भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।

‘मिस राजधानी २०१६’को उपाधि शर्मिला सापकोटाले जितेकी छन् । ९ जना प्रतियोगीलाई पछि पार्दै उनले उक्त उपाधि उचाल्न सफल भएकी हुन् । राजधानीमा एकै दिन सम्पन्न भएका तीन प्रतियोगिता ‘मिस राजधानी २०१७’ र ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेस राजधानी २०१७’ मध्य मिस्टर राजधानी तर्फको उपाधि बिमोस बाबु श्रेष्ठ र मिसेस राजधानीको उपाधि पुष्पा निरौलाले हात पार्न सफल भएका छन् ।
तीनै प्रतियोगिताका बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै विभिन्न उपहार समेत प्राप्त गरे ।
युवा युवती तथा विवाहित महिलाहरुको प्रतिभा निर्खादै उनीहरुलाई सुनौलो भविस्या निर्माण अग्रसर गराउने उदेश्य रहेका प्रतियोगीताको रहेको एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।
अन्तिम प्रतिस्पर्धामा दिक्पाल कार्की (अभिनेता), मनिस दाहाल (चियर पर्सन नेपाल टेलिभिजन), अक्षयजंग रायमाझी (मिष्टर नेपाल २०१७), महिमा सिल्वाल (अभिनेत्री), दिपाशिखा खड्का (अभिनेत्री) लगायत निर्णायक रहेका थिए ।