‘यो आफैमा लिभिङ म्युजियम हो’
यो एउटा लिभिङ म्युजियम हो । यहाँभित्र नेपाली कला र संस्कृति झल्किने पूर्वाधार, मौलिक स्वादयुक्त खानपान, न्यानो आतिथ्य सत्कार, घरेलु वातावरण आदि कुरा छन् ।
महिला हस्तकला मेला–२०७७ सम्पन्न भएको छ । फागुन २२ देखि सुरु मेला दुई दिन सञ्चालन भएको थियो । ‘हस्तकलाको प्रवर्द्धन महिला सशक्तीकरणको सम्बर्द्धन’ भन्ने नाराका साथ उक्त मेला ललितपुर महानगरमा सञ्चालन भएको हो । मेला नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो । उक्त स्टलहरूमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको थियो । मेलामा धातु तथा कागजबाट बनाइएका सामान, काष्ठकला, धातुकला एवं ऊनी तथा ढाकाका पहिरनहरू प्रदर्शनीमा राखिएका थिए ।



