आजभन्दा करिब आधा दशकअघिसम्म पनि बाथरुमलाई पानी पोख्ने–पोखिने तथा दिसा–पिसाब गर्ने स्थानका रूपमा मात्र लिइन्थ्यो । त्यसैले यसको निर्माणमा त्यति पैसा खर्च गरिँदैनथ्यो तर अहिले बाथरुमप्रतिको धारणामै परिवर्तन आइसकेको छ । मुख्यत: यसलाई सफा एवं सुख्खा राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ ।
घर त्यो हो जहाँ मन बस्छ, भनेझैं दिनको सुरुवात बेडपछि बाथरुमबाट हुन्छ तसर्थ बाथरुम आरामदायक, मन प्रफुल्लित बनाउने एवं मनलाई रिफ्रेस गर्ने खालको हुनुपर्छ । बाथरुम यस्तो हुनुपर्छ भित्र छिर्दा शरीरले आराम र मस्तिष्कले प्रफुल्लित महसुस गरोस् । घरमा देखाउनुपर्ने प्रमुख स्थान बाथरुम, किचेन एवं भर्याङ हो जहाँ मानिसको बढी आवतजावज हुन्छ । घरमा आउने पाहुनाहरूको नजर सबैभन्दा पहिले पर्ने पनि यिनै तीन चीजमा हो । बाथरुम तथा किचेन अहिले मानिसको सिम्बोल अफ स्टेटस बनिसकेका छन् ।
टप्स
कति पर्छ बाथरुम एसेसरिज को ?
२ हजारदेखि ४० हजारसम्मका साधारण धारा (कोहलरको गोल्डेन धाराको मूल्य अलि बढी छ)
१० हजारदेखि १० लाख ९० हजार सम्मका कमोट (१० देखि ३० हजारसम्मको बढी बिक्री हुन्छ)
सौनासँगै स्टिमको ४ लाख ८० हजार ।
मसाज बाथटवको २ लाख १० हजार ।
मसाज बाथटव (ज्याकुजी)सँग स्टीमको मूल्य ४ लाख ५० हजार ।
क्याबिनेट बेसिन स्टिल र्याकको मूल्य ४० देखि ७० हजार ।
आजभन्दा करिब आधा दशकअघिसम्म पनि बाथरुमलाई पानी पोख्ने–पोखिने तथा दिसा–पिसाब गर्ने स्थानका रूपमा मात्र लिइन्थ्यो । त्यसैले यसको निर्माणमा त्यति पैसा खर्च गरिँदैनथ्यो तर अहिले बाथरुमप्रतिको धारणामै परिवर्तन आइसकेको छ । मुख्यत: यसलाई सफा राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ । अहिले बजारमा नयाँ प्रविधियुक्त, आरामदायक तथा चित्ताकर्षक बाथरुम एसेसरिजहरू उपलब्ध छन् ।
अमेरिकन ब्रान्ड कोहलरको नेपालस्थित आधिकारिक बिक्रेता बज्र गु्रप, बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजका एचआर एन्ड एडमिनिस्ट्ेरसन म्यानेजर राजेश पौडेलका अनुसार अहिले बाथरुम रिक्रियसन प्लेस बनेको छ । बज्र एन्ड बज्राचार्यले अमेरिकन ब्रान्ड कोहलरका कमोट, बेसिन तथा धाराहरू, भारतीय ब्रान्ड हिन्दवेयरका कमोट तथा बेसिन, भारतीय ब्रान्ड ज्याक्वेयरका धारा, भारतीय ब्रान्ड सन र सुप्रिमका जिआइ पाइप फिटिङलगायत हुलास ब्रान्डका नेपाली पाइप बिक्री गर्दै आएको छ । त्यसका अतिरिक्त युकेको ब्रान्ड सिआरडब्ल्युका इन्क्लोजर, ज्याकुजी, सौना, स्टिम तथा क्याबिनेटहरू पनि बज्र एन्ड बज्राचार्यको कारोबारभित्र पर्छन् ।
