Successfully Copied

मिस युनिभर्स–२०१८ मा मनिताको उपलब्धि

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्बन्धी विश्लेषण गर्ने माइसोसोलजी, एन्जलोपिडिया जस्तो चर्चित सौन्दर्य प्रतियोगिता विश्लेषकले प्रतियोगिताका क्रममा मनितालाई मिस युनिभर्स–२०१८ को प्रबल दाबेदारका रूपमा चित्रण गरेको थियो । प्रतियोगिता अन्तर्गतको प्रिलिमिनरी इभेन्टमा मनिताको प्रस्तुति पनि विभिन्न सामाजिक संजालमा चर्चा विषय भएको थियो ।

६७ औं संस्करणको मिस युनिभर्समा नेपालकी मनिता देवकोटाले टप टेनसम्मको यात्रा तय गरेर ऐतिहासिक सफलता प्राप्त गरेकी छिन् । मिस युनिभर्समा नेपालको यो दोस्रो सहभागिता हो । विश्वका ९४ मुलुकका सुन्दरीहरूको सहभागिता रहेको मिस युनिभर्स–२०१८ को फाइनल गत सोमबार थाइल्याण्डको मुआङथोङ थानीमा सम्पन्न भएको थियो । 

मिस युनिभर्स–२०१८ मा सहभागी २३ वर्षीया मनिता देवकोटा ५ फिट ८ इन्च अग्ली छिन् । मनिताको जन्म थलो गोरखा भए पनि हाल उनी उच्च शिक्षाका लागि अमेरिकामा छिन् । देवकोटाले नर्थ क्यारोलिनाको ग्रिनभिली स्थित इन्ट क्यारोलिना युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेकी छिन् । मिस नेपाल–२०१८ मा मिस नेपाल युनिभर्स–२०१८ को उपाधी जितेपछि मनिता ६७ औं संस्करणको मिस युनिभर्सका लागि छनौट भएकी हुन् । 

मनिता डेज फोर गल्र्स इन्टरनेसनलमा वुमेन्स् हेल्थका लागि ब्रान्ड एम्बेसडरसमेत हुन् । एसियाली परिकारहरू तयार पार्नु, हाइकिङ तथा भ्रमण गर्नु एवं उपन्यास पढ्नु उनको रुचिका विषय हुन् । मिस युनिभर्स–२०१८ अन्तर्गतका विभिन्न क्रियाकलाप मध्ये एक च्यारिटी अक्सनमा मनिताले सबैभन्दा बढी ९ हजार ५ अमेरिकी डलर रकम संकलन गरेकी थिइन् । मनिताले च्यारिटी अक्सनका लागि कायो स्टुडियो एवं स्वर्ण महाराजाले डिजाइन गरेको बुद्धिष्ट श्याडो बक्स प्रस्तुत गरेकी थिइन् ।

 अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्बन्धी विश्लेषण गर्ने माइसोसोलजी, एन्जलोपिडिया जस्तो चर्चित सौन्दर्य प्रतियोगिता विश्लेषकले प्रतियोगिताका क्रममा मनितालाई मिस युनिभर्स–२०१८ को प्रबल दाबेदारका रूपमा चित्रण गरेको थियो । प्रतियोगिता अन्तर्गतको प्रिलिमिनरी इभेन्टमा मनिताको प्रस्तुति पनि विभिन्न सामाजिक संजालमा चर्चा विषय भएको थियो । उनले नेसनल कष्ट्युम राउन्डका लागि प्रस्तुत गरेको पहिरनले पनि धेरैको ध्यान आकृष्ट गरेको थियो । मनिताले लगाएको नेसनल कस्ट्युम महायान बौद्ध धर्म सम्प्रदायको सबैभन्दा लोकप्रिय बोधिसत्व मध्ये एक अवलोकितेश्वरबाट प्रेरित तथा आधारित थियो । 

