झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।
हालै सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको ‘फेश अफ अफ द वल्र्ड नेपाल २०१७’ को फाइनल प्रतिस्पर्धामा रोजेन सुवेदी र स्नेहा जर्घा मगरले विजेता अवार्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । स्नेहाले प्रतिस्पर्धा अन्तर्गतको ट्यालेन्ट, वेष्ट फिगर तथा वेष्ट क्याटवाक अवार्ड पनि बाजी मार्न सफल भइन् ।
प्रतियोगिताको रनर अपमा सागर लामा र मेघा प्रधान चयन भएका छन् । उनीहरुले बेलायतको लन्डनमा आगामी नोभेम्बर महिनामा संचालन हुने फेश अफ द वल्र्ड इन्टरनेसनल २०१७ मा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पूर्व मिस नेपाल उषा खड्गी, एम टिभि स्प्लीटज्भिल्ला फेम मिया लाक्रा लगायत निर्णायकका रुपमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अभिनेत्री एवं मोडल नम्रता श्रेष्ठले गरेकी थिइन् ।