सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

यो वर्षको ‘मिस नेपाल वर्ल्ड–२०२२’ को उपाधि काठमाडौंमा जन्मिएकी प्रियंका रानी जोशीले जितिन् । उनले ‘मिस डिलाइट’ को उपाधिसमेत हात पारिन् । यी उपाधि हासिल गरेसँगै २४ वर्षीया प्रियंकाले ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । २३ जना सहभागी भएको प्रतियोगितामा ‘मिस नेपाल अर्थ’ को उपाधि संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि विराटनगरकी २४ वर्षीया न्यान्सी खड्काले जितिन् । सरिशाले ‘मिस अर्थ’ मा र न्यान्सीले ‘मिस इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा विभिन्न १० वटा सब–टाइटलमा विजेता घोषणा गरिएको थियो । ‘हिडन ट्रेजर’ ले आयोजना गरेको कार्यक्रम ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको थियो ।