पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

सविता गिरि, थानकोट
म नारी नियमित रूपमा पढ्छु । विगत केही समययता नारीमा आउने पुरुषसम्बन्धी स्तम्भ निकै मन पर्छ । आगामी दिनमा यस्ता स्तम्भ अझ थप हुनु आवश्यक छ किनभने नारी–पुरुष एउटै सिक्काका दुई पाटा हुन् । महिलाहरूले पनि पुरुषको सोच, आनीबानी एवं व्यवहारका विषयमा जानकारी लिइरहनु जरुरी छ । पुरुष र महिलाका आपसी सम्बन्धका विषयमा दम्पती स्तम्भले मात्र नपुग्ला कि ? केही नयाँ, व्यावहारिक एवं नियमित जीवनशैलीलाई छुने खालका स्तम्भ थप गरेर नारीलाई अझ प्रभावकारी बनाउन सकिन्छ । त्यसो हुनसके हामी आफ्नो प्रिय पत्रिकाबाट अझ बढी जानकारी लिन सक्ने थियौं ।