‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।
विवाहित महिलाहरुको व्यक्तित्व, आत्मविश्वास, प्रतिभा, बौद्धिकता र सुन्दरतामा केन्द्रित रहने प्रतियोगिताको रुपमा ‘मिसेस् क्वीन नेपाल २०१७’ नामक कार्यक्रमको आयोजना हुने भएको छ । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न हुने यो प्रतियोगितात्मक कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम खुल्ला गरिएको आयोजकले उल्लेख गरेको छ । प्रतियोगिताको लागि आधारभूति प्रशिक्षण बाहेक विवाहित महिलाहरुका लागि उपयोगि हुने अन्य विविध तालिम समेतलाई प्रतियोगिताको प्रशिक्षणमा समावेश गरिने बताइएको छ ।
प्रतियोगिताका विजेताले पुरस्कारका रुपमा स्कुटर प्राप्त गर्नेछिन् । विजेता र उपविजेता बाहेक अन्य विविध विधामा पनि उत्कृष्ट हुनेहरुको चयन गरिने बताइएको छ । आउादौ चैत्र ३१ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा ग्राण्ड फिनाले तय गरिएको यो प्रतियोगिताको कोरियोग्रारका रुपमा पूर्व मिस नेपाल उषा खड्गी रहनेछिन् ।