Successfully Copied

महिला लिडर

विदेशमा नेपाली महिलाहरुले भोग्नु परेका पीडा बेलाबेला समाचारको हेडलाईन बन्ने गर्छ । मुलुकमा निरन्तर महिला अधिकार र समानताको मुद्दा उठिरहदा, समुद्रपारीको मुलुकमा आएर पनि नेपाली समाजको अग्रणी भूमिकाको साथै विदेशी भूमी र सरोकारवालालाई पनि नेपाली जाती र समुदायको उत्कृष्ट परिचय दिन सफल

महिला हकहित र अधिकारका लागि भनेर सयौं सघं सस्था खुलेका छन् भने महिलाहरुकै हक र अधिकारका लागि आवाज उठाउन दिलो ज्यान दिएर लागी परिरहेका छन् अधिकारकर्मीहरु ।

देशकै ठुलो हिस्सामा नेपाली महिलाहरु विदेशमा छन् ।

विदेशमा नेपाली महिलाहरुले भोग्नु परेका पीडा बेलाबेला समाचारको हेडलाईन बन्ने गर्छ । मुलुकमा निरन्तर महिला अधिकार र समानताको मुद्दा उठिरहदा, समुद्रपारीको मुलुकमा आएर पनि नेपाली समाजको अग्रणी भूमिकाको साथै विदेशी भूमी र सरोकारवालालाई पनि नेपाली जाती र समुदायको उत्कृष्ट परिचय दिन सफल छन् हङकङेली महिलाहरु ।

सम्मान, रोजगारीको समान अवसर, कानुन लगायतले महिलाहरुको अवस्था बलियो बनाएको छ हङकङमा । ब्यस्त दैनिकीको बिचमा पनि समुदायको लागि अनुकरणीय कार्य गर्दै आफुलाई लिडरको रुपमा उभ्याएका छन् महिलाहरुले । हङकङ सरकारसँग महिला हित र नियम निर्माणमा समेत उपस्थिती जनाउँने क्षमता राख्ने नेपाली महिलाहरु दर्जन बढि संघसंस्थाहरुमा नेतृत्व सम्हालिरहेका छन् ।

अरुणा गुरुङ् (ईनफ्लाईट सर्भिस म्यानेजर (ड्रागन एयरलाईन्स हङकङ) हङकङ सरकार महिला आयोग सदस्य)

 बाबा मेजर दिपक गुरुङ र आमा आशमाया गुरुङको कोखबाट बिट्रिस कोलनी मलेशियामा जन्मिएकी अरुणा गुरुङ्को पुर्खोली थलो पोखरा कास्की हो । नेपाल र हङकङको युनिभर्सिटीहरुबाट उच्च शिक्षा हासिल गरेकी अरुणाको प्रगति लोभलाग्दो छ । हँसिलो चेहरा, हक्कि स्वभाव र सहयोगी भावनाले हङकङको नेपाली समुदायमा उनको योगदान बलियो छ । ईन्फ्लाईट सर्भिस म्यानेजरकोरुपमा डा्रगन एयरलाईन्समा कार्यरत अरुणा हङकङ सरकारसाग सम्बन्धित दर्जन संघसस्थाहरुमा आवद्ध छिन् ।

हङ्कङ सरकारको महिला आयोग एडभाईसरी बोर्डको सदस्य गुरुङले हङकङ सरकारको होम अफियर्स विभाग अन्र्तगत पब्लिक अफेयर फोरम सदस्य, यातायात विभाग अन्र्तगत ब्यक्तिगत वाहन रजिष्ट्रेशन निर्धारण समिती सदस्य, हङकङ सरकार गृह मन्त्रालय अन्र्तगत सामाजिक सद्भाव र शान्ति स्थापना समिती सदस्य, हङकङ महिला विभाग अन्र्तगत महिला श्रम कल्याण विभाग समिती सदस्य, हङ्कङ सरकार गृहमन्त्रालय अन्र्तगत याउचिमोङ् दक्षिण एरिया कमिटी सदस्य, हङ्कङ सरकार गृहमन्त्रालय अन्र्तगत याउमातेई काईफोङ् कल्याणकारी सेवा विभाग सदस्य, ज्युविन फाउण्डेशन समुदाय कनेक्टर समिती सदस्य, पोखरा चेम्बर अर्फ कर्मस रिप्रिजेन्टर, हङकङ नेपाल पोष्ट म्याकेजिनको पब्लिसर जस्ता क्षेत्रमा आफ्नो बलियो उपस्थित जनाइसकेकी छिन् ।

सामाजिक क्षेत्रमा अभूतपूर्व योगदान पुर्‍याएको भन्दै हङ्कङ सरकारले चिफ एक्जुकेटिभी कमेन्डेशन अर्वाडले समेत अरुणालाई विभूषित गराईसकेको छ । २० बर्षअघि कुलप्रसाद गुरुङ्सँग वैवाहिक सम्बन्ध गाासिएको अरुणाका दुई छोराहरु छन् ।

२. टीका गुरुङ (एनआरएनए हङकङ अध्यक्ष)

