कर्मयोगी जोडी
सुदूरपश्चिम बैतडीका माइकल (हरीश) चन्द र काठमाडौंकी भुवन थापाले सँगै साथ बिताएको ४७ वर्ष भयो । उनीहरूले आफूहरूलाई ‘कर्म’ ले जोडेको बताउँछन् ।
विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल ग्लोब २०१७’ आयोजना हुने भएको छ । पोखरामा सौन्दर्य प्रतियोगिताहरु आयोजनामा कहलिएको संस्था इभेन्टस् फोर युले द र्याम्प मोडलिङ एजेन्सीको सहकार्यमा आयोजना गर्न लागेको यो प्रतियोगिताका लागि इच्छुक विवाहित एवं डिभोर्सी महिलाहरुका लागि आवेदन फाराम खुल्ला गरिएको आयोजक संस्थाले उल्लेख गरेको छ । राजधानी शहर काठमाडौंमै संचालन यस प्रतियोगिताका विजेताले चीनमा संचालन हुने मिसेस् ग्लोब २०१७ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर जुराउनेछ्न् भने फस्ट रनर अपले टर्कीमा संचालन हुने मिसेस् युनिभर्सनल २०१७ तथा सेकेन्ड रनर अपले जर्जियामा संचालन हुने मिसेस् टप अफ द वल्र्ड २०१७ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।
विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् ग्लोबमा यस अघि सन् २०१३ र २०१४ मा रजनी थापाले नेपालका तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा क्रमश: उनले मिसेस् फिलान्थ्रोपी र लिडर अफ द इयरको अवार्ड जितेकी थिइन् । यसैगरी सन् २०१५ मा अप्सरा बस्नेत र २०१६ सविता पाण्डेल मिसेस् ग्लोबमा सहभागिता जनाइएकी थिइन् । अप्सरा सो प्रतियोगितामा मिसेस् बिजनेश लिडर अफ द इयर अवार्ड विजेता बनेकी थिइन् सविताले मिसेस् एनर्जेटिक अवार्ड जित्न सफल भएकी थिइन् ।