Successfully Copied

अनिश्मा र अनिशलाई मिष्टर एण्ड मिस सगरमाथाको उपाधि

सोमबार बेलुकी जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको ‘मिष्टर एण्ड मिस सगरमाथा २०१७’ को शीर्ष उपाधि अनिश महर्जन र अनिश्मा आरएल शाहले जित्न सफल भएका छन् ।

सोमबार बेलुकी जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको ‘मिष्टर एण्ड मिस सगरमाथा २०१७’ को शीर्ष उपाधि अनिश महर्जन र अनिश्मा आरएल शाहले जित्न सफल भएका छन् । युवा युवती गरी २६ जना प्रतिस्पर्धीको सहभागिता रहेको यो प्रतियोगितामा मुख्य उपाधि सहित अनिश फिजिक र वेष्ट वाक विधामा पनि उत्कृष्ट ठहिरए भने अनिश्मा वेष्ट स्कीनतर्फ विजयी बनिन् । एड इन्सिपिरेसनको आयोजनामा संचालन भएको यो प्रतियोगितामा सरिन पोखरेल र सम्रिज्ञा भट्टराई फस्ट रनर अप घोषित भएका थिए । सरिनले प्रतिस्पर्धामा वेष्ट स्माइल जितेका थिए भने सम्रिज्ञा स्माइल, पङ्चुएल र वेष्ट ड्रेस विधामा पनि विजेता चयन भएकी थिइन् । 

यसैगरी प्रतियोगिताको सेकेन्ड रनर अप तर्फ सारांश विक्रम शाह र छोमाङ्सी लिम्बु विजयी भएका थिए । सारांश फोटोजेनिक, मल्टिमिडिया, पर्सनालिटी र वेष्ट हेयर विधामा पनि विजयी चयन भएका थिए भने छोमाङ्सी ट्यालेन्ट र पर्सनालिटी अवार्डका हकदार बनेकी थिइन् । प्रतियोगिता सनिश शाक्यको कोरियोग्राफीमा संचालन भएको थियो । 

 Image