प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
आज १ सय ७ औं अन्र्तराष्ट्रिय महिला दिवस विश्वभर मनाइन्दैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले (याली निकालेका छन् भने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । महिला दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।