अब्बल दर्जाका छन्। यसका उत्पादनहरूमा जैविक तेल प्रयोग गरिएको छ जसले गर्दा ती मानसिक तथा शारीरिक रूपमा फलदायी छन्। नयाँ-नयाँ उत्पादन बजारमा ल्याएर सौन्दर्य क्षेत्रमा लोकप्रियता हासिल गर्ने रुचि यो ब्रान्डको देखिन्छ। यसका उत्पादनहरू विस्तृत परीक्षण गरी बजारमा ल्याइने हुनाले तिनले कुनै नकारात्मक असर गर्दैनन्। 

कुकुम्बर सनस्क्रिन लोसन

यो लोसन एसपिएफ ३० युक्त छ। यसमा अल्कोहल तथा कुनै कृत्रिम वासना प्रयोग भएको छैन। यसमा प्रयोग गरिएका सबै तत्व सूर्यको किरणको हानिकारक असरबाट बचाउने प्रकृतिका छन्। यो धेरै गि्रजी छैन, अनुहारको छालामा सजिलै मिल्छ। यो भिटामिन बी ५, सी तथा ईयुक्त छ जसले अनुहारको चाउरी कम गराउँछ। यसमा प्रयोग भएको काँक्राको जैविक तेलले छालालाई लामो समयसम्म सुरक्षा प्रदान गर्छ।

निम तथा ट्रीटि फेसवास

यो क्रिम सामान्य तथा सुख्खा छाला भएकाहरूले प्रयोग गर्न सक्छन्। यसले छालामा कान्ति ल्याउँछ । यसले सन ट्यान, इरिटेसन तथा सन बर्न कम गराउँछ। यसमा निमको जैविक तेल प्रयोग गरिएको छ।

निभिया

निभिया निकै पुरानो तथा विश्वमै लोकप्रिय ब्रान्ड हो। निभियाका पर्सनल केयर, हेयर केयर तथा स्किन केयरका सबै रेन्ज नेपाली बजारमा उपलब्ध छन्। यो ब्रान्डका उत्पादन गुणस्तरीय एवं छालाका लागि निकै उपयोगी मानिन्छन्। यसको प्रयोगपछि तुरुन्तै प्रभाव देखिन्छ। निभियाका सौन्दर्य प्रसाधन मौसम अनुकुल छन्। यो ब्रान्ड अहिले सबै वर्गमा छाएको छ।

एक्ट्रा ह्वाइटनिङ लोसन

यो लोसन एसपिएफ ५० युक्त छ।

यसमा सूर्यको वैजनी किरणलाई रोक्ने पूर्ण क्षमता छ। यसको प्रयोगले छाला गोरो तथा मुलायम हुन्छ। यसले मेलानिन उत्पादन कम गर्छ। वाटर रेसिस्टेन्ट युक्त छ । सेल पनि रिपेर गर्छ ।

निभिया ब्लु लोसन

यो लोसन मोस्चराइजरयुक्त छ। यो बजारमा २०-३० तथा ५० एसपिएफमा उपलब्ध छ। नन स्टिकी यो लोसन छालामा चाँडै एबजर्ब हुन्छ। यसले छालामा हुने एलर्जी कम गर्छ। यसले अनुहारलाई लामो समयसम्म नरम

राख्दै छालाको सुरक्षा गर्छ। यो विभिन्न प्याकिङमा उपलब्ध छ।

जोकोज

म्याक पर्सनल केयरका जोकोज ब्रान्डका सौन्दर्य प्रसाधन नेपाली बजारमा छोटो समयमै लोकप्रिय हुन सफल छन्। यसका उत्पादनहरू लामो समयको शोधपछि बजारमा ल्याइएको हो। म्याक पर्सनल केयरले अरू क्षेत्रको उत्पादनको सफलतापछि ब्युटी रेन्जमा पनि हात हालेको हो। यसका उत्पादन नेपाली बजारमा आएको करिब ५ वर्ष पुगेको छ। विभिन्न क्षेत्रका विशेषज्ञहरूको सल्लाह तथा उनीहरूको प्रयोगबाट यो ब्रान्डका उत्पादन तयार हुने हुँदा यसको कुनै पनि नकारात्मक असर छैन। यो ब्रान्डका स्किन केयर, हेयर केयर तथा बडी केयर बजारमा उपलब्ध छन् भने जोकोजले पार्लरलाई चाहिने प्याकेज प्रसाधन पनि उत्पादन गरिरहेको छ। गुणस्तरीय उत्पादन एवं उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नु जोकोजको उद्देश्य हो। जोकोजका प्रसाधन फलफूलका विविध फ्लेवरमा खरिद गर्न सकिन्छ।

