परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

पहिलो पटक राजधानीमा सम्पन्न मिस नेपाल आइडलको शिर्ष उपाधि मेरिना लिम्बुले उचालेकी छिन् । यसै साता सम्पन्न प्रतियोगीतामा धरानकी मेरिनाले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले इन्टेलिजेन्ट विधाको अवार्ड समेत हात पारेकी छिन् ।
प्रतियोगितामा मोस्ट ब्युटिफुल र पब्लिक च्वाइसको अवार्ड सहित सुसन कोइराला फस्ट रनर अप विजेता भइन् भने ट्यालेन्ट अवार्ड सहित आकृति कुँवरले सेकेन्ड रनर अपको ताज उचालिन् ।
प्रतियोगितामा पर्सनालिटीको अवार्ड सहित रक्षा भुजेल थर्ड रनर अप भइन् भने कृजु महर्जनले वेष्ट फिगरको अवार्ड सहित मोस्ट पपुलर अवार्डको ताज पहिरिन सफल भइन् । प्रतियोगिता हिमानी सुब्बाको कोरियोग्राफीमा अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा प्रस्तुत भएको थियो ।