Successfully Copied

खोपका सम्बन्धमा भ्रम

शिशुलाई एकपटकमा एउटाभन्दा बढी खोप दिँदा त्यसको गम्भीर साइड इफेक्ट हुन्छ, जसले शिशुको प्रतिरोधी प्रणालीमा असर पुर्‍याउँछ । दादुरा, रुबेला, गलगाँडजस्ता रोगलाई गम्भीर रोग मानिन्छ । यी रोगले बालबालिका तथा वृद्धवृद्धामा गम्भीर समस्या उत्पन्न गर्छन् ।

भ्रम:  खोप खासै आवश्यक छैन । रोगबाट टाढा रहन स्वस्थ खानपान तथा उचित सरसफाइ आवश्यक हुन्छ ।

 

सत्य: खोप स्वास्थ्यका लागि आवश्यक छ । खोप नलगाए रोग पुन: बल्झन सक्छ । सरसफाइ तथा स्वच्छ पानीको प्रयोगले संक्रमित रोगबाट जोगाउँछ । सफा भएको अवस्थामा पनि केही संक्रमण सर्छ । खोप दिइएन भने दादुरा, पोलियोजस्ता रोग देखा पर्न सक्छन् ।

भ्रम: खोपले दीर्घकालीन असर गर्छ । यो संयोगवश लगाइने सुई हो ।

सत्य: खोप निकै सुरक्षित हुन्छ । धेरै खोपको प्रतिक्रिया सामान्य र अस्थायी किसिमको हुन्छ । यसले पाखुरा सुन्निने तथा हल्का ज्वरो आउने हुन सक्छ भने गम्भीर स्वास्थ्यसम्बन्धी समस्या कम हुन्छ । खोपले सम्भावित रोगबाट जोगाउन सहयोग पुर्‍याउँछ । पोलियोको खोपले प्यारालाइसिसबाट जोगाउँछ भने दादुराको खोपले इन्सेफ्लाइटिस तथा अन्धोपनबाट समेत सुरक्षित तुल्याउँछ ।

भ्रम: डिप्थेरिया, पोलिओमाइअलाटिस, टिटानस, लहरेखोकीविरुद्ध लगाइने खोपले शिशुको अकस्मात् मृत्यु हुनसक्छ ।

सत्य: खोप र शिशुको अकस्मात् मृत्युबीच कुनै सम्बन्ध हुँदैन । शिशुले अकस्मात् डेथ सिन्ड्रोम देखाउँदा यी खोप दिइन्छ । मृत्युका घटना खोपसँग जोडिनु संयोग मात्र हुन् । खोप नदिए पनि यस्ता घटना हुन्छन् ।

भ्रम: बाल्यकालको रोगलाई खोपबाट जोगाउन सकिँदैन ।

सत्य: दादुरा, रुबेला, गलगाँडजस्ता रोगलाई गम्भीर रोग मानिन्छ । यी रोगले बालबालिका तथा वृद्धवृद्धामा गम्भीर समस्या उत्पन्न गर्छन् । त्यसैगरी निमोनिया, इन्सेफ्लाइटिस, अन्धोपन, कानको संक्रमणजस्ता रोगलाई खोपबाट नियन्त्रण गर्न सकिन्छ । खोप नलगाउँदा बालबालिकाहरू अनावश्यक रूपमा रोगको जोखिममा पुग्छन् ।

भ्रम: खोपबाट निको पार्न सकिने रोग धेरै देशबाट निर्मूल भएका छन् । त्यसैले खोप लगाउनुको कुनै अर्थ छैन ।

सत्य: धेरै देशमा खोपबाट जोगिन सकिने रोग असामान्य भए पनि संक्रमित एजेन्ट देशका अधिकांश भागमा निरन्तर फैलिरहेका छन् । खोप लगाउँदा आफ्नो तथा वरपरको वातावरणको पनि रक्षा हुन्छ ।

भ्रम: शिशुलाई एकपटकमा एउटाभन्दा बढी खोप दिँदा त्यसको गम्भीर साइड इफेक्ट हुन्छ, जसले शिशुको प्रतिरोधी प्रणालीमा असर पुर्‍याउँछ ।

सत्य: एकैपटक एउटै शिशुलाई धेरै खोप दिँदा रोगप्रतिरोधक प्रणालीमा कुनै असर नपर्ने कुरा वैज्ञानिकहरूद्वारा प्रमाणित भैसकेको छ । शिशुहरू दिनहुँ विभिन्न समस्यासँग जुधिरहेका हुन्छन् । यसले उनको प्रतिरोधी प्रणालीलाई अभ्यस्त बनाएको हुन्छ ।

भ्रम: इन्फ्लुएन्जा दिक्कलाग्दो समस्या हो । यसमा खोप खासै प्रभावकारी हुँदैन ।

सत्य: यो सामान्य समस्या होइन । यो रोगबाट विश्वमा बर्सेनि ३ देखि ५ लाख मानिसको मृत्यु हुने गरेको छ । गर्भवती महिला, बालबालिका, मुटु र दमका रोगी तथा कमजोर स्वास्थ्य भएका मानिस यो रोगको जोखिममा हुन्छन् । गर्भवती महिलाले खोप लगाउँदा नवजात शिशु पनि रोगबाट जोगिन सक्छन् ।

भ्रम: खोपभन्दा पनि रोगबाटै प्रतिरक्षा गर्नु उपयुक्त हुन्छ ।

सत्य: खोपले शरीरभित्र रोगप्रतिरोधक प्रणालीलाई सहयोग गर्छ । त्यसको विपरीत स्वाभाविक संक्रमणमार्फत प्राप्त गर्ने प्रतिरोधले विभिन्न समस्या जस्तो हेइमोफिल, रुबेलाबाट जन्मदै कमजोर, हेपाटाइटिस बी भाइरसबाट लिभरको क्यान्सर वा दादुराबाट मृत्युसमेत हुनसक्छ ।

भ्रम: खोपमा मर्करी हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक छ ।

सत्य: थियोमर्सलमा हुने अग्र्यानिक तथा मर्करीयुक्त तत्वले केही खोपलाई सुरक्षित बनाएको हुन्छ । खोपमा हुने मर्करीले स्वास्थ्यमा असर पार्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन ।

भ्रम: खोपले सिन्ड्रोम निम्त्याउँछ ।

सत्य: करिब २० वर्षअघि गरिएको एक अध्ययनमा दादुरा तथा रुबेलासम्बन्धी खोप र सिन्ड्रोमबीच एमएमआर रहेको बताइए पनि केही समयपछि त्यो गलत साबित भएको थियो । उक्त अध्ययन एउटा जर्नलमा प्रकाशित भएपछि मानिसमा एक किसिमको त्रास उत्पन्न भै रोगप्रतिरोधक प्रणाली कमजोर हुँदा रुबेला र दादुराको महामारी फैलिएको थियो ।

 

स्रोत: विश्व स्वास्थ्य संगठन

 Image