सनस्क्रिन क्रिम

यो क्रिम ४० एसपिएफ युक्त छ। यसमा बेसार, केशर तथा गोलभेंडाको लिकापेनी  प्रयोग गरिएको छ। यो क्रिम कम चिपचिपे तथा वाटर प्रुफ छ। यसले छालामा कवचको काम गर्छ। यो सबै खालका छालाका लागि उपयोगी छ। यसले चाउरी तथा सनबर्नमा  स्किन टोन गरी छालालाई उज्यालो बनाउँछ। ड्यामेज छालालाई सफा बनाउँछ।

फेसवास

जोकोजको फेसवासले धूलो र घामबाट हुने असर कम गर्छ। छालालाई प्राकृतिक पोषण प्रदान गर्छ। जोकोजका पपैया, निम, एलोबेरा तथा गोल्ड फेसवास बजारमा उपलब्ध छन्। यी फेसवास सबै छालाका लागि उपयोगी छन्। यिनले चायाँ, पोतो तथा डन्डिफोरजस्ता समस्या कम गर्छन्।

एभर युथ

सौन्दर्य भन्ने कुरा भित्रैबाट आउनुपर्छ भन्ने कुरामा विश्वास राख्ने एभर युथका सबै उत्पादन गुणस्तरीय छन्। यसका प्रसाधन नियमित प्रयोग गरे तिनले प्राकृतिक रूपमा प्रभाव देखाउँछन्। उपभोक्ताहरूलाई भित्रैदेखि राम्रो बनाउन जाइडस वेलनेसले स्किन केयरका सम्पूर्ण रेन्ज बजारमा ल्याएको छ। यसका सबै उत्पादन प्राकृतिक छन् र छालालाई पौष्टिकता प्रदान गर्छन्। विविध क्षेत्रको शोधपछि यी उत्पादन बजारमा उतारिएका हुन्। एभर युथका उत्पादनहरू सन प्रोटेक्सन, मिग्मेन्टेसन एवं एक्नेका उपचारमा केन्दि्रत छन्।

वालनट स्क्रब

यो सबै छालाका लागि उपयुक्त छ। यसमा ओखरको बाहिरी भागको पार्टिकल्स प्रयोग गरिएको छ। यसले अनुहारमा भएको मृत कोष हटाउँछ। अनुहारको रोमछिद्र कम गराई छाला गोरो बनाउँछ। यसमा रहेको न्यानो भिटाले अनुहारमा पौष्टिकता प्रदान गर्छ। यसको नियमित प्रयोगले अनुहार सफा तथा सुन्दर देखिन्छ।

फेसवास

यसले अनुहारबाट मृत छाला हटाउँछ। बन्द भएका रोमछिद्र खुलाएर छालामा हावा संचार गराउँछ। छालालाई ताजा तथा सुन्दर बनाउँछ। यसले अनुहारको छालालाई टाइट बनाएर चाउरी कम गर्छ। वातावरणीय प्रदूषणबाट छालालाई जोगाउँछ।

लोटस

लोटस भारतकै चर्चित कस्मेटिक ब्रान्ड हो। आयुर्वेदिक तथा आधुनिक विधिको मिश्रणबाट तयार पारिएका लोटसका अहिले २५० रेन्जका स्किन केयर, हेयर केयर, सन केयर तथा कस्मेटिक उत्पादन बजारमा छन्। नेपालमा पनि लोटसका सौन्दर्य प्रसाधनहरूको माग उच्च छ। यसको निर्माणमा प्राकृतिक तत्वको प्रयोग गरिएको छ। यसका उत्पादन विश्वका १६ देशमा बिक्री हुन्छन्। नेपाली बजारमा यसको सनक्रिमको माग अत्यधिक छ। यसका सनक्रिम स्प्रे, क्रिम, जेल तथा लोसनमा उपलब्ध छ।

सनब्लक क्रिम

यो एसपिएफ ९० युक्त छ। यो सबैखाले छालाका लागि उपयोगी छ। यसमा एलोभराको जैविक तेल प्रयोग गरिएको छ। प्रचण्ड गर्मीमा यसले छालालाई सुरक्षा प्रदान गर्छ। यो शरीरका सबै अङ्गमा प्रयोग गर्न सकिन्छ।

सनस्क्रिन क्रिम

यो क्रिम एसपिएफ ३० युक्त छ। यसमा पनि जैविक तेल प्रयोग गरिएको छ। यसको नियमित प्रयोगले घामले छाला डढ्नबाट रोकिनुका साथै डन्डिफोरको समस्या पनि कम हुन्छ। यसले छालालाई मुलायम बनाउँछ ।

आस्ताबेरी

आस्ताबेरी लोकप्रिय ब्रान्ड हो। यो ब्रान्डलाई सबैले प्रयोग गर्न सक्छन्। यसका उत्पादनमा फलफूलको तेल प्रयोग भएको छ। आस्ताबेरीका प्रसाधन परम्परागत आयुर्वेदका सूत्रहरूसँग आधुनिकताको मिश्रण गरी तयार पारिएको हो। यसका सबै उत्पादन आइबी तथा बीपी गुणस्तर अनुसार तयार गरिन्छ। आस्ताबेरीका उत्पादनहरूले भित्री रूपमा पनि उपचार गर्छन्। फ्लेवरमा विविधता दिन सक्नु यो ब्रान्डको अर्को विशेषता हो।

