विभिन्न वर्ग र उमेर समूहहरुका लागि सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले आगामी माघ १६ गते आईतबार राजधानीमा २ भिन्दा भिन्दै उमेर समूहका लागि यस खाले प्रतियोगिता गर्ने भएको छ ।
एएनपी मिडिया हाउसले सहिद दिवसको दिन एकसाथ एकै मञ्चमा मिस कलेज आइकन तथा लिटिल आइकन नेपाल २०१७ आयोजना गर्न लागेको हो । आयोजक संस्थाका प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार राजधानीका विभिन्न कलेज तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि एकसाथ एकै मञ्चमा यी प्रतियोगिता आयोजना गर्न लागिएको हो । कार्यक्रमले विद्यालय स्तरका बालकालिकाहरुको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै जाडो महिनाको बिदाको समयललाई सही सदुपयोग गराउने उनले बताए । प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।
दुबै प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई प्रतिभाको विकास, व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङ्गको ज्ञानसम्बन्धी तालिम र प्रशिक्षण प्रदान गरिरहेको कार्कीले जानकारी गराए ।
शम्भु प्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुने मिस कलेज आइकनमा राजधानीका विभिन्न कलेजमा अध्ययनरत रेखा सुन्दास, कृति श्रेष्ठ, जमुना कार्की, अजेश्ना शाक्य, बीन्दु भट्ट, सुजना पाण्डे, सभ्याता नेपाल, सलिसा श्रेष्ठ, दिना देके, टासी ल्हामु शेर्पा, प्रतिज्ञा थापा, ममता गुरुङ्ग, इस्पा जोशी, स्वेता थापा र पीया कुँवर गरी १५ कलेज सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी लिटिल आइकन नेपालमा राजधानीमा विभिन्न विद्यालयमा अध्ययनरत लुनिभा श्रेष्ठ, योगीशा शाक्य, त्रिष्णा भुजेल, सरिष्मा श्रेष्ठ, अमृता महर्जन, बिकिसा घलान, निहारिका भण्डारी, अन्शु रानामगर, निर्देशीका अधिकारी, अनिशा श्रेष्ठ, प्रिया गौतम, रेभना महर्जन, इमरोज महर्जन, शोबिका महर्जन, स्नेहा थापा, सुनोयना खड्का, सन्दीका रानामगर, बिनु तामाङ्ग, खुशी थामी, जेसीका श्रेष्ठ, पुनम महर्जन, इशा थापा, कृति महर्जन, श्रेया सिलवाल, अनुभूती श्रेष्ठ, सुनिमा लामा, प्रनिका कुँवर, आकृति बिष्ट, समिता घिमिरे, सन्जीना शार्मा, प्रनिशा कुँवर, आयुश्री शिल्पकार, ज्वाला राई, सानमीयल महर्जन, प्रज्ञान महर्जन, युगल लिम्बु, सन्देश बज्राचार्य, रबिन लामा, लक्की महर्जन, अस्तीत्व राई र सुक्रीन श्रेष्ठ गरी ४१ जन बालबालिकाले स्पर्धा गर्दैछन् ।