Successfully Copied

घरमा बालबालिकालाई यसरी सिकाउनुस्

लकडाउनका कारण विद्यालय बन्द छ । यस्तो बेला बालबालिकालाई कहाँ राख्ने ? के गराउने ? भन्ने अन्योल स्वभाविक छ । यसर्थ बालबालिकालाई स्वस्फूर्त सिकाई क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।

सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने अहिलेको बिषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग व्यवहार गर्नुपर्ने हुन्छ । 

लकडाउनका कारण विद्यालय बन्द छ । यस्तो बेला बालबालिकालाई कहाँ राख्ने ? के गराउने ? भन्ने अन्योल स्वभाविक छ । यसर्थ बालबालिकालाई स्वस्फूर्त सिकाई क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।

विद्यालय बन्द भएको बेलामा पनि सक्रिय रुपमा सिकाइमा सहभागी हुन सकुन् भन्ने उद्देश्यले सार्थक शिक्षाका कार्यक्रम ल्याइएको छ । सार्थक शिक्षाका संयोजक बिक्की श्रेष्ठ भन्छन् ‘बिद्यालय बन्द भएपनि बच्चाले घरमै सिक्न सकुन् भनेर विभिन्न क्रियाकलापहरु ल्याएका छौं ।’

सार्थक शिक्षाले ४ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई ध्यानमा राखेर कार्यक्रमहरु ल्याएको छ । श्रेष्ठका अनुसार अभिभावकले यसलाई प्रिन्ट गरेर बालबालिकालाई पनि दिन सक्नेछन् । यसका लागि प्रत्येक दिन १० देखि १५ मिनेट समय निकाल्नु पर्ने हुन्छ । जसले गर्दा बच्चाहरुले सहज रुपमा सिक्न सक्नेछन् । 

सिक्नका लागि सार्थक शिक्षाले आफ्नो फेसबुक पेजमा सन्दर्भ समाग्रीहरु राखेको छ । यसलाई हेरेर पनि बालबालिकालाई अभिभावकले सिकाउन सक्छन् भने पेपर प्रिन्ट गरेर पनि सिकाउन सकिन्छ । 

सार्थक शिक्षाले गरेको बर्गीकरण अनुसार ४ बर्षका पूर्व प्राथमिक तहका बालबालिकालाई लेख्नका लागि हात बसाउन सहयोग पुर्याउनेछ । यस उमेरका बालबालिकाले यस क्रियाकलाप मार्फत रेखा कोर्ने, धर्को तान्ने र रंग भर्न सिक्नेछन् । त्यस्तै ५ बर्षका कक्षा १ का बालबालिकाहरुले संख्या लेख्न, अक्षर लेख्न अग्लो होचो छुटयाउन सक्नेछन् । 

६ बर्षका बच्चाहरुले २ कक्षामा पुग्दा ज्ञानेन्द्रियले के गर्दछ र त्यसको प्रयोग कहाँ हुन्छ गर्ने भन्ने कुरा थाहा पाउन सक्छन् । उमेरको वृद्धिसंगै बच्चाहरुको सिक्ने क्रम पनि बढ्दै जाने क्रियाकलापले देखाउदछ । ७ बर्षको बच्चा कक्षा ३ मा पुग्दा गणीत र बिज्ञानको बारेमा बुझन सक्छन् । उनिहरुले  जोडा मिलाउने,गुणा गर्न सक्नेछन् । त्यस्तै ८ बर्षका बालबालिका कक्षा ३ मा पुग्दा चित्र कथा लेख्न सक्ने हुनेछन् । उनिहरुले चित्र हेरेर चित्र हेरेर चित्रको बर्णन गर्न सक्नेछन् । 

सार्थक शिक्षाबारे बुझ्न र बालबालिकालाई सिकाउन यो लिंक मार्फत् जानुहोला ।

 

https://www.facebook.com/pg/SarthakEd/photos/?tab=album&album_id=1581570255325951

 Image