काठमाडौंमा ‘आर्टसियन फेस्टिबल’
उद्यमी र स्टार्टटप व्यवसायीहरूलाई बजारीकरण तथा मार्केटिङका लागि सहजीकरण गर्न र नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा ‘आर्टसियन फेस्टिबल–२०२२’ सम्पन्न भयो ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Abir--3--23092022122423.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Abir--3--23092022122423.jpg&w=1000&height=600)
चलचित्र क्षेत्रमा आएसँगै प्रियंका विभिन्न कारणले सधैं चर्चामा रहिन् । पहिले कार्कीलाई युवापुस्ताका दर्शक तथा चलचित्र क्षेत्रकै मानिसले पनि सेक्स सिम्बोलका रूपमा हेरे । त्यसो त उनीमाथिको यो सिम्बोल उनकै कमाइ हो ।
सानैदेखि अभिनयमा रुचि राख्ने कार्कीले केही समय संचार क्षेत्रमा समेत आफ्नो समय खर्चिएकी छिन् । कान्तिपुर टेलिभिजनमा झन्डै दुई वर्ष भिजेका रूपमा काम गरेकी कार्की सन् २००५ को ‘मिस टिन’ समेत हुन् । सिने नगरीमा प्रवेश गरेदेखि नै उनी निकै व्यस्त छिन् । अहिले उनको हातमा थुप्रै चलचित्र छन् । सेक्सी लुक, आकर्षक नृत्य तथा कामप्रति जिम्मेवार भएकै कारण उनले फुर्सदमा बस्नुपरेको छैन ।
मेहनत प्रियंका कार्कीको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले उनी यो क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल भइन् । यद्यपि चलचित्रका पारखीहरू उनको अभिनयबाट भने सन्तुष्ट देखिँदैनन् । कार्कीका अधिकांश चलचित्र हेरेका समीक्षक गोकर्ण गौतम उनको अभिनय फितलो भएको बताउँछन् । प्रियंकाले प्राय: एकै किसिमका चरित्र निर्वाह गरेको उनको भनाइ छ ।
अर्का चलचित्र समीक्षक सामीप्यराज भने कार्कीलाई भर्सटायल अभिनेतृका रूपमा लिन्छन् । तिमल्सिना भन्छन्–‘प्रियंका गर्लफ्रेन्डदेखि आमा सबै किसिमका भूमिकामा सुहाउँछिन् । नेपालका अभिनेतृमा यस्तो भर्सटालिटी कमै देख्न पाइन्छ । प्रियंकालाई यस्ता चरित्र सुहाउने मात्र होइन, उनले त्यस्ता भूमिकामा न्याय पनि गर्न सक्छिन् ।’
दुई दशकअघि चलचित्र ‘महादेवी’ मा बालकलाकारका रूपमा क्यामेरा फेस गरेकी प्रियंकालाई आज पनि क्यामेरासँग डर लाग्छ अर्थात् उनी नर्भस हुन्छिन् तर समयसँगै उनको त्यस्तो डरमा फरक छ । त्यतिबेला आफूलाई कसैले चिन्दैनथे अहिले सबैले चिन्छन्, त्यसैले प्रियंका अहिले अझ बढी चुनौती महसुस गर्छिन् । मनमा भएको यही चुनौतीका कारण पनि उनी नम्बर वान नायिकाका रूपमा स्थापित हुन सफल भएकी हुन् ।
आफ्ना दुई सफल चलचित्रमा प्रियंकालाई अभिनय गराएकी कलाकार तथा निर्देशक दीपाश्री निरौला प्रियंकालाई जिम्मेवार नायिकाका रूपमा लिन्छिन् । निरौला कामलाई पूजा गर्ने प्रियंकाको बानीबाट प्रभावित छिन् । कार्कीसँग काम गर्दा कामप्रतिको मोह अझ बढ्ने दीपाको भनाइ छ । प्रेम, जीवन एवं सेक्सका विषयमा खुलेर बोल्ने प्रियंकाको अभिव्यक्ति सामाजिक सञ्जालहरूमा पनि चर्चाको विषय बन्ने गरेको छ । करिअरको सुरुवातताका नै आएको उनको सेक्सप्रतिको अभिव्यक्ति र त्यसपछि उनका हरेक भनाइ तथा तस्बिरहरूमा आउने प्रतिक्रियालाई आधार मान्ने हो भने नेपाली समाजले उनलाई एसेप्ट गर्न नसकेको भान हुन्छ । यद्यपि सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियालाई इग्नोर गर्ने राम्रो कला छ उनीसँग । बेला–बेला सामाजिक सञ्जालका प्रतिक्रियाप्रति अमिलोपन व्यक्त गरे पनि उनले त्यसलाई आफ्नो काममा प्रभाव पार्न दिएकी छैनन् ।
चलचित्र क्षेत्रलाई निकै सुन्दर ढंगले अघि बढाइरहेकी कार्कीले व्यक्तिगत एवं व्यावहारिक जीवनलाई भने व्यवस्थित गर्न सकेकी छैनन् । श्रीमानसँगको पारपाचुके, बेलाबेलाको प्रेम र प्रेमिका बारेमा बाहिरिने उनका गसिपले उनी विवादमा समेत तानिन्छिन् । चलचित्र समीक्षक तिमल्सिना पनि प्रेमलाई नै प्रियंकाको कमजोरी मान्छन् । उनले फिल्मलाई जसरी व्यवस्थापन गरेकी छिन् त्यही कुशलता प्रेमको मामिलामा प्रदर्शन गर्न नसकेको जस्तो लाग्छ तिमल्सिनालाई । नेपाली समाज अझै परम्परागत छ । यस्तोमा समाजले प्रेम र प्रेमिका कुरा सजिलै पचाउँदैन । सामीप्य भन्छन्–यो मामिलामा प्रियंकाले आफूलाई इन्सेक्योर फिल गरेजस्तो लाग्छ । उनले यस्ता कुरा लुकाउनभन्दा देखाउन हतार गरेजस्तो लाग्छ । चलचित्र छनोटमा पनि प्रियंकाले ध्यान नदिएको कतिपय दर्शकको गुनासो छ । संख्यात्मक रूपमा थुप्रै चलचित्रमा अभिनय गरेकी कार्कीका सफल कम असफल चलचित्र बढी छन् । अबका दिनमा उनले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।
चलचित्रमा झैं व्यक्तिगत जीवनलाई व्यवस्थापन गर्ने हो भने प्रियंका रोज्जाकी अभिनेतृ हुन् र उनको यो स्टारडम लामै समय टिक्ने पक्का छ ।