अहिले केमा व्यस्त हुनुहुन्छ ?
नयाँ प्रोजेक्टमा काम गरिरहेको छु । यसको खुलासा चाहिँ नगरौं होला ?
मोडलिङ कहिलेदेखि सुरु गर्नुभयो ?
सन् २००० देखि नै मोडलिङ सुरु गरेको हुँ । मेरो डेब्यु म्युजिक भिडियो योगेश्वर अमात्यको थियो । त्यसबाहेक अन्य तीन म्युजिक भिडियोमा अभिनय गरें । म्युजिक भिडियोमा भन्दा पनि म व्यापारमै व्यस्त छु ।
व्यापारमा केमा हुनुहुन्छ ?
पहिले मलमा थिएँ । राइजिङ मल र सीटीसी मलमा व्यवस्थापन हेर्थें । पछिल्लो समय ‘‘भने म रेस्टुरेन्ट क्षेत्रमा छु ।
व्यापार सजिलो कि म्युजिक भिडियो ?
सबै काम सजिला हुँदैनन् । तर रहरले कामलाई फरक पार्छ । यी दुवै मेरा रहरका काम हुन् । त्यसैले यी दुवै काम मलाई सहज लाग्छन् ।
अरू केमा रुचि छ ?
मलाई घुम्न एकदमै मन पर्छ । पोखरा र चितवन मलाई मन पर्ने ठाउँ हुन् ।