Successfully Copied

हङकङमा अन्तराष्ट्रिय महिला दिवसको तयारी

मार्च ८ का दिन विश्वभरिका महिलाहरुले मनाउँदै आएको अन्तराष्ट्रिय महिला दिवसलाई हङकङमा विशेष बनाउनका लागि तयारी थालिएको छ ।

मार्च ८ का दिन विश्वभरिका महिलाहरुले मनाउँदै आएको अन्तराष्ट्रिय महिला दिवसलाई हङकङमा विशेष बनाउनका लागि तयारी थालिएको छ । हङकङमा स्थापना भएको नेपाली महिला संघले सन् २०१४ बाट अन्तराष्ट्रिय महिला दिवस मनाउन थालेपनि सन् २०१६ बाट गैहृ आवासिय नेपाली संघ (एनआरएनए) हङकङसग सहकार्य गरि संयुक्तरुपमा विझिन्न कार्यक्रमहरुको आयोजना गर्दै महिला दिवस मनाईरहेको छ ।

महिलाहरुलाईं सशत्तिकरण, आत्मबल र आत्मनिर्भरताको लागि यस्ता दिवसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने महिला संघ तथा गैहृ आवाशिय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङ बताउछिन् । भन्छिन् –“हामीले महिलाहरुको क्षमता अभिवृद्धि र उत्प्रेरणाका लागि मिसेस हङकङसगै विभिन्न विधामा उत्कृष्टता हासिल गरिहेका महिलाहरुलाई सम्मान पनि गरिहेको छौ ।” 

महिला दिवसकै अवसर पारेर बर्ष महिलासहित हङकङको नेपाली समाजमा साहित्य, समाजसेवा, शिक्षा, खेलकुद, कलाकारिता, स्वास्थ्य, ब्यापार, ब्यवसाय क्षेत्रमा उत्कृष्ट योगदान दिने महिलाहरुलाई उत्कृष्टताको प्रमाणपत्रसगै सम्मान पनि गरिनेछ । 

“ब्यालेन्स फर बेटर” नाराको साथमा आयोजना गरिने १०९औ अन्तराष्ट्रिय महिला दिवसमा सफल महिलाहरुको प्रेरणादायी कथा सुनाउनका लागि एकल महिलाहरुको प्रतिनधिमुलक ब्यक्तित्व वुमन फर हृयुमन राईट्सकी संस्थापक लिली थापा हङकङ  आउने भएकी छिन् । सामाजिक अभियान्त, लेखकसगै प्राध्यापन पेशमा आवद्ध थापाले हङकङका नेपालीहरुमाझ आफ्ना भोगाई र सफलता सुनाउनेछिन । यस अघिका महिला दिवसहरुमा डा. रेणुका गुरुङ, ईन्दिरा राना मगर, चरीमाया तामाङ, टीका दाहाल, मञ्जु गुरुङलाई प्रमुख वक्ताकोरुपमा प्रस्तुत गरिसकिएको छ । 

कार्यक्रम मार्च ८ का दिन साझ ब्लु ओसियन रेष्टुरेन्टको सभा हलमा हुनेछ । 

 Image