Successfully Copied

नेपालका फेसियल ब्युटी

सौन्दर्य छान्ने हो भने शुद्ध रूपमा नबोली आँखाले हेरेर छान्ने हो । मानिसले झट्ट हेर्ने आँखा हो, ठूलो आँखा तथा हाँस्दा प्रस्ट रूपमा देखिने दाँतलाई सुन्दर मानिन्छ । नम्रता ५ नम्बरमा पर्नुको एउटा कारण उनको हाँसो पनि हो, अरूको नहाँसेको तस्बिर छ । हाँसोले जोकसैलाई अगाडि

सौन्दर्य छान्ने हो भने शुद्ध रूपमा नबोली आँखाले हेरेर छान्ने हो । मानिसले झट्ट हेर्ने आँखा हो, ठूलो आँखा तथा हाँस्दा प्रस्ट रूपमा देखिने दाँतलाई सुन्दर मानिन्छ । नम्रता ५ नम्बरमा पर्नुको एउटा कारण उनको हाँसो पनि हो, अरूको नहाँसेको तस्बिर छ । हाँसोले जोकसैलाई अगाडि ल्याउँछ । 

१. हिमानी शाह

फेस एनालाइसिसका आधारमा हिमानी शाह नै सबैभन्दा सुन्दर देखिन्छिन् । सामान्यतया उनको अनुहार हेर्दा गोल्डेन पर्पोसनको छ । सौन्दर्यको प्राकृतिक अनुपातसँग नाप्न त पाएको छैन, तर उपलब्ध तस्बिर हेर्दा सबै कुरा रेसियोमा छ । मिडिल थर्ड, त्यसपछि नाकबाट ओठसम्म र ओठबाट चिउँडोसम्मको भाग एकदमै करेक्ट ठाउँमा छ । आँखाको सौन्दर्यमा उनलाई कसैले जित्न सक्दैन र पूर्ण अनुहारमा नाकको साइज पर्फेक्ट छ । नाक एकदमै मिलेको छ । उमेरका कारणले हुनुपर्छ गाला अलिक बाक्लो छ तर झट्ट हेर्नेबित्तिकै आकर्षक देखिने अनुहारमा हिमानी अगाडि छिन् । खासगरी तीनवटा कारणले–फेसियल पर्पसन करेक्ट साइजमा हुनु, दोस्रो ब्युटी आँखामा छ, आँखा एकदमै सुन्दर छ र तेस्रो यदि नाकमा कुनै प्लास्टिक सर्जरी गरिएको छैन भने प्लास्टिक सर्जरी गरेर मिलाएजस्तै पर्फेक्ट नाक छ । उनको ओंठको पनि एकदमै राम्रो रेसियो छ । माथिल्लो भागमा पातलो ओठ राम्रो मानिँदैन, उनको ‘बल्की लिप’ छ । अनुहारको रोगनमा पनि दाग, धब्बाजस्तो केही देखिँदैन । कानदेखिको रेसियो, फेसको रेसियो र ओभरअल केही पनि कृत्रिम छैन । शारीरसँग अनुपात मिलेका कारण पनि उनको अनुहार सबैभन्दा सुन्दर छ । 

२. सृष्टि श्रेष्ठ 

फेसको कटअनुसार अनुहारको साइज अलि सानो छ । रेसियो अलि नमिले पनि आकर्षक छ । आँखा र लिपभन्दा माथिको भाग एकदम राम्रो छ । निधार एकदम ठीक छ । लगाएको होइन भने आँखीभौंको साइज पनि करेक्ट छ । अहिले महिलाहरूले ताछेर आँखीभौं पातलो बनाउँछन्, त्यो सौन्दर्यका बारेमा थाहा नपाएर हो । वास्तवमा आँखीभौं आँखालाई राम्रैसित ढाक्ने खालको चाहिन्छ, त्यो तानिएजस्तो देखिनु हुँदैन । सृष्टिको आँखाको साइज सानो भए पनि कालिजको जस्तो तेजिलो छ । त्यसकारण उनको आँखा आकर्षकको केन्द्र हो । युवा भएकाले उनले आफ्नो शरीर मेन्टेन गरेर होला, गालामा धेरै मासु छैन । अनुहार राम्रो छ । सेक्सुअल अपिलिङ ओठबाट आउने हो, सृष्टिको ओठको साइज उपयुक्त छ । उनको तल्लो ओठमा बल्किनेस छ । फिलर हाल्ने, कस्मेटिक सर्जरी गर्न नपर्ने खालको छ । 

३. अदिति बूढाथोकी 

अदितिको निधारको माथिल्लो भाग, केश आउने भाग, दुई आँखीभौंको एरिया, ओठको भाग र चिउँडोसम्मको थ्री प्यारालाल साइज ठीक छ । थ्री थर्ड अफ फेस भन्छौं, हामी त्यो करेक्ट साइजमा छ । त्यो भाग सामान्यतया बाङ्गो देखिँदैन । यो अनुहारको कट थोरै मंगोलियन कटमा जान्छ, त्यो खालको ब्युटी अदितिमा छ । आँखा अलि सानो छ तर तेजिलो खालको छ । हामी यसलाई फोटोजेनिक फेस भन्छौं । उनको नाक रेसियोमा अलि ठूलो देखिन्छ तर ओठले मज्जाले कभर गरेको छ । अदितिको लिप पनि एकदमै सुन्दर छ । 

