कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
पोखरामा प्रिटी गर्ल फिटनेस सेन्टर संचालनमा आएको छ । महिलाहरूको स्वास्थ्य तथा शारीरिक व्यायामलाई मध्यनजर गर्दै यो सेन्टर संचालनमा ल्याइएको हो । पोखराको सिमलचौरमा खुलेको यो फिटनेस सेन्टरमा महिलाहरूका लागि जिम, जुम्बा, बक्सिङ, स्टिम आदि सेवा प्रदान गरिने अनिला गुरुङले जानकारी दिइन् ।
यो सेन्टरमा व्यक्तिगत तथा सामूहिक प्याकेजमा बिहान ६ देखि साँझ ८ बजेसम्म विभिन्न सेवा प्रदान गरिन्छ । एक रोपनी जग्गामा स्थापना गरिएको फिटनेस सेन्टरमा करिब ६० लाख रुपैयाँ लगानी भएको संचालक कुसुम गुरुङले जानकारी दिइन् ।
एक पटकमा ५० जनासम्मले सेवा लिन सक्ने यो फिटनेस सेन्टरको शुभारम्भका अवसरमा बोल्दै राष्ट्रिय भलिबल टिमकी सहायक क्याप्टेन मञ्जु गुरुङले स्वास्थ्यका लागि फिटनेस आवश्यक रहेको कुरामा जोड दिइन् ।