हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

दीपाश्री निरौलाद्वार निर्देशन गरिएको चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शन भएर पनि हल्ला सेलाई सक्यो । तर, सोही चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले अहिले पनि दर्शक स्रोतहरूको मन जितिरहेको छ ।
गायिका विन्दु परियार र गायक डेभिड शंकरको स्वर रहेको ‘पहिलो नम्बरमा‘’ बोलको गीतले युट्युबमा तीन करोडभन्दा धेरै भ्यु पाएको छ । व्यावसायिक रुपमा सफल मानिएको ‘छक्का पञ्जा ३’को यहि गीतले चलचित्र पाश्र्व गायनमा आफूलाई स्थापित गराएको गायिका परियार बताउँछिन् । यहि गीतले गायिका परियारको गायन क्षेत्रमा यूटर्न गरिदिएको छ ।
‘पहिलो नम्बरमा गीत हिट भएपछि मलाई पनि व्यक्तिगत रुपमा राम्रो भएको छ’, गायिका परियारले भनिन्, ‘मलाई अवसर दिनुहुने ‘छक्का पञ्जा ३’ टिम, गीतकार राजेन्द्र थापा र संगीतकार दीपक शर्मालाई धन्यावाद दिन चाहन्छु ।’
यसअघि गायिका परियारले स्वर दिएको ‘मंगलम’ चलचित्रको ‘पर्ख पर्ख मायालु‘’ बोलको गीतले पनि युट्युबमा तीन करोड माथि भ्यु पाएको थियो । आफूले स्वर दिएका गीतहरूले युट्युबमा राम्रो भ्यु पाएपछि गायिका परियार खुसी छिन् । गीतमा अवसर दिने सबैलाई उनले स्मरण पनि गरेकी छिन् ।
गायिका परियारले स्वर दिएका अरु पनि थुप्रै गीतहरूलाई दर्शक स्रोताले मन पराइदिएका छन् । भनिछन्, ‘अहिलेसम्म सबैले मेरो स्वर मन पराइदिनुभएको छ । आगामी दिनमा पनि त्यही अपेक्षा राखेको छु ।’