हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

लोकसेन ः भरतपुर, हस्पिटल रोड
विशेषता ः औषधिविज्ञबाट काउन्सिलिङ गरी औषधि दिइने ।
गार्भी मेडिकल अघिल्लो वर्ष संचालनमा आएको हो । सेवामूलक स्वास्थ्य सुविधा दिने हेतुले यसको स्थापना गरिएको हो । कोभिड महामारीले विश्व नै ठप्प भएको अवस्थामा देशका सबै स्वास्थ्य सेवा ठप्प थिए । इमर्जेन्सीबाहेकका सबै सुविधा लगभग बन्द थिए ।
मेडिकलकी प्रभा अधिकारीका अनुसार यसको मुख्य विशेषता औषधिविज्ञबाटै काउन्सिलिङ गरी औषधि दिनु हो । अध्ययन पूरा गरी विदेश पलायन हुनेहरूको होडभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले गार्भीको स्थापना गरेको उनको दाबी छ । गार्भीमा तीन जना महिला स्वास्थ्यकर्मी कार्यरत छन् । बिहान सात बजेदेखि बेलुकी आठ बजेसम्म खुल्ला रहने यो सबै रोगका औषधि, फर्मासिस्ट र असिस्टेन्ट फर्मासिस्टको सल्लाहबमोजिम पाइन्छ ।