Successfully Copied

सासु बुहारीको सम्बन्धमा छुट्टै खालको मिठास

आपसी समझदारी, संवादका साथ आफ्नो स्थान बुझ्दै जिम्मेवारी र कर्तव्यबोध भयो भने यो सम्बन्ध सहज र सकारात्मक हुने बताउँदै रागिनी भन्छिन्–‘कुरा लुकाउनु भएन, खुला संवाद हुनुपर्‍यो अनि बुहारी भैसकेपछि थोरै कम्प्रोमाइज पनि गर्नुपर्‍यो, यति मात्र भए पनि सासू–बुहारीको सम्बन्धमा तिक्तता आउँदैन ।

देवना राणा, उद्यमी

रागिनी सिंह, व्यवसायी

देवनालाई कस्ती बुहारी आउने हुन्, इष्टमित्र, परपाहुना आउँदा कोठाबाट बाहिरै ननिस्किने बुहारी पर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्थ्यो । यद्यपि बुहारी भित्रिएपछि छोरामा मात्र होइन घरभित्र आएको परिवर्तन देखेर देवना निकै खुसी छिन् । राणा भन्छिन्–‘अहिले मेरो छोरा बढी जिम्मेवार र केयरिङ भएको छ ।

घरभित्र पनि कसले खायो–खाएन, दुःख–बिमार पर्दा गर्ने हेरचाह लगायत इच्छाहरू बुझ्ने मान्छे भएको महसुस हुन्छ ।’ रागिनीले ९ वर्षअघि नै देवनालाई चिनेकी थिइन् । विगत ५ वर्षदेखि उनीहरू सासू–बुहारीको सम्बन्धमा एउटै घरमा छन् । दुवैको अनुभवमा उनीहरू साथीजस्तो सहज सम्बन्ध निर्वाह गरिरहेका छन्, एक–अर्कामा सबै कुरा खुलेर गर्ने र चित्त नबुझेको कुरा अगाडि नै भन्ने प्राक्टिसले उनीहरूलाई सदाबहार हुन मद्दत गरेको छ ।

‘मैले साथीजस्तै व्यवहार गरे पनि रागिनीले त्यसलाई कमजोरी मानेर आफूले गर्नुपर्ने सम्मान र कर्तव्यबाट कहिल्यै विमुख भएकी छैनन् र म पनि उनलाई उनको इच्छा मार्नुपर्ने, स्वतन्त्रता खोसिने कुनै काम नगरूँ नै भन्छु ।’ देवना भन्छिन्–‘त्यसैले पनि हाम्रो सम्बन्धमा छुट्टै खालको मिठास कायमै छ, जसमा छोरालाई हामी कहिल्यै बीचमा ल्याउँदैनौं, उसको स्थान हामी दुवैका लागि अलग छ ।’

आपसी समझदारी, संवादका साथ आफ्नो स्थान बुझ्दै जिम्मेवारी र कर्तव्यबोध भयो भने यो सम्बन्ध सहज र सकारात्मक हुने बताउँदै रागिनी भन्छिन्–‘कुरा लुकाउनु भएन, खुला संवाद हुनुपर्‍यो अनि बुहारी भैसकेपछि थोरै कम्प्रोमाइज पनि गर्नुपर्‍यो, यति मात्र भए पनि सासू–बुहारीको सम्बन्धमा तिक्तता आउँदैन ।

बाँकी कुरा त एक–अर्काको बलियो पक्षलाई प्रेरित गर्ने र कमजोरीलाई सुधार्दै लाने हो ।’ रागिनीलाई आफ्नी सासूमा अथाह सीप, कला र जाँगर भएको थाहा छ जुन अझ पूर्णरूपमा सदुपयोग हुन नसकेको उनी बताउँछिन् । सिंह सधै देवनालाई सक्रिय र स्मार्ट देख्न चाहन्छिन् भने देवनालाई पनि बुहारीले बाहिर काम गरेको मन पर्छ । रागिनी बढी भावुक भएकीले बलियो हुनुपर्छ भन्ने उनको सुझाव छ ।  

 

देवनाको बुझाइमा रागिनीको च्वाइस

खाना : आलु र चिकेनका परिकार ।

मुभी : जिन्स र साडी ।

बलियो पक्ष : अत्यन्तै केयरिङ नेचर ।

ब्यागमा : पर्स, मोबाइल र केही सौन्दर्य प्रसाधन ।

राशि : धनु ।

सरप्राइज गिफ्ट : मेरो कोठाका लागि दिएको टिभी ।

सासूका बारेमा रागिनी

मेकअप प्रोडक्ट : सेफोरा ब्रान्ड ।

रिस उठ्छ : झूट बोल्यो भने ।

मनपर्ने पक्ष : ममतामयी स्वभाव

भगवान् : वैभवलक्ष्मी ।

एसेसरिज : चुरा–पोते ।

 Image