Successfully Copied

कस्ता पुरुष रुचाउँछन् महिलाहरू ?

सामान्य कदका कतिपय पुरुष पनि सहजै महिलाका प्रिय पात्र बन्न सक्छन् भने कतिपयसँग महिलाहरू दूरी कायम राख्न चाहन्छन् । कतिपय पुरुष सदैव आकर्षक महिलाहरूबाट घेरिन्छन् र आफूसरहका अन्य पुरुषको तुलनामा महिला साथीसँग खुला रूपमा जिउँछन् ।

सामान्य कदका कतिपय पुरुष पनि सहजै महिलाका प्रिय पात्र बन्न सक्छन् भने कतिपयसँग महिलाहरू दूरी कायम राख्न चाहन्छन् । कतिपय पुरुष सदैव आकर्षक महिलाहरूबाट घेरिन्छन् र आफूसरहका अन्य पुरुषको तुलनामा महिला साथीसँग खुला रूपमा जिउँछन् । आखिर त्यस्तो के हुन्छ उनीहरूमा जसले महिलाहरूलाई आकर्षित तुल्याउँछ ? कस्ता पुरुष महिलाहरूका रुचिभित्र पर्छन् ? भन्ने विषयमा अनेकौं सर्वेक्षण भएका छन् । यही क्रममा एक अध्ययन भन्छ–महिलाहरू पुरुषको लुक्सबाट भन्दा व्यवहारबाट बढी प्रभावित हुन्छन् ।

बुद्धिमान्

महिलाहरू बुद्धिमान् पुरुषसँग छिटै प्रभावित हुन्छन् किनभने उनीहरू त्यस्ता पुरुषसँग सबै कुराको जवाफ हुन्छ भन्ने मान्छन् । उनीहरू त्यस्ता पुरुषबाट सकारात्मक प्रतिक्रिया पाइने भएका कारण बढी सन्तोष मान्छन् । बुद्धिमान् पुरुषहरू घन्टौंसम्म झर्को नलाग्ने गरी कुराकानी गर्न सक्छन् जसका कारण महिलाहरूको मन पग्लन्छ । बुद्धिमान् पुरुषहरूलाई के थाहा हुन्छ भने सम्बन्ध कायम राख्न बुद्धिमत्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले उनीहरू महिलाहरूसँगको सम्बन्धमा यस्तो खुबी प्रयोग गर्छन् र उनीहरूको मन जित्छन् ।

आत्मविश्वासी

आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति ईष्र्या गर्छन् न त आफ्ना प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन् । उनीहरू हमेसा सकारात्मक सोच राख्छन् । महिलाहरू यस्तै पुरुषहरूको पछि लाग्छन् । कुरा के भने आत्मविश्वासी पुरुषहरू कहिल्यै महिलालाई आफूप्रति आकर्षित गर्नतर्फ लाग्दैनन्, उनीहरू केवल आफ्नो कुरा गर्छन् र अचम्म यहीँ छ–महिलाहरू पुरुषको यही कुराबाट बढी प्रभावित हुन्छन् ।

कलात्मक व्यक्तित्व

 कलात्मक व्यक्ति सहज हुन्छन् र उनीहरू हरेकपल जीवन्त जीवन बाँच्छन् । उनीहरू प्राय: महिलालाई प्रभाव तुल्याउन आफ्नो कलात्मकताको प्रयोग गर्छन् र महिलाहरूलाई नै आफ्नो कलाको स्रोत मान्छन् । महिलाहरूले यस्ता कलात्मक सोच भएका पुरुषको प्रशंसा गर्छन् भने साथ रहँदा सहज महसुस गर्छन् ।

विशेष छवि

जुन पुरुषमा विशेष छवि वा भनौं विदेशी बोली–व्यवहारको छनक हुन्छ उनीहरूको भाषा एवं शैली पनि अलग अर्थात् आममानिसको भन्दा फरक र विशेष देखिन्छ त्यस्ता पुरुषलाई महिलाहरू अनायासै मन पराउन थाल्छन् ।

विचारशील

जसले महिलाका लागि कारको ढोका खोलिदिन्छन्, बस्न कुर्सी अगाडि सारिदिन्छन्, आउटिङमा जाँदा बिल तिर्छन् अनि हरेक काममा पहिले सम्मानपूर्वक महिला साथीलाई अग्रसर हुन आग्रह गर्छन् त्यस्ता पुरुष विचारशील पुरुषको श्रेणीमा पर्छन् । आफ्नो व्यवहारमार्फत महिलाहरूप्रति विशेष सम्मान दर्शाउने विचारशील पुरुषलाई महिलाहरू निकै रुचाउँछन् । यस्ता पुरुष हरेक काम गर्नुअघि आफ्नी महिला मित्रले के सोच्ने हुन् भन्ने कुरामा ध्यान पुर्‍याउँछन् ।

रोमान्टिक

रोमान्टिक पुरुषहरू क्लासिकल रोमान्समा बढी विश्वास राख्छन् । उनीहरू महिलालाई चकलेट तथा फूल दिन तथा उनीहरूका साथ क्यान्डल लाइट डिनर गर्न रुचाउँछन् । उनीहरू आफ्ना पार्टनरलाई आफूले दिनमा कतिपटक उनीहरूका बारेमा सोचियो, आफूलाई उनीहरूका के–कस्ता व्यवहार एवं हाउभाउले लोभ्याउँछन्, सबै कुरा बताउँछन् । यस्ता पुरुषलाई पनि महिलाहरू विछट्टै मन पराउँछन् ।

निर्धक्क एवं विन्दास

महिलाहरू निर्धक्क एवं विन्दास स्वभावका पुरुषलाई बढी रुचाउँछन् । यस्ता पुरुषलाई कुनै कुरामा टेन्सन हुँदैन र अरूको टेन्सन हटाउने उपाय पनि उनीहरूसँगै हुन्छ । यस्ता पुरुष साहसी एवं हास्यचेतयुक्त हुन्छन् जुन कुराले महिलाहरूलाई असाध्यै लोभ्याउँछ ।

 Image