युबी गार्ड

यो लोसन एसपिएफ ५० युक्त छ। यसले छालालाई सूर्यको किरणबाट लामो समयसम्म जोगाउँछ। यसको नियमित प्रयोगले छाला चम्किलो हुन्छ। पसिना तथा पानीरोधी छ। एबोकाडोको जैविक तेलयुक्त यो क्रिमले सन ट्यान तथा सन बर्न कम गर्छ।

सनस्क्रिन क्रिम

यो एसपिएफ १८  युक्त छ। यो सबै खालका छालाका लागि उपयुक्त छ। यसमा मेवाको जैविक तेल प्रयोग गरिएको छ। तेसुको फूल तथा काजी बदामको तेलले गर्दा यसको प्रयोगपछि छाला नरम हुन्छ।  यसको प्रयोगले अनुहारमा विशेष परिवर्तन अनुभव गर्न सकिन्छ।

रेब्लन

कलर कस्मेटिकको दुनियाँमा आफ्नो वर्चश्व कायम गर्न सफल रेब्लन ब्रान्डका सबै कस्मेटिकको गुणस्तर अब्बल छ। यसका कलर कस्मेटिक मात्र होइन स्किन केयर पनि निकै राम्रा छन्। उत्कृष्ट ब्रान्ड भएकाले अन्य सौन्दर्य प्रसाधनभन्दा यसको मूल्य केही बढी छ तैपनि यसको गुणस्तरका कारण सौन्दर्य प्रसाधन भन्नेबित्तिकै सबैको मुखमा रेब्लनको नाम आउँछ। बजारमा यसका कलर कस्मेटिक, हेयर कलर, परफ्युम, ब्युटी टुल्स, स्किन केयर, डियोडरेन्ट आदि उपलब्ध छन्। यो विश्वकै सबैभन्दा बलियो ब्रान्डका रूपमा परिचित छ। यसका उत्पादनहरू १ सयभन्दा बढी राष्ट्रमा बिक्री हुन्छन्। यसको मुख्य विशेषता नै समयअनुसार प्रसाधन तयार पार्नु हो।

एडभान्स फेयरनेस क्रिम

यसलाई दिनहुँ प्रयोग गर्दा छाला मुलायम हुन्छ। यसले अनुहारको दाग कम गर्छ। अनुहारको कान्ति वृद्धि गर्छ। यसमा कमलको जैविक तेल प्रयोग भएको छ, जसले अनुहारको पोतो कम हुन्छ। यसमा भिटामिन ए, ई तथा बी ५ छ।

सनकेयर

यसले सनस्किन क्रिमको मात्र होइन मोस्चराइजरको पनि काम गर्छ। यो लाइट टेक्चर भएकाले छालामा सजिलै मिल्छ। यसको नियमित प्रयोगले छाला कोमल एवं सुरक्षित हुन्छ। यसले कालो दाग तथा चाउरी कम गर्छ।

एलेन

एलेन कस्मेटिक भर्खरै बजारमा आएको हो। भारतमा उत्पादन हुने एलेनका सौन्दर्य प्रसाधनहरू प्रभावकारी छन्। एलेनले अहिले नेपालमा स्किन केयरका रेन्ज बजारमा उपलब्ध गराएको छ। एलेनका उत्पादन चिसोमा बस्ने, गोरो छाला तथा कालो छालालाई मध्यनजर गरी तयार गरिएका छन्।

सनस्किन क्रिम

यसमा विभिन्न अर्गानिक तत्वहरूको तेल प्रयोग गरिएको छ। यो चिपचिपे छैन। यसले अनुहारलाई ताजा तथा उज्यालो बनाउँछ। यसमा भिटामिन ए तथा ई प्रयोग गरिएको छ। यसले अनुहारको चाउरी कम गर्छ।

वालनट स्क्रब

यसमा फलफूलको तेल तथा एप्रिकोटको तेल प्रयोग गरिएको छ। यसले अनुहारको छालालाई स्वस्थ तथा चम्किलो बनाउँछ। यो स्क्रबले छालालाई जीवन्त बनाउँछभने अनुहारमा रहेको मृत छाला तथा ब्ल्याक हेड्स कम गर्छ। यसमा रहेको भिटामिनले छाला मुलायम पार्छ। यो सबै प्रकारको छालाका लागि उपयोगी छ।