हामीकहाँ अहिले गोल्डेन धाराहरू (१२ वर्षे वारेन्टी), म्याट फिनिस ठूला साइजका टायल्स, भित्ताबाटै पानी आउने डिटिभी (डिजिटल थर्मोस्टेटिभ भल्भ), रेन सावर तथा वाल ह्याङगिङ कमोट बढी मन पराइएका छन्–राजेशले भने–त्यसबाहेक अहिले कमोटका लागि इलेक्ट्रोनिक्स सीटकभर छुट्टै पनि किन्न पाइन्छ जुन हट एन्ड कोल्ड सुविधायुक्त हुनुका साथै फ्लस सिस्टम सँगै उपलब्ध हुन्छ ।
बाबु सेनिटरी वेयर रवि भवनका निहाल श्रेष्ठका अनुसार अमेरिकी ब्रान्ड कोहलरको एउटै कमोटको मूल्य १० लाख ९० हजार पर्छ, नेपालीहरूले यति महँगो कमोट पनि किनिरहेकै छन् । यसबाट के प्रस्ट हुन्छ भने बाथरुमप्रतिको नेपाली धारणामा परिवर्तन आएको छ । हिन्दवेयर, सेरा, बोलनजस्ता भारतीय ब्रान्डका बाथरुम एसेसरिज अहिले नेपाली बजारमा बढी प्रचलित छन् भने वल्र्ड वाइड ख्यातिप्राप्त अमेरिकन ब्रान्ड कोहलरका प्रयोगकर्ताहरूको संख्या पनि निरन्तर बढिरहेको छ ।
एभरेस्ट इन्टरनेसनलका प्रबन्ध–निर्देशक सुदर्शन चुरीवाल भन्छन्–बाथरुम, किचेन अनि बेडरुम भनेको दिक्क भएर घर पस्दा रिफ्रेस हुने स्थान हो तसर्थ यसको निर्माणमा निक्कै परिवर्तन आएको छ । त्यस्तै क्रियट बाथ इन्टरनेसनल टेकुमा प्राय: चाइनिज ब्रान्डका बाथरुम एसेसरिज उपलब्ध हुन्छन् । चाइनिज ब्रान्ड इसाबेलीका इन्क्लोजर तथा पार्टेसन अहिले बाथरुममा अत्यधिक प्रयोग गरिएका सामग्री हुन् जसले बाथरुमभित्र नुहाउने निश्चित एरिया छुट्याउन सहयोग गर्छन् र यी हेर्दा आकर्षक पनि देखिन्छन् । क्रियट बाथ इन्टरनेसनलका म्यानेजर मनोज कर्माचार्यका अनुसार त्यसपछि बाथरुमका लागि बिक्री हुने भनेका टायल्स तथा धारा नै हुन् । अहिले बाथरुमलाई फरक लुक्स दिने चाइनिज क्याबिनेट बेसिन स्टिल र्याक लोकप्रिय छन् ।
बिन्दु हार्डवेयर कोटेश्वरका सुमन बिन्दु भन्छन्–अहिले नेपाली बजारमा बाथरुमका अत्याधुनिक सामग्री भित्रिइरहेका छन् । नेपालीहरू पनि नयाँ–नयाँ बाथरुम एसेसरिजप्रति आकर्षित भैरहेका छन् । बिन्दु हार्डवेयर कमोट, धारा, बाथटव, बेसिन आदि सामग्री पाइने मल्टी ब्रान्ड शोरुम हो । आर. जी. इन्टरनेसनल त्रिपुरेश्वरका मार्केटिङ एन्ड अपरेसनल डाइरेक्टर नवीन अग्रवाल भन्छन्–अमेरिकी स्ट्यान्डर्ड ब्रान्डका साधारणदेखि संभ्रान्तसम्मका लागि हुने बाथरुम एसेसरिज उपलब्ध छन् । हरेक महिना नयाँ मोडल थपिँदै गएका छन् । सेन्सर कमोट तथा सेन्सर धाराहरू पनि अहिले निक्कै चलिरहेका छन् । अन्य ब्रान्डको तुलनामा कम पानीमा राम्रो सफाइ हुने खालका कमोट पनि उपलब्ध छन् । आर. जी. इन्टरनेसनलका वाल हङ तथा सेन्सर कमोट, सावर रेन्ज, काउन्टर टप बेसिन पनि अहिले नेपालीहरूबाट सर्वाधिक रुचाइएका सामग्री हुन् ।
