आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

वैशाख : सेल्फ केयरमा ध्यान दिऊँ
नयाँ वर्षको प्रारम्भ सेल्फ केयरका साथ गरौं । दुई मिनेट सोचेर एउटा पेपरमा लेख्नुहोस् कि तपाईं दिनहँु आफ्ना लागि के–के गर्नुहुन्छ । तपार्इं दुई–तीन कुरा लेख्न सक्नुहुन्छ होला । हामी आफन्तहरूको ख्याल गर्छाैं तर आफ्नै ख्याल गर्दैनौं वा त्यसलाई त्यति महत्व दिँदैनौं । त्यसैले नयाँ सालमा यससम्बन्धी पहिलो परिवर्तनसेल्फ केयरबाट गरौं ।
समाधान : ध्यान र योगका माध्यमबाट व्यक्तिले आफैलाई महसुस गर्न सक्छ । यो अवसर गुमाउनु हुँदैन । चाहे दस मिनेट मात्र किन नहोस् । स्वयंलाई अवश्य महसुस गर्नुपर्छ ।दिनहुँ आधा घन्टाका लागि ‘मी’ टाइम निकाल्नुपर्छ । मानसिक एवं शारीरिक थकान हटाउन संगीत सुन्नुपर्छ, नृत्य गर्नुपर्छ, आफूलाई इच्छा लागेका कुराहरू खानुपर्छ । नियमित रूपमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
जेठ : इमोसनल हाइजिन
पर्सनल हाइजिनको सधैं ख्याल राख्नुपर्छ । यो महिना आफ्नो इमोसनल हाइजिनको ख्याल राख्न सकिन्छ । अकारण रिस, अकारण तनाव र केही न केही सोचेर बस्ने बानीबाट आफूलाई टाढा राख्नुपर्छ । स्ट्रेट होस् वा क्रोध आफू स्वयंलाई यो सम्झना दिलाउनुपर्छ कि यो इमोसनल हाइजिन मन्थ हो । आफूलाई बेफाइदा हुने काम कहिल्यै गर्नुहुँदैन ।
समाधान : मनमुताविक काम नभए पनि शान्त रहनुपर्छ । अकारण रिसाएर सम्बन्ध खराब गर्नु हुँदैन । बिनाकारण तनावमा रहनु हुँदैन । धैर्यधारण गर्दै शान्त बस्नुपर्छ ।
असार : नकारात्मक सोचबाट टाढा
नकारात्मक सोचबाट टाढै रहनुपर्छ । कुनै पनि काममा सकारात्मक सोच राखी अघि बढे मात्र सफलता हात लाग्छ ।
समाधान : आफ्नो स्वास्थ्य, परिवार एवं साथीभाइहरूप्रति सहभाव एवं धन्यवाद व्यक्त गर्नुपर्छ ।आफ्नो सोच्ने शैली र तरिका बदल्नुपर्छ ।
साउन : सिरियसनेसबाट ब्रेक
जीवनलाई अत्यधिक सिरियसली लिनु ठीक होइन । हरेक दिन यो सिरियसनेसबाट केही समय ब्रेक लिनुपर्छ । खुसीपूर्वक जिउनुपर्छ र आफ्नो जीवनमा परिवर्तन ल्याउनुपर्छ ।
समाधान : घर, अफिस एवं भविष्य यी सबैको चिन्ता छोडेर केही समय आफ्ना लागि निकाल्नुपर्छ । जिम्मेवारीको बोझमुनि धेरै दबिनु हुँदैन । सुखी जीवनका लागि केही समय निकाल्नुपर्छ । यदि स्वस्थ महसुस गरिरहनुभएको छैन भने स्वयंलाई अफिस र घरबाट छुट्टी दिनुपर्छ । जबरजस्ती आफूलाई काममा संलग्न गराउनु हँुदैन ।
भदौ : बदलौं डेली बोरिङ रुटिन
दैनिक जीवनको दिक्कलाग्दो नियमित रुटिनमा केही परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । हरेक बिहान तयार भएर अफिस जानु, साँझ घर फर्कनु, रातिसम्म काम गरेर सुत्नु, बिहान चाँडै उठेर फेरि कामकै लागि तयार हुनु, धेरैको रुटिन हो । यसमा केही न केही परिवर्तन ल्याउनुपर्छ ।
समाधान : गर्मीमा रातिको खाना खाएपछि इभिनिङ वाकका लागि जाने, आइसक्रिमको मज्जा लिन आइसक्रिम पार्लर जाने । दिनहुँ निजी सवारीमा आवत–जावत गर्नुहुन्छ भने कुनै दिन सार्वजनिक सवारीका साधन प्रयोग गर्ने । कहिलेकाहीँ रेस्टुराँ पुगेर डिनर गर्ने ।
असोज : स्वयंलाई ओभरलोड हुन नदिने
बिहानदेखि साँझसम्म हामी धेरै कुरा, धेरै जानकारी र थुप्रै मिल्दाजुल्दा भावनाबाट ओभरलोड हुन्छौं जसको परिणाम हामी अनावश्यक काम पहिले गर्छौं परिणामस्वरूप आवश्यक कामको पालो नै आउँदैन । त्यसैले यो महिना आफूलाई ओभरलोड हुनबाट जोगाऔं ।
