Successfully Copied

पहिलो मिस नेपाल युनिभर्स नगमा

नगमाले देशको प्रतिनिधित्व गर्दै पहिलोपटक मिस युनिभर्समा सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै मिस नेपाल अर्थको अनुभव तथा प्रशिक्षणले प्रतिस्पर्धामा खरो उत्रन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन् । पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए पूरा गरेकी नगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी भैसकेकी

मिस नेपाल युनिभर्स नगमा श्रेष्ठले अमेरिकाको लस भेगासमा नोभेम्बर २६ मा आयोजना हुने ६६ औं मिस युनिभर्समा विश्वभरका सुन्दरीहरूसँग प्रतिस्पर्धा गर्नेछिन् । पहिलो मिस नेपाल युनिभर्स नगमा २०१२ की मिस नेपाल अर्थ हुन् ।

नगमाले देशको प्रतिनिधित्व गर्दै पहिलोपटक मिस युनिभर्समा सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै मिस नेपाल अर्थको अनुभव तथा प्रशिक्षणले प्रतिस्पर्धामा खरो उत्रन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन् । पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए पूरा गरेकी नगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी भैसकेकी छिन् ।

सन् २००९ मा मिस कलेज बनेर सुन्दरी प्रतियोगिताको यात्रा सुरु गरेकी नगमा फिलिपिन्सको मनिलामा सम्पन्न मिस अर्थ–२०१२ को टप ८ मा पुग्न सफल भएकी थिइन् । गत वर्ष चीनमा सम्पन्न वल्र्ड मिस युनिभर्सिटीमा तेस्रो स्थान प्राप्त गरेकी नगमाले इजिप्टमा सम्पन्न मिस इको युनिभर्समा बेस्ट टुरिजम भिडियोको उपाधि जितेकी थिइन् । नगमा टेलिभिजन कार्यक्रम निर्माता एवं प्रस्तोताका रूपमा पनि सक्रिय छिन् ।

 Image