निहाल श्रेष्ठ, प्रबन्ध–निर्देशक बाबु सेनिटरी वेयर, रविभवन)
बाथरुमको हेरचाह
- बाथरुमको धारा, ट्वाइलेट क्लिनर, साबुन वा सर्फले सफा गर्नु हुँदैन । त्यसले धाराको रंग खुइलिँदै जान्छ तसर्थ बाथरुमका धारा पानीले
- मात्र पुछ्नुपर्छ ।
- बाथरुमलाई भरसक
- सुख्खा राख्नुपर्छ ।
- बाथरुममा सबैभन्दा राम्रो, बलियो तथा गुणस्तरीय राख्नुपर्ने सामग्री भनेको धारा र एसेसरिज नै हो ।
- साइफोनिक्स ट्वाइलेटमा बढी
- ट्वाइलेट पेपर प्रयोग गर्नु हुँदैन ।
भेल कमोड (इन्टेलिजेन्ट ट्वाइलेट)
बज्र गु्रप, बज्र एन्ड बज्राचार्य नेपालका लागि अमेरिकन ब्रान्ड कोहलरको आधिकारिक बिक्रेता हो । बज्र एन्ड बज्राचार्यले पहिलो पटक नेपाल भित्र्याएको कोहलरको भेल कमोट (इन्टेलिजेन्ट ट्वाइलेट) को बजार मूल्य १० लाख ७४ हजार छ । हालसम्म नेपालमा ट्वाइलेट–बाथरुम एसेसरिजमा सर्वाधिक महँगो यो सामग्री अटोमेटिक सेन्सरद्वारा चल्छ । यसमा टच स्क्रिन, रिमोट कन्ट्रोल तथा वाटर सेभिङ मोड पनि छ । यसको अर्को विशेषता युभी (अल्ट्राभ्वाइलेट) सेल्फ क्लिनिङ सिस्टम हुनु हो । अटोमेटिक सेन्सरले कमोटको सीटकभर खुल्छ भने रिमोटद्वारा यसमा म्युजिकसमेत बजाउन सकिन्छ । यो कमोड नेपालका होटलहरूका अतिरिक्त व्यक्तिगत घरहरूमा समेत प्रयोग भैरहेको छ ।
राजेश पौडेल
(ह्युमेन रिसोर्सेस एन्ड एडमिनिस्ट्रेटिभ म्यानेजर, बज्र गु्रप, बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेज)
हिजोआज कस्ता बाथरुम चलेका छन् ?
हिजोआज मानिसहरू एडभान्स बाथरुम खोजिरहेका छन् । नेपालीहरू प्यानबाट कमोडमा प्रवेश गरेकै धेरै भएको छैन । अहिले निट एन्ड क्लिन राख्न सहज हुने भएकाले वाल ह्याङगिङ कमोड बढी चलेका छन् ।
हिजो र आजको बाथरुममा फरक के छ ?
हिजोका बाथरुम साँघुरा हुन्थे तर आजका बाथरुम अत्यन्तै फराकिला हँुदैछन् । आज बाथरुम नुहाउने मात्र होइन आनन्द लिने ठाउँमा परिणत भएको छ । हिजोआज यसलाई रिक्रियसन प्लेसका रूपमा हेरिन्छ । यो परफरमेन्स सावर लिने तथा रिल्याक्स महसुस गर्ने ठाउँका रूपमा विकसित भएको छ ।
अत्याधुनिक बाथरुमका फाइदा तथा विशेषता के–के छन् ?
पछिल्लो समयमा बाथरुमलाई आनन्दका साथ समय बिताउने स्थान बनाउन थालियो । यो कुरालाई बाथरुमभित्र राखिएका एसेसरिज तथा सामग्री एवं तिनको आकार–प्रकार, शैली तथा गुणस्तरले पनि निर्धारण गर्छन् ।
आधुनिक बाथरुम निर्माणमा कति खर्च लाग्ला ?
एउटा राम्रो बाथरुम बनाउन १ लाखदेखि १० लाख (सौना, ज्याकुजी, स्टिमसहित) सम्म खर्च हुन्छ ।