हिमालय

प्रत्येक वर्ष ३ सय मिलियन उपभोक्ताले हिमालयका उत्पादनहरू प्रयोगमा ल्याउँछन्। यसले अहिलेसम्म पर्सनल केयर तथा हेल्थ केयरका ३ सय रेन्ज बजारमा ल्याएको छ। यसका सबै उत्पादन ल्याब टेस्ट गरिएका छन्। अहिले विश्वका अधिकांश राष्ट्रमा हिमालयका उत्पादन प्रयोगमा आउँछन्। यसका उत्पादन लोकप्रिय पनि छन्। यसको मूल्य गुणस्तरअनुसार सस्तो छ। पूर्णत: हर्बल उत्पादन भएकाले यसको कुनै नकारात्मक असर छैन। हरेक उत्पादन विविध प्याकमा उपलब्ध छन्।

सनस्किन क्रिम

यो एसपिएफ १५ युक्त छ। यसले छालालाई सुरक्षा कवच प्रदान गर्छ।  छालालाई सूर्यको किरणको असरबाट जोगाउँछ।  स्याउ तथा एलोबेराले छालालाई मुलायम बनाउँछ।  दाग कम गरी अनुहारमा कान्ति ल्याउँछ।  यसको नियमित प्रयोगले छाला स्वस्थ रहन्छ। यो क्रिम ५० तथा १०० एमएलको बोतलमा उपलब्ध छ।

निम फेसवास

यसले अनुहारमा आउने डन्डिफोर कम गर्छ। यो सबै छालाका लागि उपयुक्त छ। यो फेसवास विभिन्न आकार तथा प्याकमा उपलब्ध छ। यसले छालालाई सुरक्षा प्रदान गर्छ। आयुर्वेदिक पद्धतिबाट तयार गरिएको यो फेसवासले डन्डिफेार कम गरी छालालाई चम्किलो बनाउँछ। यो एन्टी

ब्याक्टेरियलयुक्त छ।

स्मुथ एण्ड सिल्की

स्मुथ एण्ड सिल्की ब्रान्डका सौन्दर्य प्रसाधन नेपाली बजारमा छोटो समयमै लोकप्रिय हुन सफल छन्। यसका उत्पादनहरू लामो समयको शोधपछि बजारमा ल्याइएको हो। यसले अरू क्षेत्रको उत्पादनको सफलतापछि ब्युटी रेन्जमा पनि हात हालेको हो। यसका उत्पादन नेपाली बजारमा आएको करिब ५ वर्ष पुगेको छ।

ह्वाइट म्याजिक डे क्रिम

यो एसपिएफ ३० युक्त छ।

ओइल फ्री भएकाले गर्मीका लागि उपयोगी छ।

 भिटामीन ए, बी तथा ईयुक्त छ।

यसले अनुहार मुलायम बनाई चाउरी कम गर्छ।

अनुहार उज्यालो तथा गोरो बनाउँछ।

एन्टी ब्लेमिस क्रिम

यसले अनुहारको चायाँ कम गर्छ। अनुहार गोरो बनाउँछ। यसमा मेवाको जैविक तेल प्रयोग गरिएको छ। अनुहारको छालाको मेलानिन बढ्न दिँदैनभने अनुहारमा प्राकृतिक चमक ल्याउँछ।

क्लिन एण्ड क्लियर

मानिसहरू जब भित्रैदेखि खुसी हुन्छन् त्यसको चमक अनुहारमा झल्कन्छ। त्यही उद्देश्यले क्लिन एण्ड क्लियरले आफ्ना उत्पादन तयार गरेको छ । सबैको छाला युनिक हुने भएकाले सौन्दर्य प्रसाधन आवश्यक हुन्छ। यही अवधारणाअनुसार उत्पादित क्लिन एण्ड क्लियरका प्रसाधनको माग उच्च छ। यसको प्रयोगपछि छालाका समस्या कम हुँदै जान्छन्। क्लिन एण्ड क्लियरका एक्ने तथा स्किन केयर सम्बन्धी प्रशाधन विशेष प्रभावकारी छन्।

क्लिन एण्ड क्लियर फेसवास

यसले अनुहारको छाला ताजा एवं उज्यालो बनाउँछ।  यसमा कागतीको जैविक तेल प्रयोग गरिएको छ। यो फेसवासले छालालाई दिनभरिको दौडधूपसँग लड्न तयार बनाउँछभने अनुहारको मृतकोष हटाएर रोमछिद्र खोल्छ।

क्लिन एण्ड क्लियर

फेयरनेस क्रिम

यसमा चेरीको जैविक तेल प्रयोग गरिएको छ। यसले अनुहार गोरो तथा उज्यालो बनाउँछ। यसमा रहेको  पियोर राइजले ओइल कन्ट्रोल क्षमता वृद्धि गर्छ। छालालाई सुरक्षा प्रदान गर्नुका साथै अनुहार उज्यालो बनाउँछ।

वेदा

वेदा छोटो समयमै लोकप्रिय भएको छ। यसका उत्पादनमा प्राकृतिक जैविक तेल प्रयोग गरिन्छ। लामो अनुसन्धानपछि बजारमा ल्याइएको हुँदा यसले कुनै नकारात्मक प्रभाव पार्दैन। यसका स्किन केयर तथा हेयर केयरका रेन्ज बजारमा उपलब्ध छन्।

