Successfully Copied

मिस नेपाल–२०१७ को खोजी सुरू

मिस नेपाल–२०१७ को खोजी प्रारम्भ भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै २२ औं संस्करणको प्रतियोगिताका लागि आवेदन खुला भएको घोषणा गरेको हो ।

मिस नेपाल–२०१७ को खोजी प्रारम्भ भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै २२ औं संस्करणको प्रतियोगिताका लागि आवेदन खुला भएको घोषणा गरेको हो । मिस नेपालको ग्रान्ड फिनाले जेठ १९ गते शुक्रबार अन्नपूर्ण होटलमा हुनेछ । ‘द हिडन ट्ेरजर मिस नेपाल–२०१७’ शीर्षक राखिएको प्रतियोगिताको यो संस्करणदेखि चार जना विजेताले विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसअघि मिस नेपालले मिस वल्र्ड, फस्ट रनर्स अपले मिस अर्थ तथा सेकेण्ड रनर्स अपले मिस इन्टरनेसनलमा सहभागिता जनाइरहेकोमा यो वर्षदेखि थर्ड रनर्सअपले मिस एसिया प्यासिफिकमा समेत नेपालले प्रतिनिधित्व गर्नेछिन् । 

यसपटकको मिस नेपालमा २५ जना युवतीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौंसहित विभिन्न ६ सहरमा आयोजना हुने अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई ६ हप्ता लामो प्रशिक्षण प्रदान गरिनेछ । आयोजक संस्थाका प्रमुख गोपाल सुन्दर कक्षपतिका अनुसार मिस नेपालको सहभागिताले नै मात्र पनि धेरै कुरा सिकाउनेछ भने त्यसको प्रशिक्षणले व्यवहारिक ज्ञान एवं सीप विकासमा योगदान पुर्‍याउनेछ । 

यसपटकको मिस नेपालमा प्रतिस्पर्धा गर्न इच्छुक युवती १९ देखि २५ वर्ष उमेर समूहका, पाँच फिट चार इन्च अग्ला, दस जोड दुई अथवा सो सरहको अध्ययन पूरा गरेका अविवाहित नेपाली नागरिक हुनुपर्ने माण्डदण्ड छ । यी मापदण्ड पूरा भएका विदेशमा बस्ने नेपाली युवतीले पनि मिस नेपालका लागि आफ्नो आवेदन दिन सक्नेछन् । 

प्रतियोगिताका लागि विराटनगर, पोखरा, चितवन, धरान, नेपालगञ्ज, बुटवल तथा धनगढी हुँदै अप्रिल महिनाको दोस्रो साता काठमाडौंमा अन्तिम चरणको अडिसन हुनेछ । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर रचना गुरुङ शर्माले प्रशिक्षण प्रदान गर्नेछिन् । मिस नेपाल २०१७ का लागि वुमेन्स प्लानेट तथा आकर्षण बुटिक वार्डरोब डिजाइनर रहेनछन् । यो प्रतियोगितामा मिस ट्यालेन्ट, मोस्ट इन्टेलेक्चुयल, फ्रेन्डसिप, बेस्ट हेयर, मिस फ्यासिनो, कन्फिडेन्ट, फोटोजेनिक आदि विधामा पनि उपाधि प्रदान गरिनेछ । 

 Image