६७ औं संस्करणको मिस युनिभर्सको फाइनलमा सहभागी ९४ सुन्दरीमध्ये उत्कृष्ट २० निक्र्यौल गरिएको थियो । मिस युनिभर्सको फम्र्याट अनुसार उत्कृष्ट २० को निक्र्यौल महादेशीय प्रतिनिधित्व तथा वाइल्ड कार्ड इन्ट्रीबाट गरिएको थियो । जस अन्तर्गत अमेरिकी क्षेत्रबाट ५ जना, युरोपबाट ५ जना तथा एसिया प्यासिफिक र अफ्रिकी क्षेत्रबाट ५ जना एवं अन्य ५ जनाको छनौट वाइल्ड कार्ड इन्ट्रीका रुपमा भएको थियो । 

एसिया–प्यासिफिक–अफ्रिकाबाट टप ट्वेन्टीमा नेपालकी मनिता देवकोटा सहित दक्षिण अफ्रिका, फिलिपिन्स, भियतनाम तथा थाइल्याण्डका सुन्दरीहरू छनिएका थिए । उत्कृष्ट २० मा पर्न सफल युवतीहरूले त्यसपछिको चरणमा प्रवेश पाउन १५ सेकेन्डमा आफ्ना बारेमा बोल्नुपर्ने थियो, जसमा मनिताले भनेकी थिइन्– म आफूलाई पायोनियरका रूपमा देख्छु । म पहिलो पुस्ताको आप्रवासी र कलेज ग्राजुएट हुँ । यो तथ्यले मलाई मेरो सपनालाई महत्व दिन सिकायो र म आफूलाई सशक्त महसुस गर्छु । म अहिले मेरो समुदायका बालिकाहरूलाई उनीहरूले सामना गर्नु परेको मासिक धर्मसित जोडिएको स्वास्थ्य चुनौतीहरूसित लड्न स्वास्थ्य प्रशिक्षण, उपाय एवं स्वास्थ्य शिक्षा प्रदान गरेर सशक्त बनाउने कार्यमा संलग्न छु ।

यिनै शब्दले मनिता देवकोटालाई मिस युनिभर्स–२०१८ को दश सेमिफाइनलिष्ट मध्ये एक बनायो । टप टेनमा नेपालकी मनितासहित दक्षिण अफ्रिकाकी तामारिन ग्रीन, भियतनामकी न्हेन् नी, भेनेजयुएलाकी स्टेफनी गुटिरेज, फिलिपिन्सकी क्याट्रीयोना ग्रे, कोस्टारिकाकी नटालिया कार्भाजल, कुराकाओकी अखिशा अल्बर्ट, क्यानाडाकी मार्टा माग्डालेना स्टेपिन, थाइल्यान्डकी सोफिडा कन्चानरिन तथा प्युर्टोरिकोकी कियरा ओर्टेगा थिए । टप टेन सेमिफाइनलिस्टले क्रमश: स्वीम सुट राउन्ड एवं इभिनिङ गाउन राउन्डमा प्रस्तुुति दिएका थिए । त्यस पछि टप फाइभको घोषणा भयो । जसमा प्युर्टोरिको, भियतनाम, फिलिपिन्स, दक्षिण अफ्रिका तथा भेनेजुएलाका सुन्दरीहरू थिए । अन्तत: मिस युनिभर्स–२०१८ को टप थ्री घोषणा गरियो जसमा फिलिपिन्सकी क्याट्रियोना ग्रे, दक्षिण अफ्रिकाकी टामारिन ग्रीन तथा भेनेजुएलाकी स्ठेफेनी गुटिरेज प्रतियोगिताको शीर्ष उपाधिका लागि अन्तिम तीन दाबेदारका रुपमा देखिए । त्यसपछि मिस युनिभर्सको ६७ औं संस्करणको विजेता रुपमा फिलिपिन्सकी क्याट्रीयोना ग्रेको नाम घोषणा गरियो भने दक्षिण अफ्रिकी सुन्दरी फस्ट रनर्सअप तथा भेनेजुएलाकी सुन्दरी सेकेन्ड रनर्सअप घोषित भए । 

 

 Image