‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
जापानको नम्बर वन् कहलिएको स्कीन ब्रान्ड एक्नेस्ले आफ्नो ब्रान्ड फेश चयनका लागि संचालन गरेको मिस एक्नेस् नेपाल गत शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । प्रतियोगिताको ग्राण्ड फिनालेमा आफ्ना १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रिज्मा खोसिनले मिस एक्नेस् नेपालको ताज पहिरिन सफल भएकी छिन् । प्रतिस्पर्धामा करुणा श्रेष्ठ फस्ट रनर अप तथा प्रकृति सिवाकोटी सेकेन्ड रनर अप चयन भएका थिए ।

करुणाले प्रतियोगितामा मोस्ट पपुलर विधाको अवार्ड पनि जितिन् । रोह्टोमेन्थोलटम नेपालको आयोजनामा संचालन भएको सो प्रतियोगितामा प्रमिला थापा वेष्ट स्कीन, सपना थलाल वेष्ट स्माइल र अलिशा महर्जन वेष्ट फिगर विधामा उत्कृष्ट ठहरिएका थिए । प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।