फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्रा आचार्य अहिले चलचित्र कोरियोग्राफरका रूपमा समेत सक्रिय छिन् । केही वर्षअघि कोमल वलीका े तीज गीतको भिडियोमा नृत्यनिर्देशकका रूपमा काम गरेकी पवित्राले चलचित्र मेलामा नृत्य निर्देशन गरिन् । मेलामा समावेश तीनवटै गीतमा कोरियोग्राफी गरेकी पवित्रा कलाकारिता तथा नृत्य निर्देशनलाई एकसाथ अघि बढाउने बताउँछिन् । भारतको इलाहावादबाट नृत्य विधामा डिप्लोमा पूरा गरेकी पवित्रालाई अभिनयका साथै नृत्य तथा कोरियोग्राफीमा समेत उत्तिकै रुचि छ ।