डिजिटल रेप : कानुनी व्यवस्था र सजाय
डिजिटल रेप’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा ‘साइबरक्राइम’ हो भन्ने बुझिन्छ । तर, ‘साइबरक्राइम’ वास्तवमा शरीरबिनाको अपराध हो ।

आगामी फागुन २१ गते शनिबारका दिन वर्किङ एज एन्जल्स नामक संस्थाले सेन्टजेभियर कलेजको वार्टिन हलमा महिला सशक्तिकरण विषयक एक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा उपत्यकामा बसोबास गर्दै आएका कलेज पढ्ने युवतीलाई जीवन बुझ्न सजिलो होस् भन्ने उद्देश्यसहित संस्थाले नेपालका परिचित महिलाहरूसँग साक्षात्कार गराउन लागेको छ । नयाँ पुस्ताका युवतीहरू हरेक कुरामा अग्रसर हुन चाहने भए पनि उनीहरूलाई जीवन बुझाइका बारेमा धेरै थाहा नभएकाले उदाहरणीय महिलाहरूसँग भेट गराउँदा सकारात्मक सोच विकास हुने भएकाले संस्थाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
फागुन २१ मा हुन लागेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सफल महिलाहरूले आफ्नो संघर्ष एवं कार्य कुशलताका बारेमा बोल्नेछन् । कार्यक्रममा बैंकर रविना देशराज श्रेष्ठ, विजनेस वुमन मिग्ना लामा, प्रा.डा. अर्चना अमात्य, सामाजिक अभियन्ता चरिमाया तामाङ तथा रक गायिका अभया सुब्बा गरी जम्मा ५ जना वक्ताहरूले बोल्ने छन् । । अहिलेको पुस्तालाई जीवन बुझ्न सहज होस भनि संस्थाले यस्ता कार्यक्रमको थालनी गरेको द असम एन्जलकी उपाध्यक्ष प्रतिक्षा बस्नेत बताउँछिन् ।