सनस्किन लोसन

यो एसपिएफ २५ युक्त छ। यसले छालालाई घामको दुस्प्रभावबाट जोगाउँछ। यसको नियमित प्रयोगले छाला मुलायम हुन्छ। यो माइल्ड छ जसले गर्दा अनुहारमा मिल्छ।

फेसवास

यसमा ब्लुबेरीको जैविक तेल प्रयोग गरिएको छ। तुलसीको पात प्रयोग गरिएको हुनाले छाला सफा बनाउँछ। यसको नियमित प्रयोगले छाला उज्यालो हुन्छ। दिनमा दुईपटक प्रयोग गर्दा राम्रो परिणाम प्राप्त गर्न सकिन्छ। यो फेसवास तैलीय छालाका लागि उपयोगी छ।

लेक्मी

लेक्मी ब्रान्ड सुन्दरता वृद्धिका लागि कटिबद्ध छ। यो अधिकांश महिलाको प्रिय ब्रान्ड पनि हो। यसका कलर कस्मेटिक, स्किन केयर आदि सबै उत्पादनको गुणस्तर उत्कृष्ट मानिन्छ। कुनै पनि नयाँ प्रसाधनको अवधारणा सुरु गर्दा यसले मानवको समग्र व्यक्तित्व, उसको स्वास्थ्य तथा सुन्दरतामा ध्यान पुर्‍याउने गरेको छ। यसका नयाँ सामग्री लामो शोधपछि तयार पारिन्छ। नेपाली बजारमा पनि यसको कारोवार निकै राम्रो छ।

सन एक्सपोर्ट युभी लोसन

यो एसपीएफ ३० युक्त छ। अर्गानिक तथा तैलीय पदार्थमुक्त छ। यसले अनुहारको छालालाई गोरो बनाउँछ। छाला मुलायम राख्छ।  लाइट पिल र्फमुलायुक्त यो लोसन सबै छालाका लागि उपयोगी छ ।

ओले

ओले विश्वकै लोकप्रिय ब्रान्डमध्ये एक हो। यसका उत्कृष्ट उत्पादनहरू सबै छालाका लागि उपयोगी छन्।

ओलेका उत्पादन अनुहारमा राम्रोसँग मिल्ने खालका छन्। यो ब्रान्ड सौन्दर्य प्रसाधनको कारोबारमा अग्रणी स्थानमा छ। प्रक्टल एण्ड गेम्बलर कम्पनीका यी उत्पादन विश्वका ८० राष्ट्रमा उपलब्ध छन्। यसका ब्युटी तथा स्किन केयरका रेन्ज नेपाली छाला सुहाउँदा छन्। नेपालमा यसको माग निकै राम्रो छ।

क्लीन्जर

 यसले अनुहारको मोस्चर कायम राख्छ भने छालालाई सफा तथा नरम

बनाउँछ । यो सबै छालाका लागि उपयोगी छ। विशेषत: डल तथा ड्राइ स्किनका लागि लादायक छ। ओले क्लीन्जरले अनुहारलाई पौष्टिकता प्रदान गर्छ।

टोटल इफेक्ट डे क्रिम

यो क्रिम एसपीएफ १५ युक्त छ। यसले महिलाहरूको अनुहारको छालालाई सुन्दर बनाउँछ। यो विशेषगरी सामान्य  छालाका लागि उपयोगी छ। अनुहारमा चाँडै ब्लेन्ड हुन्छ। भिटामिन ई प्रशस्त मात्रामा भएको हुँदा अनुहारको चाउरी कम हुन्छ। यसले छालाको कोलेजन वृद्धि गर्न सघाउनुका साथै अनुहार कसिलो बनाउँछ। अनुहारको छालालाई टोन गर्छ।

डाबर नेपाल

डाबर उपभोक्तामा केन्दि्रत रही सामग्री उत्पादन गर्ने ब्रान्ड हो। डाबर नेपालको कार्यालय काठमाडौंमा छ। यसले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सामग्री उत्पादन गर्छ। यो भारतकै अब्बल ब्रान्ड पनि हो जसले हेल्थ केयर, स्किन केयर, ओरल केयर, होम केयर तथा खाद्य सामग्रीमा आफूलाई केन्दि्रत गरेको छ । यो विश्वव्यापी रूपमा पनि लोकप्रिय ब्रान्ड हो।

गुलाबरी

यसको प्रयोगले अनुहारलाई ताजगी प्रदान गर्छ। अहिलेको व्यस्त जीवनमा यसको प्रयोगले शीतलता प्रदान गर्छ। यो सबै छालाका लागि उपयोगी छ। यसमा गुलाबको जैविक तेल प्रयोग गरिएको छ। यसको प्रयेागले छाला सौम्य, कोमल एवं सुन्दर बनाउँछ। यो विशेषगरी तैलीय छालाका लागि उपयोगी छ। यसले अनुहारको रुखोपन कम गर्छ।

