खेलाडीलाई ‘क्लाइम्बिङ’ अभ्यास
सगरमाथा आरोहण गरेकी प्रथम महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई ‘क्लाइम्बिङ’ अभ्यास गराएकी छन् ।

: लक्ष्मी भण्डारी
यस वर्षको नयां वर्ष खुलेर, डुलेर र झुमेर मनाउने अवश्था छैन् । तर घरबाहिर आउननपाएर के भो ? घरभित्रै बसेर पनि सकारात्मक सोचका साथ रमाइलो गर्न सकिन्छ । यो अवश्थामा व्यक्तिगत संकल्प भन्दा पनि सामुहिक संकल्प गर्नुपर्ने समाजशास्त्री निर्मला ढकालको धारणा छ । त्यसो त कोरोनाको कारण सुरक्षित रहनु, त्रसित नहुनु अहिलेको एकमात्र साझा संकल्प भएको छ ।
ढकाल भन्छिन्, कताको पात्रो, कताको क्यालेण्डर, थाहा न पत्तोसंग नयां वर्ष आयो । आज कतिगते र कुन बार हो भन्ने समेत अलमल भएको बेला पुरानो वर्ष सकिन र नयां वर्ष आउन लागेको कुरा पनि नौलो भएको छ सबैका लागी ।
पहिले पहिले नयां वर्ष आउनु महिना दिन पहिलेदेखि नै घुमफिरको योजना बन्थ्यो, मेकअप आर्टिस्ट तथा कस्मेटोलोजिस्ट रीना प्रधान भन्छिन,अरुलाई सुनाउन र देखाउनकै लागि भए पनि घुम्ने ठाउंको बयान गर्न गर्ने गर्थे । तर यसपालि मान्छेलाई घरभित्र थुनेर कोरोना भाइरस संसार घुमिरहेको छ ।
गायिका, मोडल तथा व्यावासायी सोना अमात्यका अनुसार चीनको नयां वर्षताका सुरु भएको कोरोना भाइरसले नेपाली नयां वर्षसम्मै पनि छोडेन । सुरुमा नेपाल पसौं किन पसौं भन्ने दोधारमा रहेको यो भाइरस केही हप्तादेखि नेपाल भ्रमणमा छ । नयां वर्षमा घुमफिर गर्ने बानी भएका नेपालीलाई पनि घरभित्रै थुनेर त्यो सडकमा भौंतारिरहेको छ । अझै केही हप्ताबाहिर घुमफिर गर्न मिल्दैन ।
अरु काजकर्म त पछि गरौंला भन्न मिल्थ्यो । तर नया वर्ष त एक दुई महिनापघि मनाउंछु भन्न पनि नमिल्ने । कसरी मनाउने त ? मनोचिकित्सक डा. शरदमान ताम्राकार भन्छन्, संधै एकै किसिमको व्यवाहार गर्दा मानिसमा दिक्कलाग्नु र कलान्तरमा त्यसले मान्छेको दिमागमा नकारात्मक असर पार्नु नौलो कुरा होइन तसर्थ हामीले आम समयमा जसरी उत्सव मनाउंथ्यौं त्यसैलाई अलि फरक ढंगले मनाउंदा हामी मान्छेमा थपउर्जा र उत्साहा थपिन्छ ।
यस्तो बेला बेडरुम, बैठम या भान्छा सरसफाइ गरेर, घरको डेकोरेशन परिवर्तन गरेर, नयां परिकार बनाउ नसिकेर र तपाई जहा हुुनुहुन्छ त्यसैमा खुशीभएर अझ सुन्दर संसार बनाउने प्रयास गरेर नयां बर्ष मनाउने कोशिस गरियो भने हाम्रो जीवनमा यसको दिर्घकालिन सकारात्मक पर्न जाने ताम्राकार बताउंछन् ।
रीना भन्छिन्, तपाई जहा भए पनि नयां वर्षको दिन अलि विशेष गर्नुहोस् । दिन रात उस्तै भएपनि बिहान घामले पोल्दासम्म घुर्ने बानी भएको भए घुर्न छोडेर सबेरै उठ्नुहोस् । आंखा मिच्नुहोस् र हातमुख धुनुहोस् । केही हप्तादेखि कपाल नकोरेर वा दाह्री नकाटेर, महिलाहरुले मेकअप नगरेर झुसेफुस्रे भैसक्नुभएको छ भने ऐना अगाडी बसेर मेकअप गर्नुहोस र मेकअप सकिएपछि ऐनामा आफुलाई हेरेर फरक महसुस गर्दै मुस्कुराउनुहोस् ।
स्त्री रोग बिशेषज्ञ डा. गरिमाश्रेष्ठ भन्छिन्, यो लकडाउनले मलाई धेरै चीजहरू महसुस गराएको छ, हामी बढि बाहिर जान रुचाउंछौं, तर अन्तमा घर जहिले पनि सुरक्षित स्थान हो भन्ने आभाष भइरहेको छ अहिले । परिवारहरू सधैं आनन्दको स्रोत हुन् । हामीबाहिर जति नै धेरै समय बिताए पनि अन्तत परिवार र घर सदा सुरक्षित र खुशीको स्थान हुन्छन् ।
फेशन डिजाइनर तृष्णा गुरुगंलाई आफु हरक्षण बाहिर हुने हुंदा घरमा बस्नेहरु फोकटमा समय बर्वाद गर्छन भन्ने लाग्थ्यो रे, तर उनलाई अहिले यो लागिरहेको छ कि बाहिर भन्दा घरमा बस्ने नारीहरुमा अझ बढी जिम्मेवारी र कर्तव्यको बोझको भारी हुंदो रहेछ । उनी आफ्नी आमालाई हेरेर लकडाउनमा सिकेको यो पाठ बांड्दै भन्छिन्, यो बर्षको मेरो नर्या बर्ष संकल्प भनेको घरमा बस्ने नारीहरुका लागी केही गरौं भन्ने हो । अर्को कुरा नयां र फरक तरिकाले सोच्ने र सोही सोच अनुसार व्यवहारिक काम गर्दै जाने हो ।
डा. गरिमाले बि.सं. २०७७ सालको संकल्पबारे भनिन, मेरो नयां वर्षको प्रतिज्ञा भनेको सकारात्मक रहनु र सकारात्मकता फैलाउनु हो । सधैं मेरा लक्ष्यहरू, समर्पण, कडा परिश्रममा केन्द्रित रहिरहुन जसकाकारण सफलता मलाइ पर्खिरहेको होस् ।
फुलसर्कलकी संस्थापक सिइओ समेत रहेकी सोना भन्छिन्, जीवन केही होइन रहेछ भन्ने कुरा भुकम्प र भाइरसले चेत गरायो । बाचुञ्जेल अब सबैको सहयोगमा जीवन बिताउन सके त्यही नै मेरो संकल्प पुरा भएको ठान्नेछु ।
कस्मेटोलोजिस्ट रिनाभने हिजोका अप्ठ्यारालाई बिर्सेर बर्तमानमा बांच्ने र भविष्यको चिन्तन लिइ अगामीदिनमा सहयोगी भावका साथ अगाडी बढ्दै जानु नै यो बर्षको आफ्नो प्रतिज्ञा रहेको र सोहीअनुरुप जीवनलाई व्यवहारिक बनाउंदै लैजाने बताउंछिन् ।