प्रतिभाशाली दिदीबहिनी
गायिका, मोडल तथा कलाकार नवश्रीको ‘हर नाद’ गीतको म्युजिक भिडियो हालै रिलिज भएको छ ।

- घरमा वाटरप्रुफ पेन्ट गराउनुपर्छ ।
- टेरेसमा वर्षाको पानी जमेर समस्या सिर्जना नहोस्, भित्तामा सिलन र चिरा नपरोस् भनेर घरलाई वाटरप्रुफ बनाउनु आवश्यक छ । त्यसैले घर बनाउँदा वा रेनोवेट गर्दा रेन प्रुफिङ गर्नु उपयुक्त हुन्छ ।
- टेरेसमा पानी नजमोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
- घरमा टायल प्रयोग भएको छ भने त्यसको पनि ख्याल राख्नुपर्छ । कारण टुटेको टायलमा पानी जम्मा हुन्छ ।
- बालकनी वा खुल्ला ठाउँमा मार्बल प्रयोग भएको छ भने त्यसको सरसफाइको पनि ख्याल राख्नुपर्छ । त्यसमा जम्ने पानीले एसिडिन रिएक्सन भै रंग खराब हुनसक्छ ।
- झ्याल वरपर लिकेज छ भने रेन ट्रेक तथा मनसुन प्रुफ विन्डोज प्रयोग गर्नुपर्छ ।
- वर्षामा छत चुहिन नदिन ह्वाइट सीटदेखि कोलतार सीट, फिक्सिट तथा चाइनिज मोजेकजस्ता थुप्रै विकल्प उपलब्ध छन् ।
- घरमा अर्थिङ गराउनुपर्छ ।
- वायरिङ चेक गर्नुका साथै बटन, प्लग, स्विच बोर्ड आदि पनि चेक गर्नुपर्छ । केही गडबडी भए तुरुन्त ठीक गराउनुपर्छ ।
- घरको भित्तालाई लिकेजबाट जोगाउनुपर्छ ।
- फर्निचरको क्लिनलिनेसका लागि क्लिजिङ एजेन्ट्स प्रयोग गर्नुपर्छ ।
- घरमा कीरा–फट्याङ्ग्रा मौलाउन नदिन ड्रेसिङ सिस्टमलाई पनि सफा राख्नुपर्छ । वर्षामा देखिने कीराबाट जोगाउन भान्सामा कुनै प्वाल भए त्यसलाई सिमेन्ट, चुना वा माटोले बन्द गर्नुपर्छ ।
- वर्षामा साङ्ला वा अन्य कीराले घर बनाउने भएकाले किटनाशक औषधि प्रयोग गर्नुपर्छ ।
- वर्षामा भरसक कार्पेट प्रयोग गर्नुहुँदैन । कार्पेट प्रयोग गर्नु नै छ भने त्यसलाई सुख्खा राख्ने प्रयास गर्नुपर्छ ।
- पर्दालाई बेरेर डोरीले बाँध्नुपर्छ । पर्दा भिज्यो भने त्यसबाट दुर्गन्ध आउँछ ।
- धूलो–माटो जम्ने हुँदा समय–समयमा पर्दा धुनुपर्छ । पर्दा, गलैंचा एवं रग्स आदिलाई घाममा सुकाउनुपर्छ ।
- आफ्नो आलमारीलाई ओसिलो हुन नदिन कपूरको गोली प्रयोग गर्नुपर्छ ।
- आलमारी सुख्खा गरेर मात्र कपडालाई राख्नुपर्छ ।
- मनसुनमा काठको फर्निचरमा कीरा लाग्न सक्छ जसका लागि कपूरको गोली, ल्वाङ वा निमको पात प्रयोग गर्न सकिन्छ ।
- फर्निचरमा चिस्यान नहोस् भन्ने कुरामा सजग रहनुपर्छ । त्यसका लागि ग्लिसरिन वा मटीतेल प्रयोग गर्न सकिन्छ ।
- पानीका कारण काठ फुलेको छ भने एसिटोन उपयोग गर्नु उत्तम हुन्छ ।
- काठका सामग्री पुछ्न सुख्खा कपडा प्रयोग गर्नुपर्छ ।
- फुटवेयर्स र्याकमा कम पावरको बल्व प्रयोग गर्नुपर्छ । यसबाट जुत्ता–चप्पलको ओस हट्छ ।
- फुटवेयर गिलो भए वा भिजेको फुटवेयर लगाए खुट्टाको संक्रमण हुने खतरा रहन्छ ।
- लेदरको सोफा कभरमा गुणस्तरीय कभर राख्नुपर्छ भने त्यसलाई १५ दिनमा एकपटक सुख्खा नरम कपडाले राम्रोसँग पुछ्नुपर्छ ।
- सोफाको कभर चम्काउन मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । कटनको टुक्रामा थोरै मोइस्चराइजर हाली सोफाको कभर पुछ्न सकिन्छ ।