सौन्दर्य हर्बल

नेपालमै उत्पादन हुने यो सौन्दर्य प्रसाधनले अहिलेसम्मका प्रयोगकर्ताहरूको समस्या कम मात्र होइन निर्मूल नै बनाएको छ। डा. एलपी सूदले लामो खोजबिन तथा शोधपछि यो उत्पादन बजारमा ल्याएका हुन्। पेसाले होमियोप्याथिक चिकित्सक सूदले नेपालीहरू अनुहारको समस्याले निकै पिरोलिएको महसुस गरी यो प्रशाधन तयार पारेका हुन्। यसमा शतप्रतिशत हर्बल तथा नेपालमा पाइने जडीबुटी प्रयोग गरिएको छ। सौन्दर्य हर्बलले विभिन्न समस्यालाई लक्षित गरी विविध क्रिम तथा प्रसाधन बजारमा ल्याएको छ। अहिलेसम्म यसको परिणाम पनि राम्रो छ। अहिले उत्पादन भएका रेन्जले बजार लिएपछि अरु रेन्ज उत्पादन गर्ने डा.सूदको योजना छ।

सारा हर्बल

सारा हर्बलले हरेक व्यक्तिकेा चाहनालाई ध्यानमा राखी आफ्ना उत्पादन बजारमा ल्याएको छ। सौन्दर्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भिसेजले आफ्ना प्रशाधन सारा हर्बलका नाममा बजारमा ल्याएको हो। यसले सदैव प्रकृतिलाई महत्व दिंदै प्राकृतिक वस्तुहरू प्रयोग गरी प्रसाधन तयार गर्छ। यसको मूल्य गुणस्तरका तुलनामा निकै सुलभ छ। प्राकृतिक तत्वहरूलाई आधार बनाइएकाले यसले कुनै नकारात्मक असर गर्दैैन। यसका उत्पादन हरेक विधिबाट परीक्षण गरिएका हुन्छन्। 

ओयल कन्ट्रोल फेसवास

यसमा काँक्राको जैविक तेल प्रयोग गरिएको छ। यो फेसवास भिटामिन ईयुक्त छ जसले छालालाई नरम तथा रसिलो बनाउँछ। यसमा प्रयोग भएको पुदिनाको पातले अनुहार सफा बनाउँछ। यो विभिन्न प्याकमा उपलब्ध छ। यसले रोमछिद्र खुलाएर अनुहारलाई स्वस्थ बनाउँछ। यो जुनसुकै छालाका लागि उपयोगी छ। यो फेसवास भिटामिन ए, ई तथा बी ५ ले युक्त छ।

सारा हर्बल एसपिएफ ३०

यो एसपिएफ ३० युक्त छ। यसले सूर्यको किरणबाट लामो समयसम्म छालाको सुरक्षा गर्छ। यसले छालालाई वातावरणीय प्रभावबाट सुरक्षित राख्छ। भिटामिनयुक्त यो क्रिमले अनुहारको चमक जोगाउँछ भने अनुहारमा भएका दाग पनि हटाउँछ।

गार्निएर

गार्निएर पर्सनल केयरको लोकप्रिय ब्राण्ड हो । भारतमा मात्र होइन निर्यात हुने सबैजसो देशमा यसको व्यवसाय उच्च छ। यसका उत्पादन लामो अनुसन्धानपछि मात्र बजारमा आउँछन्।

फेसवास

यसले अनुहारमा भएको फोहोर हटाउँछ।

अनुहारको पिएच लेभल सन्तुलित बनाउँछ। यसले अनुहारको छालालाई पौष्टिकता प्रदान गर्छ। यसमा कागतीको जैविक तेल प्रयोग भएको छ जुन सबै छालाका लागि उपयोगी छ ।

सनस्किन क्रिम

यो १५ एसपिएफयुक्त छ।

यो निकै आकर्षक प्याकमा उपलब्ध छ।

अनुहारको छालामा सजिलै मिल्छ।

यसले मोस्चराइजर तथा सनक्रिमको काम गर्छ।

यो सबै खालका छालाका लागि उपयोगी छ।

अनुहारको कालोपन कम गरी छाला मुलायम बनाउँछ।

यसको सुगन्ध माइल्ड छ।

ओसिया हर्बल

मानिसहरू बिस्तारै प्रकृतिबाट उत्पन्न भएका तत्वहरूप्रति आकषिर्त हुँदैछन्। ओसिया हर्बलले आफ्नो उत्पादनमा यस्तै प्रकृतिप्रदत्त वस्तु प्रयेाग गर्छ। हर्बलको माध्यमले निर्भानाको आभास हुन्छ जसले शरीर, मस्तिष्क तथा आत्मालाई आराम प्रदान गर्छ। विभिन्न विज्ञहरूको लामो शोध तथा अनुसन्धानबाट यी उत्पादन तयार पारिएको हो। ओसिया हर्वलका स्किन केयर, हेयर केयर तथा पर्सनल केयरका प्रसाधन बजारमा उपलब्ध छन्। प्रदूषित वातावरणबाट सुरक्षा गरी छालालाई कान्तिमय बनाउने ओसिया हर्बलका उत्पादन क्लिनिकल्ली परीक्षण गरिएका छन्। यसको कुनै नकारात्मक असर छैन। ओसिया हर्बलले नेपालमा पनि छोटो समयमै लोकप्रियता हासिल गरेको छ।

