सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
अक्टेभ रेस्टुरेन्टले आइतबार च्यारिटी कार्यक्रम आयोजना गरेको छ । सुसि नामक जाप्निज फुड बनाइ ग्रहाकलाई खरिद गरेर उठेको रकम संकलज गरि गत वर्ष एसिडको प्रहारमा परेकी संगीता मगरलाई प्रदान गरिएको छ । उक्त जाप्निज फुड मोडल निती शाह र संगीता मगरले बनाएका थिए । आइतबार एक दिन सुसि फुड विक्रि भइ उठेको ३१ हजार ४ सय ४४ रुपैयाँ संगीता मगरको अध्ययनका लागि प्रदान गरिएको मोडल निती शाहले बताइन् । सहयोगार्थ थालिएको ओक्टेभको च्यारिटी अभियानमा नग्मा श्रेष्ठ, जेनिसा मोक्तान, डिकेस मलोत्रा, समाग्री शाह, विद्यात्री पोख्रेल लगायतका सेलिव्रेटी सहभागि थिए ।



ओक्टेभ रेष्टुरेन्टले च्यारिटी कार्यक्रम गरेको यो दोस्रो पटक हो । आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने ओक्टेभको योजना छ ।
तस्विररू : महेश प्रधान