गैह्र आवाशिय नेपाली संगठन (एनआरएनए) हङकङकी अध्यक्ष टीका गुरुङ (राधिका)लाई नेपालीहरुले आयोजना गरेका हरेक कार्यक्रममा पुग्नै पर्ने बाध्यता छ । विदेशी भूमिमा गैह्र आवशियहरुका माग र मुद्धालाई आत्मसाथ गर्दै कसरी मुलुकको हरेक विकास र परिवर्तनसँग साझेदार हुन सकिन्छ भन्ने उनको मुख्य उद्देश्य हुन्छ ।

नेपालको म्याग्दी जिल्ला बेनी बजारबाट कर्म गर्नकै लागि हङ्कङ पुगेकी टिकाले आफनै नेतृत्वमा प्रथम पटक विवाहित महिलाहरुका लागि ‘मिसेस हङकङ २०१८’ को आयोजना गरिन् । यो प्रतियोगीताको आयोजना गर्नुको मुख्य उद्देश्य विवाह भएकै कारण आफूभित्र रहेका प्रतिभा बाहिर ल्याउन हिचकिचाउने महिलाका प्रतिभा उजागर गर्नु थियो ।

भूपु बिट्रिस आर्मी तथा गोर्खा कन्सट्रक्सन ईन्जिनियरिङ् कम्पनी प्रा.लि.का निर्देशक प्रकाश पुनसँग वैवाहिक जीवन ब्यतित गर्दै आएकी टीका हङकङेली नेपाली समाजको रोल मोडल हुन् । परिवार, ब्यवसाय र समाजको लागि निरन्तर दर्जन बढि संस्थाहरुमा आवद्ध टीका यहिको सामाजिक कर्मले हङकङ सरकारबाट प्रदान गरिने उत्कृष्ट चिफ एक्जुकेटिभी कमेन्डेशन अवार्डले पनि सम्मानित समेत भईन् ।

३. रचना प्रधान (नेवार समाज हङकङ अध्यक्ष)

२५ बर्ष भयो रचना प्रधान हङ्कङ पुगेको ।  नेवार समाज हङकङ अध्यक्ष रचना आधा दर्जन सामाजिक संस्थाहरुमा आवद्ध छिन् । हङकङको ब्यस्त क्याफे डि कोरलमा ईटालियन सेफको जिम्मेवारीसँगै अनेकन सामाजिक क्रियाकलापमा सहभागी हुन सजिलो छैन, सामाजिक सेवाभाव मनबाट आउँनु पर्ने रहेछ समय आफै ब्यवस्थापन हुन्छ उनको तर्क छ । सांगितीक माहोल रहेको रचनाको परिवारमा श्रीमान गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ, २ छोरा र १ छोरी छन् ।

हङ्कङ नेपाली समाजका हरेक कार्यक्रममा रचनाको सहभागिता अनिवार्य हुन्छ । उनले आवद्ध नेवार समाजले महावीर पुन आविष्कार केन्द्रलाई आर्थिक सहयोग, भुकम्प पीडितका लागि राहत, कलेजो पीडित सरिता महर्जनका लागि आर्थिक सहयोग लगायतका मानविय कार्यमा सहभागिता जनाएकी छिन् ।

४. रीता गुरुङ् (अध्यक्ष हङकङ नेपाली महासंघ)

हङकङमा आईरन लेडीकोरुपमा परिचित छिन् रीता गुरुङ् । ३३ नेपाली संस्थाहरुको छाता संगठन हङ्कङ नेपाली महासंघको अध्यक्ष, नेपाल क्लब हङ्कङ अध्यक्ष लगायतका संस्थाहरुको जिम्मेवारी छ उनको काँधमा । सन् १९७२ मा हङकङमै जन्मिएकी रीताको पुर्खोली थलो पोखरा हो । ब्रिटिस आर्मी बुबा रामकाजी गुरुङ् र आमा मनकुमारी गुरुङको जेठो सन्तान रीता अधिकांश समय नेपाली समाजका विभिन्न गतिविधीमा संम्लग्न हुन्छिन् । हङकङ सरकारको गृह मामिला विभागले प्रायोजन गरेको कम्युनिटी सपोर्ट टिम फर नेप्लिज कम्युनिटी (सिएसटिएन) अन्र्तगतका भाषा, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना, वहस र पौरवमा उनको समय ब्यक्तित हुन्छ ।

नेपाली अनलाईन पत्रकारितामा पनि योगदान दिएकी रीता ‘हङकङ याउचिमोङ् डिष्ट्रिक फाईट क्राईम कमिटी’को भाईस चियरमेन, हङकङ याउचिमोङ् प्रमोशनल रेसियल हारमोनी कमिटीको सदस्यका रुपमा चयन भएकी छिन् ।

हङकङ सरकारले सामाजिक क्षेत्रमा उत्कृष्ट सेवा गरेबापत प्रत्येक बर्ष प्रदान गर्ने ‘चिफ एक्जुकेटिभी कमेन्डेशन अर्वाड’ले सम्मानित गरिसकेको छ ।

 Image