परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/f2-28092022054907.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/f2-28092022054907.jpg&w=1000&height=600)
समता पन्त
डेपुटी सिइओ, नेपाल बैंक लिमिटेड
बैंकमा खाता खोल्ने महिलाको संख्या कति छ ?
नेपाल बैंकमा ४० प्रतिशत महिलाको खाता छ । यो क्रम बढ्दो छ ।
यसको पछाडिको कारण के हुनसक्छ ?
महिलाहरू आत्मनिर्भर हुँदै जानु प्रमुख कारण हो । उनीहरू आर्थिक रूपमा सशक्त र शैक्षिक रूपमा सचेत हुनु अर्को कारण हो । बैंकहरूले दिएको छुट र सुविधाका कारण पनि पछिल्लो समय महिला बचतकर्ताको संख्या बढिरहेको हो ।
नेपालमा महिला बचतकर्ताको अवस्था कस्तो छ ?
राष्ट्र बैंकको डाटा हेर्ने हो भने महिला बचतकर्ताको संख्या बढेको देखिन्छ ।
खाता खोल्नेमा कुन तहका महिला बढी छन् ?
धेरै त कामकाजी महिला नै छन् । यसको अर्थ गृहिणीहरूको खाता नै छैन भन्ने होइन । उनीहरू पनि क्रमशः बचतमा सजग र सचेत हुँदै गएका छन् ।
महिला बचतलाई प्रोत्साहन गर्न बैंकहरूले के–कस्ता योजना अघि सारेका छन् ?
हामीकहाँ महिलाले जुनसुकै खाता खोल्न सक्छन् । ‘नारी सम्मान बचत खाता’ र अर्को ‘वुमन स्पेशल सेभिङ’ खातामा महिलाका लागि विशेष सुविधा छ । ‘नारी सम्मान’ मा ५ लाखसम्मको दुर्घटना बीमा, लकर शुल्कमा ५० प्रतिशत छुट, अन्य विविध रेमिट्यान्समा लाग्ने शुल्कमा ५० प्रतिशत छुट, डिजिटल प्रडक्ट (एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, बीमा खाता, रजिस्ट्रेशन शुल्क) आदिमा पूर्ण छुटको व्यवस्था छ । त्यसैगरी, ‘वुमन स्पेशल’ मा ५ सयमाथि नगद राखी खाता खोल्न सकिन्छ । लकरमा २५ प्रतिशत छुट, डिजिटल प्रडक्टमा पूर्णरूपमा छुटको व्यवस्था छ । पछिल्लो समय ‘नारी सम्मान’ बचतमा ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
महिलाले ऋण लिँदा के–कस्तो सुविधा छ ?
कर्जाको हकमा यही वर्षको वार्षिक योजनामा महिला केन्द्रित सहुलियतपूर्ण प्रडक्ट राखेका छौं । अहिलेसम्म हामीसँग भएको सुविधा भनेको राष्ट्र बैंकको नियमानुसारको बिनाधितोको १५ लाखसम्मको महिला व्यावसायिक कर्जा हो । सहुलियतपूर्ण कर्जाका १० वटा शीर्षकमध्ये बढी चलेको कर्जा भनेकै यही हो ।