काठमाडौंमा ‘आर्टसियन फेस्टिबल’
उद्यमी र स्टार्टटप व्यवसायीहरूलाई बजारीकरण तथा मार्केटिङका लागि सहजीकरण गर्न र नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा ‘आर्टसियन फेस्टिबल–२०२२’ सम्पन्न भयो ।

मनिषा अधिकारी ( योग तथा फिटनेस प्रशिक्षक )
जिभा स्लिम एण्ड हेल्थ केयर, चुच्चेपाटी चावहिल
योग बहुचर्चित विषय हो । आज सबैले योगमा रुचि दिएको पाईन्छ । शारीरिक र मानसिक दुबै तबरले स्वस्थ रहनको लागि योग को ज्यादा महत्व छ । अहिले कोरोना भइरस महामारीका कारण हाम्रो दैनिक जिबन त्रासपूर्ण बन्न पुगेको छ । ब्यापार ब्यबसाय हरु घाटामा छन्, कतिले कोरोनाकै कारण आफन्तजन गुमाउनु परेको छ जसका कारण आत्महत्या, डिप्रेशन, चिन्ता, तनाव, अनिन्द्रा, नैरास्यता आदि केशहरु बढिरहेका छन् ।
सबैलाई योगबाट हुने शारीरिक लाभहरु को बारेमा त थाहा छ नै, योगको अभ्यासले मनोबैज्ञानिक लाभहरु पनि मिल्छ जसले कोटिसल हर्मोन लाई कम गर्दछ र तनाब ब्यबस्थापन मा सहयोग पुर्याउछ।
दिमाग, शरीर र आत्माको मिलनः
१.योग स्वास्थ्य सद्भाव र खुशीको लागि हो । जसले दिमाग, शरीर र आत्मलाई स्वस्थ राख्न मधत गर्दछ। मनलाई सान्त पार्नको लागि स्वासलाई पनि सान्त पार्नुपर्दछ । स्वास प्रस्वास मिलाएर गरिने योग व्यायाम र आसनको संयोजनले दिमाग, शरीर र आत्मालाई जोड्दछ । यी तीनको असंतुलनले स्वास्थ्य समस्याहरू र अनावश्यक मानसिक तनावलाई जन्म दिन्छ । योगले दिमाग, शरीर, र आत्मलाई सन्तुलन मा राख्दछ । योगले मानिसहरूलाई धेरै हदसम्म तनावबाट मुक्त गरेको छ ।
२.निन्द्रा मा सुधार
जिबनमा हुने उताढ–चढाव र तनाब का कारण अधिकांश व्यक्तिहरु निन्द्र राम्रो पर्दैन भनी गुनासो गर्छन् । व्यायाम र केही योग आसनहरुले तपाईलाई सान्तपूर्वक निदाउन मधत गर्दछ ।
३.उर्जा को वृद्धि
तनाव व्यवस्थापनका लागि योगमा श्वास अभ्यास एकदम महत्त्वपूर्ण छ। श्वास लिने र श्वास छोड्ने प्रविधिले शरिरमा अधिक सकरात्मक उर्जा ल्याउँदछ। वैज्ञानिक तवरले, यसले अक्सिजनलाई तपाईंको अङ्ग हरुको भित्रि भाग सम्म पुग्न मद्दत पु¥याउँछ । जसले गर्दा तपाईलाई आरामदायी महसुस हुन्छ ।
४. एकाग्रतामा बृद्धि
योग आसनहरूले तनावलाई काबूमा राख्छ र तपाईंको शरीरलाई आराम दिन्छ । हामी सबैले आजलाई बिर्सेर बितेका कुरा र भोलि हुने कुरालाई सम्झिएर आजको दिन तनावमा बिताईरहेका हुन्छौं । शान्त दिमागको साथ परिस्थितिको सामना गर्न योगले एकाग्रतामा वृद्धि गर्दछ ।
६. गहिरो ध्यान र साधना
ध्यान तनाव व्यवस्थापनका लागि योगमा महत्त्वपूर्ण कारक हो। तनाव व्यवस्थापनको बेला अपेक्षित आवश्यक चीजहरू मध्ये एक मानसिक सहजता हो । ध्यानका साथ योगले ती अल्फा तरंगहरूलाई सन्तुलनमा राख्छ जुन तपाईंको दिमागलाई आराम दिन आवश्यक छ । जब तपाईं लामो सास फेर्नुहुन्छ, तपाईंको मुटुको दर सामान्य हुन जान्छ र रक्तचाप सामान्यीकृत हुन्छ ।
७. आत्मविश्वासमा दृढता
जीवनमा निर्णयहरू लिनुपर्दा तनावले प्रायः हामीलाई विच्छेद गर्दछ । हामी सबै कुरामा अलमल्ल र अप्रिय महसुस गर्न थाल्छौं र अरुको समर्थन खोज्छौं । भित्री विश्वास फिर्ता ल्याउन तनाव व्यवस्थापनका लागि योग उत्तम विकल्प हो ।