फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
हल्यान्डका नाटक निर्देशक एरी पिटरले राजधानीमा केहि दिनअघि फिजिकल थिएटर शैलीमा नाटक प्रस्तुत गरे । इक्वालिटी (समानता) शीर्षकको उक्त नाटक कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भएको थियो । एक घण्टा लामो उक्त नाटकमा पिटरले विभेदविरुद्ध आवाज उठाएका थिए ।
नाटकमा पूरै कालो पहिरन लगाएका २० जना कलाकार फरक तरिकाबाट प्रस्तुत भएका थिए । सबै कलाकारले शरीर छोएर मानिस–मानिसबीचको आत्मीय भाव दर्साउने प्रयास गरेका थिए । नाटकको एउटा अंशमा भूमिका चौधरीले कमलरीसम्बन्धी कविता सुनाउँदै अभिनय गरेकी थिइन् ।