सनब्लक क्रिम

यो एसपिएफ ३० युक्त छ। यसले छालालाई लामो समयसम्म सुरक्षा प्रदान गर्छ। यसमा बदामको जैविक तेल प्रयोग गरिएको छ। यसको टेक्सचर निकै लाइट छजसले गर्दा छालामा चाँडै सोसिन्छ। यो नन गि्रजी तथा साइन फ्री छ। यो क्रिमको दैनिक प्रयोगले छालाको कालोपन कम हुन्छ भने चाउरी पनि हटाउँछ।

डे क्रिम

यो क्रिम २५ एसपिएफ युक्त छ। यसले सूर्यको किरणबाट आउने दूषित तत्वबाट छालालाई सुरक्षा गर्छ। वातावरणीय प्रदूषणबाट छालालाई बचाएर मेलानिन उत्पादनमा रोक लगाउँछ। छालालाई उज्यालो बनाई टोन गर्छ। यसमा विभिन्न हर्बलको जैविक तेल प्रयोग गरिएको छ। यो बहुउपयोगी क्रिम हो ।

इन रिचर हर्बल

इन रिचर कस्मेटिक कस्मोवल्र्डले बजारमा ल्याएको हो। यो उत्पादन हर्बल पद्धतिबाट तयार गरिएको छ। यसमा विभिन्न जडीबुटी तथा फल प्रयोग गरिएको छ। यो विभिन्न आकर्षक प्याकमा उपलब्ध छ। शतप्रतिशत हर्बल भएकाले उपभोक्ताहरूले यसको प्रयोग ढुक्कसँग गर्न सक्छन्। यो नेपाली छाला सुहाउँदो भएकाले छोटो समयमै लोकप्रिय भएको छ।

एप्रिकोट स्क्रव

यो भिटामिन ए युक्त छ। कालो छालालाई गोरो तथा सौम्य बनाउँछ। छालालाई रुखो तथा खस्रोपनबाट जोगाउँछ भने छालालाई पौष्टिकता पनि प्रदान गर्छ। यो स्क्रवले छालालाई भरिलो, ताजा एवं आकर्षक बनाउँछ।

पपैया फेस वास

यसमा पपैयाको जैविक तेल प्रयोग गरिएको छ। अनुहारमा देखिने चाउरी कम हुन्छ। कालोपन कम गर्छ। अनुहारलाई सुन्दर बनाउँछ।

भीएलसीसी

लामो समयदेखि सौन्दर्य प्रसाधन उत्पादन गर्दै आएको भीएलसीसीले अहिलेसम्म धेरै उपभोक्ताको समस्या समाधान गरिसकेको छ। यसका सौन्दर्य प्रसाधन सन्तुलित, पोषक तथा सुरक्षा कवचयुक्त छन्। यसका सबै उत्पादनले छालाको प्रकृतिलाई यथावत् राखी भित्रदेखि बाहिरसम्म सुरक्षा प्रदान गर्छन्। भीएलसीसीका सबै उत्पादन आयुर्वेदिक जडिबुटीयुक्त छन्। यसका उत्पादनले छालामा नकारात्मक असर पुर्‍याउँदैनन्। प्राकृतिक तथा आधुनिक दुवै विधि प्रयोग गरिएका भीएलसीसीका सबै उत्पादन नौला तथा प्रभावकारी छन्। यसको उत्पादन भारतको हरियाणामा हुन्छ। भीएलसीसीले पर्सनल केयर, हेयर केयर तथा पार्लरका कीटहरू सबै रेन्जमा उत्पादन गर्छ।

एन्टी स्पोट युभी सनस्क्रिन क्रिम

यसले छालाको सुरक्षा गर्नुका साथै छालामा देखिएका दाग कम गर्छभने अनुहारको छाला कान्तिमय बनाउनुका साथै छालालाई पौष्टिकता पनि प्रदान गर्छ। यसमा गाजरको तेल प्रयोग गरिएको छ जसले चायाँको उपचार गर्छ। यो सबै छालाका लागि उपयोगी छ। यसको नियमित प्रयोगले छाला दागरहित हुन्छ। यसले मेलानिनको उत्पादन

कम गर्छ।

ओयल फ्री सनस्क्रिन जेल

यसले अनुहारलाई ताजा बनाउँछ। यसमा छालालाई सूर्यको किरणबाट बचाउने क्षमता छ। यसमा एलोबेरा, खरबुजा एवं काँक्राको जैविक तेल प्रयोग गरिएको छ। यो एसपिएफ १५ युक्त छ। यो तैलीय छालाका लागि पनि उपयोगी छ। यो सनस्क्रिन जेल ट्युबमा उपलब्ध छ।

