महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि

दरबारको सुखसयलबाट अलग्याएर जेल जीवन बिताउंदै आएकी एक साउदी राजकुमारीको पछिल्लो अवस्थावारे चौतर्फी चिन्ता गर्न थालिएको छ । विगत एक वर्षदेखी साउदी जेलमा रहेकी बस्माह बिन्त साउद पछिल्लो समय बाहिरी सम्पर्कमा नरहेपछि उनका आफन्त र शुभचिन्तकहरुले चासो देखाउन थालेका छन् ।
जेल जीवन बिताउंदै गरेकी साउदी राजकुमारीको जीवन सुरक्षाबारे अनेक चासो र टिप्पणी बढेको छ । विना अभियोग साउदी शासकले उनलाई एक वर्षअघि जेलमा राखेका थिए । महिला र संवैधानिक अधिकारका पक्षमा आवाज उठाउंदै आएको अभियोगमा दरवारले नै उनलाई जेल सजाँय तोकेको थियो । गत वर्षको मार्च महिनामा उनी एकाएक छोरी सहित सम्पर्क विहीन भएकी थिइन् । तर साउदी शासकले उनलाई २८ वर्षीया छोरी शुहदअल सरिफसंगै जेलमा राखेको कुरा सार्वजनिक भएको थियो ।
५६ बर्षिया बस्माह बिन्त महिला अधिकारको मुद्दा उठाउदा यसरी जेल जाने पहिलो राजपरिवारकी सदस्य हुन् । कट्टर मुस्लिम बाहुल्यता भएको मुलुक र त्यसको राजपरिवारमा रहेर महिला स्वतन्त्रताको आवाज उठाउनु आफैंमा चुनौती थियो । तर पनि उनले साहसी महिलाको परिचय दिदैं महिला अधिकार र स्वतन्त्रताको पक्षमा बोलिरहिन् ।
राजपरिवार भित्रैबाट यस्तो आवाज आउन थालेपछि कट्टरपन्थीको तारोमा उनी परेकी थिइन् । पढे लेखेकी शिक्षित र संसार बुझेकी महिलाले आफ्नालागी मात्रै नभएर आफु जस्तै अन्य महिलाकालागी पनि बाँच्ने प्रण गर्छन्, उनले भनेकी थिइन् ।
पछिल्लो केही सातादेखि उनलाई बाहिरी सम्पर्क नगराइएकोमा कोरोना भाइरस महामारीको संक्रमण भएको हुनसक्ने पनि आशंका गरिएको छ । किनभने उनलाई राखिएको जेल अलहएरका अन्य केही व्यक्तिमा कोरोना संक्रमण भएको बताइएको छ ।
फोन कल र सामाजिक सञ्जालमा पनि सम्पर्क नभएपछि उनको परिवारका सदस्य लगायत शुभचिन्तकहरुमा त्रास पैदा भएको निकटस्थहरुले बताएका छन् । साउदी सरकारले भने सार्वजनिक रुपमा राजकुमारीबारे केही प्रतिक्रिया दिएको छैन । साउदी अरेबियामा करिब २५ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारी बस्माह बिन्तलाई उपचारकालागि स्वीट्जरल्याण्ड जाने क्रममा सन् २०१९ को मार्चमा जेल हालिएको थियो ।
सफल व्यावसायी तथा शाही परिवारको प्रवक्ता समेत रहेकी उनी राजा सलमानका भाइ र भतिजाको आन्तरिक मतभेदलाई हटाउने प्रयासमा पक्राउ परेकी हुन् पनि भनिन्छ । यस्तै गरी केहीले साउदी शाही परिवारका गोप्य सूचना उनीवाट जाने सम्भावना देखेर पनि जेल चलान गरिएको बताईन्छ ।
राजकुमारीले आफुलाई पक्राउ गरे लगत्तै ट्विट गर्दै लेखेकी थिईन्, तपाईंहरुलाई थाहा होला, म अहिले कुनै फौजदारी आरोप बिना नै अलहयर जेलमा छु ।’
स्रोत : डेलीमेल डट कम युके