शिवाङ्गिनीका चित्रमा आशाको रङ
शिवाङ्गिनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन्, यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
५–६ कक्षा पढ्दा इटहरीमा थिएटर ग्रुपमा संलग्न भएर नाटकहरूमा अभिनय गर्दै आएकी पूजन थापा अहिले काठमाडौंका थिएटरमा रमाइरहेकी छिन् । पूजनले एसएलसीपछि मकालु टेलिभिजनमा भिजेका रूपमा कार्यक्रम चलाइन् ।
सुनील पोखरेलसँग अभिनय सिक्ने लक्ष्यका साथ काठमाडौं आएकी पूजनले डिस्क होम स्पोर्टस् टिभीमा खेलकुद कार्यक्रमसमेत चलाइन् । उनले सुनील पोखरेलसँग अभिनय सिकेर शिल्पी थिएटरमा पोखरेलकै निर्देशनमा प्रदर्शित नाटक मिड सम लाइट ड्रिममा परीको भूमिकामा अभिनय गरेकी थिइन् ।
विभिन्न इभेन्टमा व्यस्त पूजन अब भने चलचित्रमा डेब्यु गर्दैछिन् । चलचित्रमा थिएटर कलाकारहरूलाई रुचाइएको यो समयमा पूजनको अभिनयले कस्तो प्रभाव छाड्ने हो –समयले नै बताउने छ ।