नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
हल्यान्डका नाटक निर्देशक एरी पिटरले राजधानीमा केहि दिनअघि फिजिकल थिएटर शैलीमा नाटक प्रस्तुत गरे । इक्वालिटी (समानता) शीर्षकको उक्त नाटक कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भएको थियो । एक घण्टा लामो उक्त नाटकमा पिटरले विभेदविरुद्ध आवाज उठाएका थिए ।
नाटकमा पूरै कालो पहिरन लगाएका २० जना कलाकार फरक तरिकाबाट प्रस्तुत भएका थिए । सबै कलाकारले शरीर छोएर मानिस–मानिसबीचको आत्मीय भाव दर्साउने प्रयास गरेका थिए । नाटकको एउटा अंशमा भूमिका चौधरीले कमलरीसम्बन्धी कविता सुनाउँदै अभिनय गरेकी थिइन् ।