समाधान : ओभरलोड अनुभव गरिरहेका व्यक्तिहरू सोचेरै थकित हुन पुग्छन् अनि हतास र निराश पनि । त्यसैले यो बानी बदल्नुपर्छ । साँझसम्म जे–जे–गर्नुपर्ने हो गर्नुपर्छ । कुनै काम बिर्सियो भने पनि त्यसमा चिन्तित हुनु ठीक होइन ।मस्तिष्कलाई शान्त राख्नु नै सबैभन्दा राम्रो कुरा हो । प्रयास गरौं, केही समय केही नसोचौं ।
कात्तिक : केही स्वार्थी पनि बनौं
यो महिना स्वयंलाई केही छुट दिनुपर्छ र अलिकति स्वार्थी बन्ने प्रयास पनि गर्नुपर्छ । सबैलाई खुसी बनाउने चक्करमा स्वयंलाई दु:खी तुल्याउने काम गर्नुहुँदैन । आफैंलाई सजाय दिनु ठीक होइन । यो महिना केही काम छोड्नुपरे पनि कुनै बज्रपात हुँदैन ।
समाधान : कुनै काममा मन छैन भने ‘नाइँ’ भन्न संकोच नगरौं र त्यसका लागि पछुताउने काम पनि नगरौं । स्वयंलाई प्राथमिकता दिऊँ । यसबाट आफैं खुसी र स्वस्थ रहन सकिन्छ । स्वयंलाई पेम्पर गर्न कुनै त्यस्तो स्थानमा जाऊँ, जहाँ आफूले जहिल्यै जान चाहिन्थ्यो वा कुनै त्यस्तो रेस्टुराँमा खाना खान पुगौं जुन निकै लोकप्रिय छ ।
मंसिर : स्वयंलाई स्वतन्त्र राखौं
आफ्नो स्वतन्त्रतालाई सेलिब्रेट गर्नुपर्छ । आफ्नो पुरानो स्टाइल परिवर्तन गरेर आफ्नो वार्डरोवमा केही नयाँँ पहिरन राख्नुपर्छ । त्यसमा फेसनका लेटेस्ट कलेक्सन समावेश गर्नुपर्छ । जुन पहिरन लामो समयदेखि आफूले लगाउन चाहिरहेको हो, त्यसलाई यसपटक वार्डरोवमा इन्ट्री दिनुपर्छ ।
पुस : स–साना हेल्दी च्यालेन्ज लिऊँ
यो महिना आफूमा स–साना हेल्दी परिवर्तन ल्याउनुपर्छ । आफ्नो दैनिक कामदेखि लिएर, स्नेकिङसम्म एक्सरसाइजदेखि योगसम्म, आरामदेखि सुत्ने कामसम्ममा केही न केही परिवर्तन ल्याउनुपर्छ ।
समाधान : च्यालेन्ज लिऊँ कि यो महिना खानामा तेल, चिनी र नुन कम प्रयोग गरेरै छाड्छु । समोसा, चाट, वेफर्सजस्ता स्न्याक्सको साटो घरको खानामा जोड दिन्छु ।एक्सरसाइजका लागि बहाना नगरीसमय निर्धारित गर्छु । ५–६ घण्टा होइन, कमसेकम७ घण्टा सुत्छु ।
माघ : डिजिटल लाइफबाट छुट्टी
आफ्नो डिजिटल लाइफमा परिवर्तन ल्याउनुपर्छ । सोसल मिडियाबाट छोटो ब्रेक लिनुपर्छ । हिजोआज हरेक दस मिनेटमा आफ्नो मोबाइलमार्फत सोसल मिडियामा प्रवेश गर्ने बानी जोकसैमा छ । यो बानीमा केही परिवर्तन ल्याउनुपर्छ ।
समाधान : मोबाइलतर्फ हात बढे आफूलाई रोक्ने प्रयास गर्नुपर्छ । कामका क्रममा मोबाइल हेर्ने काम कम गर्नुपर्छ । म्यासेज टोन बज्नेबित्तिकै मोबाइल चेक गर्नुैपर्छ भन्ने छैन । केही समयपछि पनि म्यासेज चेक गर्न सकिन्छ । यसले धेरै फरक पार्दैन । मोबाइलमा टाइम पास गर्नुको साटो आँखालाई केही आराम दिनुपर्छ ।
फागुन : गुनासो कम गरौं ।
जीवनमा जति थोरै गुनासो गरिन्छ,त्यति नै धेरै खुसी र आनन्द प्राप्त हुन्छ । स्वयंसित गुनासो, आफन्तजनसित गुनासो, अफिसमा गुनासो, जीवनसित गुनासो आदि । यो महिना आफ्नो गुनासो गर्ने बानीमा परिवर्तन ल्याउनैपर्छ ।
समाधान : गुनासो गर्ने बानी जतिसक्दो कमगरौं । गुनासो गर्ने सोचमै परिवर्तन ल्याऊँ । आफ्नो कुरा अभिव्यक्त गर्ने तरिकामा परिवर्तन ल्याऔं । कसैको गल्तीमा टिप्पणी गर्नुभन्दा उसको कमजोरी सच्याउने–बुझाउनेतर्फ अग्रसर हौं ।
चैत : अरूलाई सहयोग गरौं
वर्ष अन्त्यतिर अघि बढेको छ । यस्तोमा आफ्नो जीवनमा परिवर्तन ल्याउने अन्तिम प्रयास गरौं जसले आफूसँगै अरूको जीवनमा पनि खुसी सञ्चार गर्न सकोस् । यो महिना केही परोपकारमा लगाउन सकिन्छ ।
समाधान : आफूलाई काम नलाग्ने, फिट नभएका, लगाउन मिल्ने, प्रयोग गर्न मिल्ने सर–सामग्री आवश्यक भएका मानिसहरूलाई प्रदान गर्न सकिन्छ । आफ्ना पुराना पुस्तक सार्वजनिक पुस्तकालयलाई प्रदान गर्नु राम्रो हुन्छ । अरूलाई सहयोग गर्दा आफ्नै सोच सकारात्मक हुन्छ र सदैव खुसी एवं सन्तुष्टि प्राप्त हुन्छ ।