पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
तीजको पूर्व सन्ध्या पारेर पोखरेली दिदी बहिनी समुह काठमाडौंले शनिवार काठमाडौंमा आयोजना गरेको दर तथा तीज सांस्कृतिक कार्यक्रममा विभिन्न महिलाहरुलाई सम्मान गरेको छ ।
क्यान्सर पीडित महिलाहरुको सहयोगार्थ महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा कानूनमन्त्री यज्ञबहादुर थापाले विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुलाई पोखरेली दिदी बहिनी समुह काठमाडौंको तर्फबाट सम्मान गर्नु भएको हो । समारोहमा समाजसेवी तथा गीतकार हेमा मानन्धर, पत्रकारद्वय अरुणा भट्टराई तथा जानुका ढकाललाई सम्मान गरिएको हो । समारोहमा अभिनेत्री सञ्चिता लुइँटेल अतिथिको रुपमा सहभागि भएकी थिइन् ।
समारोहमा क्यान्सर पीडित दुई महिलालाई आयोजक संस्थाले दश–दश हजार रुपैयाँ सहयोग गरेको थियो ।