Kanchhi Kitchen की कान्छीमैयाको कथा - बत्तीको स्विचमा मट्टीतेलको खोजीदेखि युट्युब च्यानलसम्मका कुरा [ भिडिओ सहित ]
निर्भीक नारी
प्यूठानमा उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् । बालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशील रहे पनि कलिलै उमेरमा विवाह गर्ने तथा वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने घटना प्रशस्तै हुने गरेका छन् । जिल्ला अदालतको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सात जोडीले विवाह गर्ने उमेर नपुग्दै सम्बन्धविच्छेद गरेका थिए । जिल्ला बालकल्याण समिति प्यूठानले २०७२ सालभर जिल्लामा भएको विवाहलाई आधार मानी गरेको सर्वेक्षणअनुसार कुल विवाहको ४५ प्रतिशत बालविवाह भएको तथा बालविवाहमध्ये ७५ प्रतिशत भागी (प्रेम) तथा २४ प्रतिशत मागी (मञ्जुरी) विवाह भएको जानकारी जिल्ला बालअधिकार अधिकृत यादव खनालले दिएका छन् ।