४.शृंखला खतिवडा 

शृंखला खतिवडाले मिस वर्ल्डमा राम्रो क्षमता प्रदर्शन गरिन्, त्यो पक्कै पनि गर्वकै कुरा हो तर ब्युटीको कोणबाट हेर्ने हो भने शृंखलाको फेसलाई म ‘फल्याट फेस’ भन्छु, अपिलिङ छैन । आँखा ठाउँमा छ, नाक ठाउँमा छ, सबै चीज छ तर एकदमै इनोसेन्ट अर्थात् केटाकेटीपन झल्कने खालको अनुहार लाग्छ । सौन्दर्यको दृष्टिकोणले हेर्ने हो भने यो हिमानी, सृष्टि र अदितिहरूलाई जित्ने खालको फेस होइन । उनी ‘एभरेज फेसियल ब्युटी’ हुन् । ट्यालेन्ट र अरू चीजले उनी थप सुन्दर साबित भएकी हुन् । सौन्दर्य प्रतियोगिता त भनिन्छ, तर यस्ता प्रतियोगितामा ट्यालेन्ट हेर्ने चलन आयो । अनुहारको सौन्दर्यका हिसाबले हेर्दा अरु सबै राम्रो भए पनि उनको नाकमा ल्याकिङ देखिन्छ । शृंखलाको नाक रेसियोमा देखिँदैन, अलि लोयर फेस, चिउँडो अलि अगाडि आएको छ, स्लाइटल्ली सानोजस्तो देखिन्छ भने आँखा पनि अपिलिङ छैन । 

५.नम्रता सापकोटा 

नम्रताको अपर थर्ड रेसियो राम्रो छ । त्यसैले मैले उनलाई पाँचौं स्थानमा राखेको हुँ । उनको आँखा तथा निधार राम्रो छ । फरक खालको नाक छ, तर आँखा ठूलो भएकाले आकर्षक देखिन्छ । आँखा आर्यनको छ, तर नाक मिक्स खालको देखिन्छ । नम्रताको समस्या लोयर थर्ड अफ फेसमा छ अर्थात् त्यो सानो छ । उनको फेसको रेसियो शत प्रतिशत छैन । 

६. शिल्पा मास्के 

शिल्पाको अनुहार मोडल कट हो, युरोपियन मोडल कट । बजारमा त्यत्तिकै उनलाई कसैले नोटिस गर्दैन, तर उनी एकदमै फोटोजेनिक छिन् । चिक बोन उठेको छ, तल्लो भागमा कम देखिन्छ । हुन त मेकअपले पनि त्यस्तो भएको हुनसक्छ । उनको अनुहार एकदमै आकर्षक छ, आँखा सुन्दर छन् । मेकअप गर्ने मान्छे को हो, आँखीभौं धेरै नकाटेर ठीक राखिदिएको छ । धेरैजसो महिलाले आँखीभौं उखेलेर फाल्छन्, कतिपय मेकअप आर्टिस्टले पनि आँखीभौं बिगारिरहेका हुन्छन् । शिल्पाको फेसियल ब्युटीको विशेष विशेषता फिमेलभित्र मेल देखिन्छ, अर्को अर्थमा भनेको होइन, त्यो पनि एक प्रकारको ब्युटी हो । उनको फेस फेमिनिङ फेस होइन, मस्कुलिङ लयमा छ । माथिल्लो भाग अलि ठूलो छ, चिउँडो अलि आएको हुनाले बोनी खालको छ । नाकको साइज तथा आँखा राम्रो छ । ओभरअलमा अनुहार ठीक छ । शिल्पाको लिपलाई हामी सेक्सी लिप भन्दैनौं, यो नर्मल लिप हो । 

७. आँचल शर्मा 

आँचल चकलेटी देखिन्छिन् । सानो फेस, गोरो अनुहार । अनुहारको रेसियो ठिक्क मिलेको देखिन्छ तर अलग्गै नाप्यो भने मिल्दैन । यो सबै कुरा अलिअलि मिलिदिएर राम्रो देखिने अनुहार हो । नाक अलिक लामो छ, यसलाई त्यति आकर्षक नाक भन्न मिल्दैन । ओठको तल्लो भाग राम्रो छ, मेकअप गरेर गालालाई सानो देखाइएको छ । अलिकति बल्की छ गालाको एउटा साइड । आँखीभौं राम्रो छ । 

