‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
एसके ईन्टरटेन्मेन्टले आयोजनामा संचालन भएको मिसेस गुरुङ २०१७ शीर्ष उपाधिमा सुमना गुरुङले नाम दर्ता गराउन सफल भएकी छिन् । उनले अन्य १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो हकमा पारेकी हुन् । उपाधी संगै सुमनाले डियो स्कुटी पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा फस्ट रनर अपमा सुजिता गुरुङ, सेकेन्ड रनर अपमा हेमा गुरुङ, थर्ड रनर अपमा रिना गुरुङ, फोर्थ रनर अपमा सुनिता गुरुङ, फिफ्ट रनरअपमा सरिता गुरुङ घोषित भए । उनीहरुले क्रमश: ५० हजार, ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
कमलादीस्थित प्रज्ञा भवनको डबलीमा संचालन भएको सो प्रतियोगितामा सभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।