इन्च्यान्टर

फ्रान्सको फ्रेगनेन्सबाट प्रभावित भएर सन् १९८९ मा मलेसियामा यसको उत्पादन सुरु भएको हो। अहिले इन्च्यान्टरका उत्पादन विश्वका ३० देशमा उपलब्ध छन्। यो ब्रान्डका परफ्युम तथा टेल्कम पाउडर लोकप्रिय छन्। इन्च्यान्टरका उत्पादन एकपटक प्रयोग गरेपछि उपभोक्ताहरू मोहित हुन्छन्। यसको टेल्कम पाउडर लगाएपछि लामो समयसम्म ताजापन महसुस हुन्छ। नेपाली बजारमा इन्च्यान्टरको माग बढ्दो क्रममा छ। यसका सबै उत्पादन गुणस्तरीय छन्। यसको सुगन्धले एक प्रकारको ताजापन महसुस गराउँछ।

इन्च्यान्टर पाउडर

यसको आइरिस तथा गुलाबको वासनाले दिनभरि रिफ्रेस राख्छभने भेनिला फ्लेवरले छाला मुलायम बनाउँछ। यो टेल्कम पाउडरले छालालाई गोरो तथा आकर्षक राख्न सहयोग पुर्‍याउँछ। यो टेल्कम पाउडर तीन फरक फ्लेवरमा उपलब्ध छ।

डेकर

नारायणघाटमा उत्पादन गरिने डेकर कस्मेटिकका उत्पादन प्रशस्तै नेपाली उपभोक्ताले प्रयोग गर्न थालेका छन्। गत वर्ष भन्दा यो वर्ष यसको माग निकै वृद्धि भएको छ। डेकर कस्मेटिकका सबै रेन्ज उत्पादन गर्ने प्रयासमा छ। अहिलेसम्म यसले २४ क्यारेट गोल्ड फेसियल किट, क्लिल्जिङ मिल्क, गुलाब जल, बडी लोसन तथा ग्लिसिरिन उत्पादन गर्दै आएको छ। नेपाली उपभोक्तालाई लक्षित गरिएको हुनाले यो तुलनात्मक रूपमा बजेट अनुकूल पनि छ। यसले  आफ्ना उत्पादनमा विभिन्न फलफूलका जैविक तेल प्रयोग गरेको छ। यसका उत्पादन लामो शोधपछि बजारमा ल्याइएको हुनाले गुणस्तरीय छन्।

डेकर सनब्लक क्रिम

डेकर सनब्लक क्रिम वाटरप्रुफ तथा मोस्चराइजिङयुक्त छ। यसको प्रयोगले छाला सुरक्षित रहनुका साथै ड्यामेज कम गर्छ। यसले छालालाई घामबाट बचाउने मात्र होइन छालाको चाउरीपन पनि कम गर्छ। यसमा मेवाको जैविक तेल प्रयोग गरिएको छ।

सन ब्लक क्रिम

डेकर सनब्लक क्रिम एसपिएफ ३० युक्त छ। यसमा गहुँ एवं मेवाको तेल प्रयोग गरिएको छ। यसको प्रयोगले चाउरी कम हुनुका साथै अनुहारको कान्ति पनि बढ्छ।

बोरो प्लस

पर्सनल केयर तथा हेल्थ केयरमा ईमानी एक नम्बरमा पर्छ। सन् १९७४ मा स्थापना भएको ईमानीका सबै उत्पादन आयुर्वेदिक पद्धतिमा आधारित छन्। ईमानीले बोरो प्लसअन्तर्गत स्किन केयरसम्बन्धी  प्रसाधन उत्पादन गर्छ। भारतमा मात्र होइन निर्यात हुने सबैजसो देशमा यसको व्यवसाय उच्च छ। यसका उत्पादन लामो अनुसन्धानपछि मात्र बजारमा आउँछन्।

ओयल कन्ट्रोल फेसवास

यसले अनुहारमा भएको फोहोर हटाउँछ। अनुहारको पिएच लेभल सन्तुलित बनाउँछ। यसमा नीम तथा तुलसीको जैविक तेल प्रयोग गरिएको छ। यसले अनुहारको छालालाई पौष्टिकता प्रदान गर्छ।

बोरो प्लस सन क्रिम

यो १५ एसपिएफयुक्त छ। यो क्रिम आकर्षक प्याकमा उपलब्ध छ। अनुहारको छालामा सजिलै मिल्छ। यसले मोस्चराइजर तथा सनक्रिमको काम गर्छ। यो सबै खालका छालाका लागि उपयोगी छ। अनुहारको कालोपन कम गरी छाला मुलायम बनाउँछ। यसको सुगन्ध निकै माइल्ड छ।

 Image