Successfully Copied

मेघाका रूपमा नम्रता

मानिसको जीवनमा धेरै उतारचढाव आउँछन्। कोही त्यही कुरामा अडिएर आफ्नो जीवनलाई तहसनहस पार्छन भने कोही सम्हालिएर

मानिसको जीवनमा धेरै उतारचढाव आउँछन्। कोही त्यही कुरामा अडिएर आफ्नो जीवनलाई तहसनहस पार्छन भने कोही सम्हालिएर आफ्नो गन्तव्यतर्फ अग्रसर हुन्छन्। यसरी नै अघि बढिरहेकी नेपाली नायिका तथा मोडल हुन्, नम्रता श्रेष्ठ। साइबर संसारमा फोटो सेसन गरेर यो क्षेत्रमा लागेकी नम्रताले म्युजिक भिडियो तथा पेपर एडबाट आफ्नो करिअर सुरु गरेकी हुन्। चलचित्र 'सानो संसार’ बाट नायिकाका रूपमा उदाएकी नम्रता सुन्दर छिन्। मान्छेमा आँट र विश्वास भयो भने कुनै पनि काममा सफलता हासिल हुने दाबी गर्ने नम्रता आफ्नो काम र करिअरमा दत्तचित्तका साथ लाग्छिन्। यही महिना प्रदर्शन हुन लागेको सम्झना उप्रेती रौनियारले निर्देशन गरेको चलचित्र 'मेघा’ मा उनी मेघाका रूपमा मुख्य भूमिकामा देखिँदैछिन्।

साथीहरूसँग मिलेर एटिक बार चलाइरहेकी नम्रता पारिवारिक होस्टेल व्यवसायमा समेत संलग्न छिन्। सधैं टिपटप भएर हिँड्न रुचाउने नम्रता जिन्स, स्कर्ट एवं लेगिन्समा हिँड्न रुचाउँछिन्। सधै हाई हिलमा हिँड्ने उनी जुत्ता भने ब्रान्डेड नै लगाउँछिन्। सेतो र नीलो रंग मन पराउने नम्रता कालो र हरियो रंगमा बढी देखिन्छिन्। अहिलेका नेपाली फेसन डिजाइनरहरूको कामबाट सन्तुष्ट नम्रता आइरा ब्रान्डका पहिरनमा सजिन्छिन्। विना घले र उत्तम बनेपाली उनलाई मनपर्ने फेसन डिजाइनर हुन्। अरूको कुरा काट्ने र सिको गर्नेहरूले कहिल्यै प्रगति गर्न सक्दैनन् भन्ने नम्रता कसैलाई पनि फेसन आइकन मान्दिनन्। उनी भन्छिन्, 'म नम्रता श्रेष्ठ भएरै यो क्षेत्रमा अघि बढ्न चाहन्छु।’

प्रस्तुति ः सिर्जना दुवाल श्रेष्ठ

तस्बिर ः महेश प्रधान

मेकअप ः ओमिसा मुल्मी तथा ओकासा मुल्मी, ग्लेज ब्युटिपार्लर, इन्द्रचोक

पहिरन ः सिटी गर्ल, पुरानो बानेश्वर

गहना ः गीताञ्जली ज्वेलर्स, दरबारमार्ग

लोकेसन ः एटिक बार, गैरीधारा

 

 

 

 

 

 

 

 

 Image