८. सुरक्षा पन्त 

सुरक्षा बडी ब्युटीले आकर्षक देखिएजस्तो लाग्छ । आँखाबाहेक अरु भाग त्यति आकर्षक छैन । फेसियल एट्याक्टिभमा त्यति माथि आउँदिनन्, तर ब्युटी त ओभरअल रेसियोमा जान्छ । बडीसँग म्याच गर्ने फेस भएकाले उनी राम्री देखिएकी हुन् । आँखा र आखीभौंको स्टाइल राम्रो छ । ओठ अलि झुन्डिएका छन् । दुईटै ओंठ माथि भएकाले सेक्सी देखिन्छ । 

९. पूजा शर्मा 

पूजाको मंगोलियन कटको फ्ल्याट फेस छ । ब्युटी एउटै परिभाषामा जाँदैन, किनभने प्रत्येक व्यक्तिलाई फरक वयमा दाँज्दा पूजाको अनुहार पनि राम्रो अनुहारमा आउँछ । उनको फेसियल स्ट्रक्चरको रेसियो मिल्छ । निधारदेखिको अनुहारको अनुपात मिल्छ । आँखा राम्रो छ, डिम्पल आउने खालको गाला अलि ठूलो छ । तस्बिरमा हेर्दा दाँत राम्रो देखिन्छ भने लिप पनि राम्रो छ । 

१०. इन्दिरा जोशी 

मैले इन्दिराको फेस एनालाइसिस पहिले पनि गरेको छु । पहिलो नेपाली तारा गायन रियालिटी शोको फेस एनालाइसिस गर्दादेखि अहिलेसम्म आइपुग्दा इन्दिराले आफ्नो सौन्दर्यमा एकदमै ठूलो परिवर्तन ल्याएकी छिन् । संगत, कल्चर सबै चीजले गर्दा उनी राम्री देखिन्छिन् । उनको अनुहारको तल्लो भाग राम्रो छैन, आँखा र आखीभौं राम्रो छ तर अनुहार रेसियोमा छैन । ओंठ त्यति आकर्षक छैनन्, आँखा राम्रा छन् । नाकको पोजिसन ठीक छ । उनको अनुहारको अपर थर्ड एकदमै राम्रो छ । 

संक्षेपमा भन्दा दृष्टिगत रूपमा रूपको सौन्दर्य एउटा पारामिटरमा मिल्नुपर्छ । अनुहार तीन–चार किसिमको हुन्छ, स्क्वायर, राउन्ड, ओभल आदि । त्यसपछि कुन वर्ग वा जातिको हो भन्ने हेर्नुपर्छ । मंगोलियनलाई स्क्वायर मात्र खोजेर हुँदैन, आँखा ठूला खोजेर मिल्दैन । त्यसलाई मंगोलियन डिफिनेसन, मंगोलियन पाराले ब्युटी डिफाइन गरिदिनुपर्छ । मंगोलियनलाई ब्राह्मण, क्षेक्रीको बीचमा हालेर ब्युटी खोज्न मिल्दैन । ब्युटीलाई हेर्ने विषयमा म त्यसैले अलि त्रिटिक्स कोणबाट कुरा गर्छु । चीन र अरू देशमा जज बनेर जाँदा पनि म त्यही कुरालाई फोकस गर्छु । 

ट्यालेन्टबाट ब्युटी हेरेर हुँदैन, हामीले ब्युटीमा नयाँ कुरा 

ट्यालेन्ट र बौद्धिकता घुसाएका छौं । सौन्दर्य प्रतियोगिताको विरोध भएकाले पनि त्यसो गरिएको हुनसक्छ । सौन्दर्य छान्ने हो भने शुद्ध रूपमा नबोली आँखाले हेरेर छान्ने हो । मानिसले झट्ट हेर्ने आँखा हो, ठूलो आँखा तथा हाँस्दा प्रस्ट रूपमा देखिने दाँतलाई सुन्दर मानिन्छ । नम्रता ५ नम्बरमा पर्नुको एउटा कारण उनको हाँसो पनि हो, अरूको नहाँसेको तस्बिर छ । हाँसोले जोकसैलाई अगाडि ल्याउँछ । अनुहारको सौन्दर्यमा आँखापछि मुस्कान आउँछ । मानिस मुस्कुराउँदा राम्रो देखिन्छ, मुस्कुराउँदा राम्रो देखिन दाँत राम्रो हुनुपर्छ । त्यसपछि मात्र नाकको साइजलगायतका अन्य कुरा हेरिन्छ । केश भनेको घना नै राम्रो हुन्छ । सृष्टिको अनुहारको आकर्षण नै उनको केशले सिर्जना गरेको हो । हिमानीको एकदम सिम्पल र लोकल किसिमको मेकअप छ, छोडेको केश सिम्पल छ तर सबैभन्दा ठूलो कुरा उनको आँखाले तान्छ । हिमानीलाई मोर्डन मेकअप गराएर, त्यहीअनुसार केश डिजाइन गर्ने हो भने कसैले पनि भेट्दैनन् । फेसियल सौन्दर्यमा बोली, ट्यालेन्ट आदि हेरिँदैन । 

 Image