मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
कसैले मनबाट केही गर्छु भनेर लाग्यो भने उक्त सपना पूरा हुन्छ भन्ने कुरालाई जेसीआई मिस टिनकी विजेता जस्मिन खड्काले पूरा गरेकी छिन् । सानैदेखि मिस नेपाल, मिस वल्र्डजस्ता कार्यक्रम हेरेर आफू पनि कुनै न कुनै ब्युटी प्याजेन्टमा भाग लिन्छु भन्ने चाहना बोकेकी जस्मिनले सानै उमेरमा मिस लिटिल लेडीमा भाग लिएकी थिइन् । जस्मिन त्यसमा सफल हुन सकिनन् तर उनमा ब्युटी प्याजेन्ट जित्ने चाहना भने बढ्दै गयो । परिणामस्वरूप उनी जेसीआई मिस टिनमा सहभागी भइन् र शीर्ष उपाधि नै हात पारिन् । मोडलिङ र फोटोसुटमा रुचि राख्ने खड्कालाई फेरि पनि ब्युटी प्याजेन्टहरूमा भाग लिने चाहना छ । यसपटकको नेपाल फेसन विकमा सहभागी मोडल जस्मिनले एउटा म्यागजिनका लागि फोटोसुट समेत गराइसकेकी छिन् । भविष्यमा सफल बिजनेस वुमन एवं मोडलका रूपमा स्थापित हुने उनको चाहना छ ।