Successfully Copied

प्रिज्मा खोसिन बनिन् मिस एक्नेस् नेपाल

जापानको नम्बर वन् कहलिएको स्कीन ब्रान्ड एक्नेस्ले आफ्नो ब्रान्ड फेश चयनका लागि संचालन गरेको मिस एक्नेस् नेपाल गत शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

जापानको नम्बर वन् कहलिएको स्कीन ब्रान्ड एक्नेस्ले आफ्नो ब्रान्ड फेश चयनका लागि संचालन गरेको मिस एक्नेस् नेपाल गत शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । प्रतियोगिताको ग्राण्ड फिनालेमा आफ्ना १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रिज्मा खोसिनले मिस एक्नेस् नेपालको ताज पहिरिन सफल भएकी छिन् । प्रतिस्पर्धामा करुणा श्रेष्ठ फस्ट रनर अप तथा प्रकृति सिवाकोटी सेकेन्ड रनर अप चयन भएका थिए ।

करुणाले प्रतियोगितामा मोस्ट पपुलर विधाको अवार्ड पनि जितिन् । रोह्टोमेन्थोलटम नेपालको आयोजनामा संचालन भएको सो प्रतियोगितामा प्रमिला थापा वेष्ट स्कीन, सपना थलाल वेष्ट स्माइल र अलिशा महर्जन वेष्ट फिगर विधामा उत्कृष्ट ठहरिएका थिए । प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए । 

 Image