पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

छ फिट ४ इन्च अग्ली सजनी बलामी कलाकारितामा सक्रिय हुने आफ्नो चाहना लुकाउँदिनन् । बालाजु, काठमाडौंकी २२ वर्षीया सजनी संगीत, वाद्यवादन, यात्रा एवं नृत्य तथा समाजसेवामा रुचि राख्छिन् । हाल दुबईमा कार्यरत सजनीलाई चलचित्रमा अभिनय गर्ने रहर छ । मोडलिङमा समेत रुचि राख्ने सजनी सामाजिक कार्यमा जस्तो चन्दा संकलन आदिमा संलग्न छिन् ।
सामाजिक कार्यमा रुचि भएकै कारण उनले हरेक पटकको आफ्नो नेपाल भ्रमणका क्रममा अनाथ आश्रमहरूलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएकी छिन् । त्यस क्रममा उनले काठमाडौंका विभिन्न असहाय केन्द्रमा खाद्यान्नदेखि लत्ताकपडासम्म वितरण गरेकी छिन् । ‘तन जहाँ भए पनि मन त नेपाली हो’ भन्ने कुरामा विश्वास गर्ने सजनी युवावस्थामै समाजसेवामा रमाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने धारणा व्यक्त गर्छिन् ।