पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

नेपालमा केही वर्षअघिसम्म पनि मोबाइल कल्पनामा सीमित थियो तर आज मोबाइल नबोक्ने मानिस कमै होलान् । यतिबेला मोबाइल र मानव एक–अर्काका पूरक भएका छन् । विगत केही वर्षदेखि त यसले एक प्रकारको क्रान्ति नै ल्याएको छ । तपाईंले मोबाइललाई कसरी प्रयोग गरिरहनुभएको छ त ? परीक्षण गरौं :
१) अस्पतालमा बिरामिसँग गफ गर्दै हुनुहुन्छ । त्यतिबेलै मोबाइलको घन्टी बज्यो भने....
(क) बिरामिसँग गफ गर्दै मोबाइल पनि रिसिभ गर्नुहुन्छ,
(ख) बिरामिसँग माफी माग्दै वार्डबाट बाहिर निस्कनुहुन्छ,
(ग) मोबाइलको घन्टी कट गरी अर्को पटक पनि आउला भनेर स्वीच अफ गर्नुहुन्छ,
(घ) वार्डमा प्रवेश गर्नुपूर्व नै स्वीच
अफ गर्नुहुन्छ ।
२) कतै सपिङमा जाँदा कुनै चीज एकदम मन पर्यो । एकपटक श्रीमान्सँग पनि सल्लाह गर्न मन लाग्यो । साथमा आफूसँग मोबाइल पनि छ भने .......
(क) काउन्टरमा पुगेर ग्राहकका सामुन्ने ठूलो स्वरमा फोन गर्नुहुन्छ,
(ख) सेल्स गर्लसँग के म आफ्ना श्रीमान्सँग सामानका बारेमा सल्लाह लिन सक्छु भन्दै पसलबाहिर निस्केर फोन गर्नुहुन्छ,
(ग) सबैका सामुन्ने श्रीमान्सँग मोबाइलमा गफ गर्न लाज मान्नुहुन्छ,
(घ) श्रीमान्सँग गफ गरी सामानको मूल्यमा वार्गेनिङ गर्नुहुन्छ ।
३) तपाईंका श्रीमान्लाई एउटा साथीको विवाहको निम्तो आयो र तपाईं पनि त्यहाँ जानुभयो । विवाहमा एकदम घुइँचो थियो तैपनि तपाईंले चिनेका एकजना पनि त्यहाँ उपस्थित थिएनन् । त्यही भीडमा आफ्नो मोबाइलको घन्टी बजे...
(क) सबैजना अपरिचित भएकाले मोबाइलमा पनि चिच्याउँदै गफ गर्नुहुन्छ,
(ख) बिस्तारै गफ गर्नुहुन्छ, किनभने उपस्थित सबैले तपाईंलाई नै हेरिरहेका हुन्छन्,
(ग) नम्रतापूर्वक विवाहको निम्तोमा छु, पछि आफैं कल गर्छु भन्नुहुन्छ,
(घ) फोनमा विवाहको गतिविधि बताउन चाहनुहुन्छ ।
४) कार ड्राइभ गरी अफिस जाँदै हुनुहुन्छ । अचानक अफिसबाट साथीले फोन गर्दै एउटा जरुरी फाइलका बारेमा सोधेको खण्डमा ......
(क) म अफिस आउँदैछु । अफिसमै आएर कुरा गरौंला भन्नुहुन्छ,
(ख) बाटोमै मोबाइलमार्फत आवश्यक जानकारी दिंदै कारलाई कन्ट्रोल पनि गर्नु हुन्छ,
(ग) घन्टी बजिरहे पनि मोबाइल रेस्पोन्स गर्नुहुन्न,
(घ) मुख बिगार्दै मोबाइलको घन्टी काट्नुहुन्छ ।
५) एक हप्ता एकदम बेफुर्सदी बित्छ । एकदिन छुट्टी पाउँदा श्रीमान् तथा छोराछोरीसँग बस्न पाउँदा...
(क) मोबाइलको स्वीच बन्द गर्नुहुन्छ ताकि मोबाइलले डिस्टर्ब नगरोस्,
(ख) मोबाइललाई भ्वाइस मेलमा राखी म्यासेज आउँछ कि भनेर पर्खनुहुन्छ,
(ग) सधैं झैं मोबाइल अन नै राख्नुहुन्छ र कल रिसिभ पनि गर्नुहुन्छ,
(घ) मोबाइल अन नै राखे पनि कल रिसिभ गर्नुहुन्न ।
६) हाकिमसँग जरुरी मिटिङमा बसेका बेला मोबाइलको रिङ टोन बजे ....
(क) मोबाइलको भोल्युम म्युट गर्नुहुन्छ,
(ख) तुरुन्त स्वीच अफ गर्नुहुन्छ,
(ग) हाकिमसँग माफी माग्दै कोठाबाहिर निस्केर फोन रिसिभ गरी पछि फोन गर्ने वाचा गर्नुहुन्छ,
(घ) कोठामा पस्ने बेलामा मोबाइलको स्वीच बन्द गर्नुहुन्छ ।
७) ड्राइभमा जाँदा प्राय:
(क) मोबाइलको स्वीच अफ गर्नुहुन्छ,
(ख) मोबाइलको भोल्युम म्युट गरी ड्राइभिङ सकिएपछि फोन गर्ने व्यक्तिसँग पुन: सम्पर्क गर्नुहुन्छ,
(ग) इयर फोन लगाएर मोबाइल रिसिभ गर्दै ड्राइभिङ गर्नुहुन्छ,
(घ) वास्तै गर्नुहुन्न ।
८) जो कसैले राम्रोसँग चिन्नुभन्दा अघि नै मोबाइलको नम्बर मागे....
(क) यो व्यक्ति पनि कुनै बेला काम लाग्छ भन्दै आफ्नो मोबाइलको नम्बर दिनुहुन्छ ।
(ख) बिजनेसको फाइदाका लागि पनि आफ्नो मोबाइल नम्बर नदिई अफिसको नम्बर दिनुहुन्छ,
(ग) नम्रतापूर्वक मोबाइल नम्बर दिन इन्कार गर्नुहुन्छ,
(घ) यो मोबाइल मेरा श्रीमान्ले पनि प्रयोग गर्नुहुन्छ । मेरो पर्सनल मोबाइल छैन भन्नुहुन्छ ।